भ्रामक सूचना देशका लागि घातक : अध्यक्ष बस्नेत
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले भ्रामक र तथ्यहीन सूचना फैलाउनु देशकै लागि घातक भएको बताउनुभएको छ । अनलाइन र सामाजिक सञ्जालमार्फत अफवाहपूर्ण र एकपक्षीय सूचना बढी प्रवाह भएको पाइएको औँल्याउँदै अध्यक्ष बस्नेतले त्यस्ता सञ्चार माध्यमलाई कालोसूचीमा राख्ने प्रक्रिया थालिएको जानकारी दिनुभयो ।
बढेको महसुल फिर्ता गराउन पालिका सक्रिय
बुटवल पावर कम्पनी (बिपिसी) को आँधीखोला वितरण केन्द्रको विद्युत् महसुलमा वृद्धि भएसँगै स्याङ्जा तथा पाल्पामा विरोध तीव्र भएको छ । विद्युत् महसुल वृद्धि गरिएसँगै प्रभावित क्षेत्रका पालिकाले पनि सक्रियता देखाएका छन् । आआफ्ना नागरिक प्रत्यक्ष मारमा पर्ने भन्दै महसुल फिर्ता गर्न पालिकाले दबाब दिएका हुन् । प्रभावित क्षेत्रका जनप्रतिनिधि वालिङमा भेला भएर महसुल फिर्ता गराउने प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा चापाकोटका नगरप्रमुख देवबहादुर खाण (ईश्वर) ले कम गुणस्तरको विद्युत् वितरण गर्दै आएको बिपिसीले अस्वाभाविक रूपमा महसुल वृद्धि गरेको भन्दै यो निर्णय मान्य नहुने बताउनुभयो । प्रभावित क्षेत्रका स्थानीय सरकार, उपभोक्ता, राजनीतिक दल एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा उहाँको जोड छ । बिजुलीको गुणस्तर कम हुँदा पालिकाका कामसमेत प्रभावित भइरहेको भन्दै यो मूल्य वृद्धि स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।
ठेकेदारले अलपत्र बनाएको सेतीनदीको पुल
अलपत्र अवस्थामा रहेको तनहुँको व्यास नगरपालिका–३ देउराली नगर र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्ने सेतीनदी माथि निर्माणाधीन पुल । विसं २०८० जेठ ९ गतेसम्म सम्पन्न हुनुपर्ने उक्त पुलको काम हालसम्म २५ प्रतिशत मात्रै भएको छ ।
विपत् व्यवस्थापनमा दलीय संयन्त्र
प्राकृतिक तथा मानव सिर्जित विपत्तिमा परेका व्यक्तिको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि राजनीतिक दलहरूले आआफ्ना दलीय संयन्त्र परिचालन गर्ने भएका छन् । गृह मन्त्रालयले बिहीबार आयोजना गरेको ‘मनसुनको पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी छलफल’ मा विभिन्न राजनीतिक दलका नेताले केन्द्रदेखि स्थानीय तहसम्मका वडाहरूमै परिचालन गर्ने गरी ‘लुज फोरम’ बनाउन मन्त्रालयलाई सुझावसमेत दिएका छन् ।
बिएन्डसीलाई अनुमति दिन आदेश
सर्वोच्च अदालतले झापाको बिएन्डसी मेडिकल कलेजलाई १५ दिनभित्र एमबिबिएस कार्यक्रम सञ्चालन अनुमति दिन आदेश दिएको छ । चैत १२ गते जारी गरिएको आदेशको पूर्ण पाठमा यस्तो उल्लेख छ । पूर्ण पाठ बिहीबार सार्वजनिक भएको हो । काठमाडौँ विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगका नाममा जारी गरिएको परमादेशमा यसै शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना तथा कक्षा सञ्चालनको अनुमति दिन आदेश गरेको उल्लेख छ ।
खुलामा प्रतिस्पर्धा, आरक्षणमा न्यून उत्तीर्ण
