उत्तरी विन्दुबाट जहाज अवतरण खुला
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गको उत्तरी विन्दु (रनवे टु जिरो) बौद्धतर्फबाट जहाज अवतरणमा लगाइएको रोक हटाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलको धावनमार्गको एक छेउदेखि अर्को छेउसम्म (उत्तर–दक्षिण) जोड्ने ट्याक्सीवे विस्तारको काम सकिएपछि उत्तरी विन्दुतर्फबाट आन्तरिकतर्फका जहाजलाई अवतरणमा लगाइएको रोक हटाइएको हो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को प्रावधान अनुसार एरोनटिकल इन्फर्मेसन पब्लिकेसनमा तीन महिनाका लागि सूचना जारी गरेर विस्तारको काम ७७ दिनमा सम्पन्न भएपछि सोमबारदेखि धावनमार्ग पुरानै अवस्थामा सञ्चालनमा आएको जानकारी दिनुभयो । धावनमार्गको एक छेउदेखि अर्को छेउसम्म (उत्तर–दक्षिण) जोड्ने ट्याक्सीवे विस्तार गर्न गत चैत १९ देखि असार १६ गतेसम्म उत्तरी दिशाबाट हुने ठुला जहाजको अवतरणमा रोक लगाइएको थियो ।
छ केजी सुनसहित चिनियाँ नागरिक पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छ केजी सुन तथा स्रोत नखुलेको ४८ लाख रुपियाँसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । चिनियाँ नागरिक सेराप ग्याल्मोलाई काठमाडौँ–६, बौद्ध तीनचुली चारघरेस्थित डेराबाट आइतबार साँझ पक्राउ गरिएको सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो । २०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान कार्यालयले स्कुटरको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको अवस्थामा ६० केजी सुन बरामद गरेको थियो । ग्याल्मो सो सुन तस्करी प्रकरणमा समेत संलग्न रहेको पाइएको बोगटीले जानकारी दिनुभयो । ग्याल्मोले तस्करीको सुन खरिद बिक्री गर्ने गरेको पाइएको तथा सुन खरिद बिक्रीबापतको रकमसमेत अवैध रूपमा भुक्तानी युएसडिटी (क्रिप्टोकरेन्सी कारोबार अमेरिकी डलरमा) भुक्तानी प्रणालीबाट दिने गरेको खुलेपछि प्रहरीले निगरानी बढाएको थियो ।
नेपाल र जर्मनीविचको सम्बन्ध अझ घनिष्ट हुने विश्वास व्यक्त
राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति डा फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको बर्लिनस्थित राष्ट्रपति भवनमा आज भेटवार्ता भएको छ । सो भेटवार्तामा राष्ट्रपति पौडेलले नेपालले जर्मनीसँगको सम्बन्धलाई सदैव उच्च महत्व दिएको र बदलिँदो विश्व परिवेशमा यो सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
इनार सफा गर्ने क्रममा दुईको मृत्यु
सुर्खेतको वीरेन्द्रनगर नगरपालिमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । सोमबार वीरेन्द्रनगर नगरपालिका –११ मा इनार सफा गर्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको हो ।
पालिका अध्यक्ष गच्छदारको निधन
मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष एवम् नेपाली काङ्ग्रेसका नेता जयप्रकाश गच्छदारको ५७ वर्षको उमेरमा निधन भएको छ ।
ज्येष्ठ नागरिकका लागि सङ्घ स्थापना
ज्येष्ठ नागरिकको सामाजिक, आर्थिक र स्वास्थ्य सुरक्षा लगायत राज्यबाट प्राप्त हुने सेवा सुविधा व्यवस्थापनका लागि ज्येष्ठ नागरिक सङ्घ गठन गरिएको छ ।
नौमती बाजा बजाएर प्रशंसा बटुल्दै महिला (भिडियोसहित)
