आर्थिक मन्दीमा पिरोलिएको पशुपतिनगर
इलामको पूर्वी सीमाक्षेत्र पशुपतिनगरमा यतिबेला भारतीय पर्यटकको चहलपहल बढेको छ । तराइमा गर्मी बढेसँगै भारतको पश्चिम बंगालका क्षेत्रबाट सिक्किम र दार्जिलिङ पहाड घुम्न आउने पर्यटकहरु पशुपतिनगर छिर्ने गरेका छन् ।
रातिको समयमा ब्यारियर खुला राख्न माग
नेपालगन्ज १६ जयसपुरस्थित सुर्खेत रोडको नेपालगन्ज भन्सार कार्यालय अगाडिको ब्यारियर राति १० बजेपछि बन्द गरिँदा जमुनाह नाका वरिपरि र पिप्रहवा लगायतका क्षेत्रमा बसोबास गर्ने नेपालीलाई रातिको समय आवागमन गर्न सास्ती खेप्नु परेको छ ।
२० लाखको लागतमा सिमलटार खेलमैदान निर्माण
हेटौँडा उपमहानगरपालिका –११ स्थित सिमलटारमा फुटबल खेल मैदान निर्माण गरिएको छ । हेटौँडा उपमहानगरपालिका कार्यालयको १० र वडा ११ को कार्यालयको १० लाख गरी २० लाख रुपियाँको लागतमा खेल मैदान निर्माण गरिएको हो ।
साहसी असई रामसिंहले बचाउनुभयो ११ वटा खच्चड
इलाका प्रहरी कार्यालय कालेकाडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामसिंह फरालले आफूलाई जोखिममा राखेर भएपनि खच्चडलाई बचाउनुभयो ।
वर्षायाममा सडक खन्न नपाइने
सडक विभागले वर्षायाममा सडक नखन्न सबैलाई आग्रह गरेको छ । सडक विभाग अन्तर्गतको सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले बुधबार प्रेस विज्ञप्ति जारी गरी सो आग्रह गरेको हो । सो कार्यालयले वर्षायाममा कसैलाई सडक खन्न अनुमति नदिने स्पष्ट पारेको छ ।
राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबीच स्वीट्जरल्याण्डको बर्नमा बुधवार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ।
जीर्ण पुलबाट आवतजावतमा रोक
पुलको लठ्ठा चुँडिएर खच्चड अड्किएको कर्णाली नदी माथिको खिड्कीज्युला पुलमा मानिसलाई आवतजावतमा जिल्ला प्रशासन कार्यालय, अछामले रोक लाएको छ ।
निरन्तरको प्रयासले नेतृत्व क्षमता बढ्ने विश्वास
सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूले निरन्तरको छलफलले आफूहरूको नेतृत्व क्षमता सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।
हस्, भइहाल्छ भन्ने होइन, व्यवहारमा रूपान्तरण आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षदेखि सबै राष्ट्रसेवकको नतिजासूचक सहितको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरी कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ।
प्रहरीको सुरक्षामा कामकाज गर्दै नागरपालिका
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकामा प्रहरी तैनाथ गरिएका छन् । जनप्रतिनिधि र कर्मचारीका कारणले सेवाग्रही आक्रोसित भएपछि नगरपालिकाले प्रहरी सुरक्षामा कार्यालय सञ्चालन गर्न थालेको हो ।
ब्रह्मायणी नदीमा झोलुङ्गे पुल निर्माण
ब्रह्मायणी नदीस्थित माथ्लो ढाँडे आले देउराली झोलुङ्गे पुल निर्माण गरिएको छ । नवनिर्माण पुलको जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङबोले उद्घाटन गर्नुभएको छ ।
चिकित्सा शिक्षा प्रवेश परीक्षा आगामी भदौमा
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा आगामी भदौदेखि सुरु गर्ने भएको छ । त्यसका लागि आयोगले विभिन्न शैक्षिक कार्यक्रमका लागि विद्यार्थी छनोट गर्न सञ्चालन गरिने एकीकृत प्रवेश परीक्षाको आवेदन भने बुधबारदेखि भर्न सकिने जनाएको छ ।