शिक्षक सेवा आयोगले प्राथमिक तह शिक्षकमा माग गरेकामध्ये ७५९ पद पूर्ति भएको छैन । प्राथमिक तहमा सात हजार ८८२ पदका लागि विज्ञापन गरिएकामा सात हजार १२३ जनाको मात्र सिफारिस भएर पदपूर्ति भएको हो । आयोगले माग गरे अनुसार नियुक्तिका लागि सिफारिस गर्न नसकेका पद आरक्षित सिटका हुन्, जहाँ आवेदक र प्रतिस्पर्धी नै कम थिए । जब कि खुलातर्फ प्रतिस्पर्धा गरेका उम्मेदवारबिच नियुक्तिका लागि चर्को प्रतिस्पर्धा देखिएको छ । आरक्षण कोटामा भने मागभन्दा निकै कम मात्रै उम्मेदवार उत्तीर्ण भएपछि आयोगले ती कोटालाई समेत खुलामा गाभेर पदपूर्ति गर्ने गरेको छ । जसका कारण खुलामा माग गरेभन्दा बढी शिक्षक नियुक्तिका लागि सिफारिसमा पर्ने गरेका छन् ।
पोखरीमा डुबेर एकको मृत्यु
मोरङको कानेपोखरी –७ आइतबारेका देवीप्रसाद शिवाकोटीको सुकुना पैनीमा डुबेर मृत्यु भएको छ ।
लोडर दुर्घटना हुँदा सहचालकको मृत्यु
पाल्पामा लोडर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा –८ कन्चनखोलास्थित सालझण्डी ढोरपाटन सडक खण्डमा लोडर दुर्घटना हुँदा सहचालक कमल चौधरीको मृत्यु भएको हो ।
हेटौँडा सिमेन्ट उद्योग अध्यक्षमा भण्डारी
मकवानपुरको हेटौँडा –९ लामसुरेमा रहेको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको अध्यक्षमा हेटौँडाका युवा व्यवसायी नरेन्द्र भण्डारीलाई सरकारले नियुक्त गरेको छ ।
मन्त्रिपरिषद् बैठक : भारतका प्रधानमन्त्रीको शपथ समारोहमा प्रधानमन्त्री प्रचण्ड जानुहुने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी बन्न भारत जानुहुने भएको छ।
त्रिभुवन विमानस्थलको धावन मार्गमा देखिएको प्वाल पुरियो, अवरुद्ध उडान सुरु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा देखिएको सानो प्वाल पुरेपछि उडान र अवतरण पुनः सुरु भएको छ।
कर्णाली हुड्के नाच व्यावसायिक बन्दै
कर्णाली प्रदेशको प्रख्यात हुड्के नाच पछिल्लो समय व्यावसायिक रूपमा नाचिन थालेको छ । शुभ विवाह, व्रतबन्ध, जन्मोत्सव, जीवनका सफलता अर्थात् सरकारी सेवामा प्रवेश, राजनीति सफलताका साथै सामाजिक कार्यमा खुसीयाली मनाउन नाच्ने नचाउने हुड्के नाच अहिले व्यवसायीकरण हुन थालेको हो ।
सवारी दुर्घटना हुँदा दुईको मृत्यु
झापा मेचीनगर नगरपालिका–१२ माथिल्लो धाइजनस्थित मेची राजमार्गमा स्कुटी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
विद्युत समस्या समाधानका लागि मन्त्रीको ध्यानाकर्षण
नेपालगन्ज उद्योग वाणिज्य सङ्घले नेपालगन्जको अनियमित विद्युत सेवाबाट उत्पन्न समस्या समाधानका लागि लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री कृष्णा केसी ‘नमुना’ को ध्यानाकर्षण गराएको छ ।
कालो भिरमा पहिरो जाँदा सडक अवरुद्ध
उत्तरी गोरखाको धार्चे गाउँपालिकाको लार्के खण्डको कालो भिरमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
सुदूरपश्चिमको पहाडी जिल्लामा अन्धकार
३२ केभी बिद्युत लाइन बिग्रिएपछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला अन्धकार बनेका छन् । बिद्युतबाट हुने सबै काम ठप्प हुँदा जनजीवन कष्टकर बनेको छ ।
सुरक्षा अधिकारीद्वारा चीनसँगको सीमा क्षेत्रको निरीक्षण
चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उरै नाकाको सशस्त्र प्रहरी बलसहितको सरकारी टोलीले निरीक्षण गरेको छ । कोरोना महामारीपछि नेपाली सुरक्षाकर्मीको टोली पहिलोपटक उरै पुगेको हो ।
सगरमाथा विमानस्थल चर्चामा मात्रै