महिलाले बाजा बजायो भने जुँगा आउँछ’ पहिलो पटक बाँसुरी बजाउने प्रयास गर्दा कमला परियारका बुवाले रोक्दै भन्नुभएको थियो । महिलाले बाजा बजाउन त परै जाओस् छोए पनि पाप लाग्छ भन्ने अन्धविश्वासको कारण कमलाले बाँसुरी बजाउँदा बजाउँदै रोकिनुभयो ।
नुन बोक्ने मार्गलाई पर्यटन पदयात्रासँग जोड्ने प्रयास
गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेश गुरुङ समुदायका प्राचीन बस्तीलाई समेट्ने उद्देश्यले गुरुङ सम्पदा पदमार्ग (गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल) को प्रवर्धन र विकासमा जुटेको छ ।
चट्याङ लागेर प्रधानाध्यापकको मृत्यु
पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका–३, भुवनपोखरीका ५६ वर्षीय विमलप्रसाद पन्त रहेको प्रहरीले जनाएको छ ।
पर्यटकको आवरणमा अपराध
जेठ १८ गते काठमाडौँको ठमेल क्षेत्रबाट नौ जना विदेशी महिला पक्राउ परे । पर्यटक भिसामा नेपाल आएका उनीहरूले ठमेलमा वेश्यावृत्ति गर्ने तथा सडक यात्रा गरिरहेका आन्तरिक तथा विदेशी पर्यटकलाई अश्लील क्रियाकलापमार्फत हैरानी दिन थालेपछि प्रहरीले पक्राउ गरेको दाबी गरेको छ ।
वन क्षेत्रबाट जडीबुटीका प्रजाति हराउँदै
रामधुनी जङ्गल क्षेत्रबाट पछिल्लो समय विभिन्न प्रजातिका रुख बिरुवा लोप भएको पाइएको छ । वन क्षेत्रमा पाइने जडीबुटी, पोथ्रा लगायत ठुला रुखहरू लोप हुँदै गएको पाइएको हो ।
पाँचथरमा पहिरोले ६० घरपरिवार विस्थापित
पाँचथरको याङवरक गाउँपालिका १,२ र ३ मा अविरल वर्षासँगै पहिरो जाँदा ६० घर परिवार विस्थापित भएका छन् । बाढीले याङवरक ३ को फलाम खोला र ओयाम खोलाका २ वटा मोटरेबल पुल बगाएको छ भने याङवरक २ रिजाल भीरमा गएको पहिरोका कारणमध्ये पहाडी राजमार्ग अवरुद्ध भएको हो ।
एमाले हुम्लाको पालिका अधिवेशन सम्पन्न
नेकपा (एमाले) हुम्लाको सातवटै गाउँपालिका कमिटीले अधिवेशन सम्पन्न भएको छ । गाउँपालिका अधिवेशनबाट गाउँपालिकामा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो ।
सीमान्तकृत समुदायलाई कृषिऔजार वितरण
गोरखाको गण्डकी गाउँपालिकाले दलित, विपन्न, तथा सीमान्तकृत समुदायलाई कृषिऔजार वितरण गरेको छ ।
कोरिडोर सडक धमाधम कालोपत्रे हुँदै
देश सङ्घीयतामा गएसँगै सरकारले पछिल्लो समय ठुला तथा साना आयोजनाहरू निमार्णलाई तीव्रता दिएको छ । यहाँको कालीगण्डकी गाउँपालिका–७ आधिमुहानदेखि गल्याङ नगरपालिका–५ सेतीबेनीसम्मको १० किलोमिटर कालीगण्डकी करीडोर सडक कालोपत्रे निर्माण कार्यलाई तीव्रता दिएको हो ।
घरेलु हिंसाका घटनामा कमी
धेरै जिल्लामा घरेलु हिंसा बढिरहँदा स्याङ्जामा भने कम हुँदै गएको देखिएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा उजुरीको तथ्यांक हेर्दा गत वर्षभन्दा यो आर्थिक वर्ष घरेलु हिंसा घटनाका दर्ता कम देखिएको हो ।
कान्द्रामा डुबेर बालकको मृत्यु
कैलालीको भजनी नगरपालिकास्थित कान्द्रा नदीमा नुहाउने क्रममा डुबेर एक बालकको ज्यान गएको छ ।
नदीमा बेपत्ता दुवै जनाको शव निकालियो
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदीमा बेपत्ता भएका दुवै जनाको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले निकालेको छ । असार १ गते शनिबार नुहाउने क्रममा भूपेन्द्र केसी र विनोद केसी नदीमा बेपत्ता भएका थिए ।
लडेर पुरुषको मृत्यु