सप्तपाताल पोखरीको पुनर्निर्माण
ललितपुरको लगनखेलस्थित सप्तपाताल पोखरीको पुनर्निर्माण कार्य धमाधम भइरहेको छ । ऐतिहासिक तथा धार्मिक महत्व राख्ने सो पोखरीको अस्तित्व मेट्ने गरी विभिन्न संस्थाले भौतिक पूर्वाधारका कार्य अगाडि बढाएपछि विरोध भएको थियो । त्यस क्रममा यो विषय अदालतसम्म पुगेको थियो । अदालतको आदेशपछि सप्तपाताल पोखरी संरक्षण गर्न बाटो खुला भएको थियो । सप्तपाताल पोखरी पुनर्निर्माण समितिका अध्यक्ष पूर्ण स्थापितले छिट्टै पुरानै अवस्थामा पोखरीलाई देख्न पाइने बताउनुभयो ।
पारिवारिक निजी वनको अध्यक्षमा पुनः गिरी सर्वसम्मत
पारिवारिक निजी वन संघ, नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । महाधिवेशनले अध्यक्षमा पुनः जोगराज गिरीलाई सर्वसम्मत चयन गरेको छ । सोमबारदेखि सुरुभएको महाधिवेशन मंगलबार सम्पन्न भएको हो ।
राष्ट्रपति पौडेल जेनेभा प्रस्थान
ष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार साँझ स्वीट्जरल्याण्डको जेनेभा तर्फ प्रस्थान गर्नुभएको छ।
जिरीताल निर्माण अन्योलमा
बागमती प्रदेश सरकारको गौरवको आयोजना मानवनिर्मित जिरीतालको निर्माण अन्योलमा परेको छ । दुई वर्षअघि प्रदेशको गौरवको आयोजनाका रूपमा ताल निर्माण गर्ने भनिए पनि अहिले ताल निर्माणको काम अन्योलमा परेको हो ।
खेलकुदमा बालबालिकाको सक्रियता कम
हिन्दीमा पुरानो भनाइ छ– पढोगे लिखोगे बनोगे नवाब, खेलोगे कुदोगे बनोगे खराब । अर्थात् पढ्यौ लेख्यौ भने राजा बन्छौँ, खेल्यौ कुद्यौ भने खराब बन्छौ । यो भनाइ अब गलत साबित भइसकेको छ । विभिन्न अध्ययनले बालबालिकाका लागि दैनिक खेलकुद अनिवार्य रहेको देखाएको छ ।
सेन्चुरी बैङ्कका तत्कालीन अध्यक्षसहित आठ जना पक्राउ
धितो मूल्याङ्कनभन्दा बढी ऋण प्रवाह गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सेन्चुरी बैङ्कका तत्कालीन अध्यक्षसहित आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सेन्चुरी बैङ्कका तत्कालीन अध्यक्ष राजेशकुमार श्रेष्ठ (भोजपुर), सञ्चालक समितिका सदस्य सुनीलकुमार न्यौपाने (दैलेख) र प्राडा गीता प्रधान (ललितपुर, झम्सीखेल) रहेका छन् ।
एसइईको नतिजा असार दोस्रो साताभित्र
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ ।
सार्वजनिक शौचालय निर्माण हुँदै
तानसेन नगरपालिका–११ मा सार्वजनिक शौचालय निर्माणको काम सुरु भएको छ । ‘एक वडा एक सार्वजनिक शौचालय’ कार्यक्रम अन्तर्गत तानसेन –११ तिनला कुरीमा शौचालय निर्माण गर्न थालिएको हो ।
बोलेरो गाडीसहित एक जना पक्राउ
जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जबाट कागजपत्र बिनाको चोरी गरेर ल्याएको बोलेरो गाडी चालकसहित पक्राउ गरेको छ ।
पुलबाट उद्धार गरिएका खच्चडको विज्ञ केन्द्रको टोलीद्वारा उपचार
अछामको कालेकाँडा र दैलेखको खिड्किज्यूला जोड्ने झोलुङ्गे पुलमा फसेर उद्धार गरिएका घाइते खच्चडहरूको थप उपचार गरिएको छ ।
सिफारिसमध्ये साढे १४ प्रतिशत कार्यान्वयन
राष्ट्रिय मानवअधिकार आयोगले कारबाहीका लागि नेपाल सरकारसमक्ष गर्ने सिफारिसमध्ये जम्मा साढे १४ प्रतिशत मात्र कार्यान्वयन भएको छ ।