उदयपुरको त्रियुगा नगरपालिका–२ स्थित जोगीदहमा निर्माण गरिने भनिएको प्रस्तावित सगरमाथा विमानस्थलका लागि सरकारले बजेट विनियोजन नगरेकामा स्थानीय निराश भएका छन् । अघिल्ला वर्षहरूदेखि नै त्रि
तेह्र जिल्लाका तेह्र वडा छनोट
बागमती प्रदेश सरकारले प्राथमिकतामा राखेको नमुना वडा समाजवादी कार्यक्रम सञ्चालन गर्न वडाहरू छनोट गरिएको छ । प्रदेशका १३ जिल्लाको १३
‘नेपालमै रोजगारी खोज्न श्रमाधान रोजगार मेला’
बुटवलमा बुधबारदेखि ‘श्रमाधान रोजगार मेला’ सुरु भएको छ । मेलाको एक समारोहका बिच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गर्नुभयो । बिहीबारसम्म सञ्चालन हुने मेलाको उद्घाटन गर्दै मन्त्री अर्यालले नेपालमा रोजगारीका अवसर हुँदाहुँदै पनि युवाहरू विदेशमा रोजगारीमा जान बाध्य भइरहेको बताउँदै अब नेपालमै रोजगारीका अवसर सिर्जना गर्ने रोजगारदाता र श्रमिकले पहल गर्नुपर्ने बताउनुभयो ।
सापकोटाविरुद्धको रिटमा असार १२ गते निर्णय हुने
सर्वोच्च अदालतले पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध द्वन्द्वकालमा भएको व्यक्ति हत्या आरोपको जाहेरी दर्ता हुने वा नहुने विषयको विवादमा असार १२ गते अन्तिम आदेश सुनाउने भएको छ । काभ्रेका अर्जुन लामाको हत्या प्रकरणमा जाहेरी दर्ताको माग गर्दै २०६९ मङ्सिर ७ गतेदेखि विचाराधीन विवादमा संवैधानिक इजलासले निर्णय सुनाउने मिति तोकेको हो । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको संवैधानिक इजलासले बहस सकेर निर्णय सुनाउने मिति तोकेको सर्वोच्च अदालतका सहायक प्रवक्ता गोविन्दप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
हिमालबाट उठ्यो ११२ टन फोहर
हिमालमा थुप्रिएको फोहोर सङ्कलनमा जुटेको नेपाली सेनाले आठ हजार मिटरभन्दा अग्ला १० वटा हिमालबाट ११२ टन फोहोर र १५ वटा शव सङ्कलन गरेको छ । विश्व वातावरण दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजना गरिएको ‘सफा हिमाल अभियान–२०२४’ को समापन समारोहमा सेनाले सगरमाथा, ल्होत्से, मकालु, धौलागिरि, अमादब्लम, कञ्चनजङ्घा, अन्नपूर्ण, बरुन्टसे, नुप्त्सेलगायत १० वटा हिमालबाट ११२ टन फोहोर तथा १५ वटा मानव शव सङ्कलन गरेको जानकारी गरायो ।
कोशी सरकार गठनको मुद्दा पूर्ण इजलासमा
सर्वोच्च अदालतले कोशी सरकार गठन विवादको मुद्दालाई पूर्ण इजलासमा पठाउने आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले अन्तिम सुनुवाइका लागि मुद्दा पूर्ण इजलासमा पठाएको हो । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गर्नुभएको रिटमा सुनुवाइ गर्दै संयुक्त इजलासले निवेदकले उठाएका विषयवस्तुको निक्र्यौल पूर्ण इजलासबाट गर्नु उपयुक्त रहेको भन्दै यस्तो आदेश गरेको हो । यसअघि अदालतले जेठ ९ गते मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने क्रममा भएका सम्पूर्ण कामकारबाही अदालतमा पेस गर्न आदेश गरेको थियो । उक्त कागजात प्राप्त भएपछि रिटमा पहिलो पटक सुनुवाइ भएको हो ।
वन्यजन्तुबाट छ वर्षमा २३१ जनाको मृत्यु
मानव–वन्यजन्तु द्वन्द्व बढ्दै जाँदा जङ्गली जनावरबाट हुने मानवीय क्षति बढ्दै गएको छ । जङ्गली जनावरको सङ्ख्या बढ्दै जाँदा आहार नपाएपछि मानवसँगै भौतिक क्षति हुने गरेको हो ।