पश्चिम मकवानपुरको मनहरिमा लडेर एक पुरुषको मृत्यु भएको छ । शनिबार राति मनहरि गाउँपालिका ३ डोढेमा लडेर स्थानीय एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
पुरन्धारा झरना जोड्ने सडक कालोपत्रे हुँदै
दाङको पर्यटकीयस्थल पुरन्धारा झरना जोड्ने सडक कालोपत्रे गर्ने काम सुरु भएको छ । बबई गाउँपालिका –५ को गँगटेदेखि पर्यटकीय केन्द्र पुरन्धारा झरनासम्म जोड्ने सडक कालोपत्रे गर्ने काम सुरु भएको बबई गाउँपालिका पूर्वाधार शाखाका इन्जिनियर राजेश देवकोटाले जानकारी दिनुभयो ।
भृकुटीमण्डपको बक्यौता उठाउन निर्देशन
महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन २०८१ ले समाज कल्याण परिषद्को भृकुटीमण्डपको लामो समयदेखिको बक्यौता उठाउन निर्देशन दिएको छ । परिषद्को विभिन्न ५१ सङ्घ संस्थाबाट २०८० असार मसान्तसम्मको छ करोड ८१ लाख ९६ हजार रुपियाँ बक्यौता उठाउन निर्देशन दिएको हो ।
सरकारको निर्णय कुर्दै एयर अस्त्र
बङ्गलादेशी एयरलाइन्स कम्पनी एयर अस्त्रले ढाका–पोखरा–ढाका उडानका लागि तीव्र तयारी थालेको छ । पोखरामा सिधा उडानको तयारी अनुसार अस्त्रले नेपालका लागि जिएसएमा सोसाइटी इन्टरनेसनल ट्राभललाई नियुक्त गरिसकेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले अस्त्रले सातामा चार दिन उडानका लागि कर छुटसहित इच्छा देखाएको हो । उहाँले भन्नुभयो, “अस्त्रले पोखरा उडानका लागि भ्याट, इन्धन, टर्नओभर ट्याक्स, ल्यान्डिङ, पार्किङ, नेभिगेसनलगायतका सरकारी शुल्कमा सहुलियतसहितको अनुमति मागेको छ । त्यस्तै उडानका क्रममा नेपाली रुपियाँ र बङ्गलादेशी टाँकाको सटहीमा समेत सहजीकरण गरिदिन सरकारसँग आग्रह गरेकाले उक्त मागबारे अर्थ मन्त्रालय र र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा छलफल भइरहेको छ ।”
‘खाद्यपूरक सामग्री बिक्री गर्न मिल्दैन’
नेपाल फर्मास्युटिकल्स एसोसिएसनले फार्मेसीबाट खाद्यपूरक सामग्री (न्युट्रास्युटिकल्स) बिक्री गर्न नमिल्ने बताएको छ । न्युट्रास्युटिकल्स औषधी नभएकाले एसोसिएसन अन्तर्गतका सदस्यले उक्त वस्तु आफ्नो फार्मेसीबाट बिक्री वितरण नगर्न आग्रह गरेको छ । एसोसिएसनका अध्यक्ष ललितमोहन पन्तले न्युट्रास्युटिकल्स औषधी नभएकाले उपभोक्तालाई भ्रममा पारेर औषधी हो भन्दै बिक्री वितरण भइरहेको बताउनुभयो । उहाँले औषधी जस्तो क्लिनिकल परीक्षण नगरिने हुनाले न्युट्रास्युटिकलको सेवनपछि त्यसले शरीरका कुन अङ्गमा र कति मात्रामा काम गर्ने हो भन्ने विषयमा केही ज्ञान नहुने र सोको दीर्घकालीन असरबारे थाहा हुन नसक्ने बताउनुभयो ।
‘दक्ष जनशक्ति उत्पादनमा ध्यान दिउँ’
कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले समय र प्रविधिको विकाससँगै थपिएका चुनौतीको सामना गर्न सक्ने जनशक्ति उत्पादन गर्नेतर्फ ध्यान दिन लोक सेवा आयोगलाई अनुरोध गर्नुभएको छ । आयोगको ७४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै यादवले सक्षम र उत्कृष्ट जनशक्तिलाई सरकारी सेवामा प्रवेश गराउनु आजको आवश्यकता भएको बताउनुभयो । “सबै खालका परिवर्तनलाई कुशल व्यवस्थापन गर्न सक्ने कर्मचारीको छनोटमा आयोगले विशेष ध्यान दिनु पर्छ,” यावदले भन्नुभयो, “आयोगले सदैव वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताको आशाको केन्द्रका रूपमा आफ्नो दायित्व र जिम्मेवारी निर्वाह गर्नु पर्छ ।”