सबैको सहयोगबाट लागूऔषधमुक्त समाज
सिरहा जिल्लामा १६ देखि २५ वर्षका युवाहरू लागूऔषधको दुर्व्यसनीमा लाग्ने युवाहरूको सङ्ख्या अत्यधिक देखिएको छ ।
प्युठानका नौ पालिका खोपयुक्त घोषणा
जिल्लाका नौ स्थानीय तहलाई खोप सुनिश्चित्ता तथा दिगोपना पालिका घोषणा गरिएको छ । जिल्लाका दुई वटा नगरपालिका र सात वटा गाउँपालिकालाई खोपयुक्त घोषणा गरिएको हो ।
एमाले अर्घाखाँचीमा पुनः भुसाल
नेकपा (एमाले) अर्घाखाँचीको नवौं जिल्ला अधिवेशनबाट द्रोसो पटक पीताम्बर भुसाल निर्विरोध निर्वाचित हुनुभएको छ । द्रोसो कार्यकालका लागि सचिवमा तोजबहादुर रायमाझी निर्विरोध निर्वाचित हुनुभयो ।
सिफारिस संरचनामा विधायिकी नियन्त्रणको प्रस्ताव
राष्ट्रिय सभाका अध्यक्षको संयोजकत्वमा रहने समितिले अध्यक्ष र सदस्य सिफारिस गर्ने गरी विधेयक परिमार्जनको मागसहित मिडिया काउन्सिल विधेयकमा संशोधन दर्ता भएका छन् । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव नेतृत्वको समितिले अध्यक्ष तथा सदस्य सिफारिसको प्रस्ताव गरेको छ । सो व्यवस्थाको सट्टा सभाका अध्यक्षको नेतृत्वको समितिले सिफारिस गर्ने व्यवस्था हुनुपर्ने भन्दै संशोधन दर्ता भएको छ । सामूहिक र व्यक्तिगत गरी छ वटा संशोधन दर्ता भएका छन् । पदाधिकारी सिफारिस संरचना विधायिकी नेतृत्वमा गराउने प्रस्ताव संशोधनमा गरिएको छ ।
प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता
भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा उहाँहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उहाँहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको विषयमा विचारविमर्श भएको थियो ।
जेठ ३१ देखि मेलम्चीको पानी रोकिने
जेठ ३१ गतेदेखि मेलम्चीको पानी वितरण बन्द हुने भएको छ । जेठको दोस्रो सातादेखि नै मेलम्ची खोलाको पानी धमिलो हुँदै गएकाले जेठ ३१ गतेदेखि आयोजनाको सुरुङमा पानी पथान्तरण रोकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । जेठ ३१ देखि नै नेपालमा मनसुन सक्रिय हुँदै छ । समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले मनसुन सुरु नहुँदै खोलाको पानी धमिलो हुँदै गएकाले जेठ ३१ गतेबाट आयोजनाको सुरुङमा पानी पथान्तरण रोकिने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यही जेठ ३१ गतेबाट सुरुङमा पानी पथान्तरण बन्द गर्ने खानेपानी मन्त्रालयमा निर्णय भएको छ तर मनसुन भित्रिए पनि ठुलो पानी नपर्दासम्म पानी पथान्तरण बन्द गरिने छैन ।”
प्रतिनिधि सभा बैठक पुस्तिका नआउँदा रोकियो छलफल
विनियोजन विधेयक २०८१ को मन्त्रालयगत रूपमा छुट्याइएको बजेटको विवरण पुस्तिका समयमा नै संसद्ले नपाउँदा छलफल प्रभावित भएको छ । आइतबारदेखि प्रतिनिधि सभामा मन्त्रालयगत छलफल गर्ने कार्यसूची तय भए पनि समयमा नै विवरण प्राप्त नहुँदा छलफल दुई दिन पर सारिएको हो ।
प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्रीको शपथ समारोहमा सरिक
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुनुभएको छ ।
लण्डनमा नेपालीको राम्रो प्रगति
संयुक्त अधिराज्य (बेलायत) मा रहेका दक्षिण एशियाली डायोस्पराले विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै आफ्नो देशको पर्यटन, संस्कृतिको प्रवर्धनमा पुलको रुपमा काम गरेको बताएका छन् ।
नदीमा डुबेर भारतीय किशोरको मृत्यु
पाल्पामा पौडी खेल्ने क्रममा तिनाउ नदीमा डुबेर पुनः एक जना भारतीय किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत गोरखपुर थाना, सैजन्वा बस्ने १५ वर्षका आर्यन कुमार रहेको प्रहरीले जनाएको छ ।
बढ्यो गर्मी, उपत्यकाको तापक्रम ३३.८ डिग्री सेल्सियस
पछिल्ला दिनमा पानी पर्न छाडेपछि देशैभरको तापक्रम बढ्दै गएको छ। आइतबार उपत्यकाको तापक्रम ३३.८ डिग्री सेल्सियस पुगेको छ।
संस्थान कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा समेट्न छलफल
गोरखापत्र संस्थानमा अस्थायी, करार र ज्यालादारीमा कार्यरत कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषको योजनामा समेट्ने विषयमा अनौपचारिक छलफल भएको छ ।
प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु
कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी आजदेखि विराटनगरमा सुरु भएको छ । गृह मन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त आयोजना गरेको गोष्ठीको उपप्रधान तथा गृहमन्त्री रबी लामिछानेले उद्घाटन गर्नुभयो ।
धनकुटामा किराँत सांस्कृतिक उत्सव
किराँत संस्कृतिको संरक्षण गर्न उभौली पर्वका अवसरमा धनकुटामा खानपान तथा भेषभुषा प्रदर्शनी तथा सांस्कृतिक उत्सव सुरु भएको छ ।
तीनघरेमा आदिवासी सांस्कृतिक महोत्सव
इलामको तीनघरेमा आदिवासी जनजाति सांस्कृतिक तथा खाना महोत्सव सुरु भएको छ । विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शनीसँगै सूर्योदय नगरपालिका–११ को तीनघरेमा दुई दिने आदिवासी जनजाति सांस्कृतिक तथा खाना महोत्सव आजदेखि सुरु भएको हो ।
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री महासेठलाई
राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई तोक्नुभएको छ।
प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत प्रस्थान गर्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालका लागि आज अपरान्ह हुने शपथ ग्रहण कार्यक्रममा भाग लिन प्रधानमन्त्री प्रचण्ड नेपाली टोलीसहित दिउँसो त्यता प्रस्थान गर्नुभएको हो ।
बढ्दै छन् थाइराइड क्यान्सरका बिरामी
पछिल्लो समय थाइराइड क्यान्सरका बिरामी बढिरहेका छन् । वीर अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा. दिपेन्द्र श्रेष्ठले पछिल्लो समय थाइराइड क्यान्सरका बिरामी बढ्दै गएको बताउनुभयो ।
संरक्षण अभावमा जीर्ण बन्दै रानी ताल
करिब दुईसय वर्ष पुरानो ऐतिहासिक रानीताल संरक्षण अभावमा अहिले जीर्ण बन्दै गएको छ । रानीतलाउको जिर्णोद्वारपछि सुरुवातको वर्षमा आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ रहँदै आएकोमा संरक्षण र सम्वर्धनको अभावले सो ऐतिहासिक तलाउ अहिले पुनः जिर्ण बन्दै गएपछि तलाउमा पर्यटक आउनेक्रम घट्दै गएको हो ।
वर्षौँदेखि विद्यालय नै नगई तलब भत्ता बुझ्ने शिक्षक
शिक्षकहरू विद्यालय जाँदैनन् गए पनि विद्यार्थीलाई पढाउँदैनन् यो नेपालको शिक्षा क्षेत्रको विकृति हो । अधिकांश शिक्षकहरू राजनीति गर्छन् अनि ठुला नेताकै आर्सीवाद लिँदै शैक्षिक क्षेत्र डामाडोल बनाउँदै आएका छन् ।
मौवाफाँटमा बहुउद्देश्यीय भवन निर्माण
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बहुउद्देश्यीय भवन निर्माण भएको छ । गाउँपालिका, प्रदेश सरकार, चन्दा सहयोग र श्रमदान गरी ५५ लाख ४८ हजार ४९ रुपियाँ लागतमा एक तले बहुउद्देश्यीय सभाहल सहितको भवन निर्माण गरिएको हो ।
त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द हुने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाले विमानस्थलको क्षमता विस्तार आयोजना अन्तर्गत स्तरोन्नतिका लागि आगामी कात्तिक २३ गतेदेखि चैत १८ गतेसम्म दैनिक १० घण्टा बन्द हुन लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विमानस्थलको क्षमता विस्तारका लागि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थलमा उडान–अवतरण बन्द हुने छ । यसका लागि नेपालमा अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीसँग छलफल गरेर नोटाम (विमानस्थलमा उडान गतिविधि बन्द हुने सूचना) जारी भइसकेको छ ।”
कानुन पुनरवलोकनमा अनलाइनबाटै सुझाव
कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले कार्यान्वयनमा रहेको कानुन संशोधन र नयाँ तर्जुमामा नागरिकले सोझै अनलाइनमार्फत सुझाव दिन मिल्ने गरी एकीकृत सुझाव सङ्कलनको अवधारणा अघि बढाएको छ । मन्त्रालयले छुट्टै संयन्त्र र अनलाइन पोर्टलबाट त्यस्ता सुझाव सङ्कलन गर्न लागेको हो । प्राविधिक परीक्षणको अन्तिम चरणमा उक्त कार्य भइरहेको मन्त्रालयले जनाएको छ । कानुन निर्माणमा नागरिक र सरोकारवालाको सहभागिता कम रहेको तथा स्वार्थ समूहको दबाबमा परिमार्जन हुने गरेको आक्षेप लागेको भन्दै मन्त्रालयले सुझाव सङ्कलनको एकीकृत (प्लेटफर्म) माध्यमको विकास गरेको हो । उक्त प्लेटफर्म कानुन मन्त्रालयको संयोजनमा चल्ने छ । भइरहेका कानुन परिमार्जन र नयाँमा सुझावको छुट्टै भाग पोर्टलमा रहने छ । दीर्घकालीन रूपमा भने मोबाइल एप्समा अपडेट गर्ने मन्त्रालयको तयारी छ ।
निगरानीपछि बढ्यो पशुपतिको भेटी
पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरीमा संलग्न रहेको अभियोगमा पाँच अभियुक्त पक्राउ परेपछि दुई महिनायताकै सर्वाधिक भेटी सङ्कलन भएको छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संरक्षणमा भेटी चोरीमा संलग्न कोषका नायब सुब्बासहितका कर्मचारी पक्राउ परेपछि कोषमा जम्मा हुने भेटी बढेको हो ।