घोषणापत्र जारी गर्दै सम्पन्न भयो पारिवारिक निजी वनको महाधिवेशन
जेठ २८ देखि सुरुभएको पारिवारिक निजी वन संघ, नेपालको तेस्रो अधिवेशन १६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । २०७१ मा स्थापना भएको सो वनको ७० जिल्लामा शाखा छन् ।
ज्येष्ठ नागरिकलाई लौरो र रेडियो
चन्द्रकोट गाउँपालिकाले ज्येष्ठ नागरिकलाई लौरो र रेडियो सहयोग गरेको छ । गाउँपालिका भित्रका ७९ वर्ष पूरा भएका र ८२ वर्ष ननाघेका १५२ ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप लौरो र रेडियो प्रदान गरिएको गाउँपालिका अध्यक्ष युवराज केसीले जानकारी दिनुभयो ।
जलचरसम्बन्धी सुरक्षाकर्मीलाई अभिमुखीकरण
वातावरणीय अध्ययन बिना नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खननले प्राकृतिक प्रकोप निम्त्याउने मात्र नभई यसले वन्यजन्तुमा समेत नकारात्मक असर पर्ने जनाइएको छ ।
एक गाग्री पानी भर्न डेढ घण्टा लाइन !
गोरखा सदरमुकामको दरबारमार्गमा बस्ने कृष्णबहादुर श्रेष्ठ बिहान पानी बोक्दैमा समय बित्छ। गोरखा सदरमुकाम- ६ छहरेधारामा पानीको मुहान सानो हुन थालेपछि आफ्नो पालो आउन कम्तीमा एकदेखि डेढ घण्टा कुर्नुपर्ने हुन्छ।
मेलम्ची बाढीको तीन वर्ष : पुनर्निर्माण सुस्त, स्थानीयवासी चिन्तित
हेलम्बु गाउँपालिका-४ का खिलप्रसाद लामिछानेलाई बर्खायाम सुरु भएसँगै कसरी बच्ने र बचाउने भन्ने चिन्ताले पिरोल्छ । खोलामा सामान्य बाढी आउँदासमेत सडक, विद्यालय र घरहरू उच्च जोखिममा पर्ने भएकाले उहाँसहित स्थानीयवासी अहिले चिन्तित छन् ।
‘खानेपानीको दीर्घकालीन योजना बनाऔँ’
सांसदहरूले तराई–मधेशमा खानेपानी सङ्कटलाई लिएर दीर्घकालीन योजना बनाउन सरकारलाई सुझाव दिएका छन् । उनीहरूले योजना तयार भएर कार्यान्वयन हुँदासम्म नदी प्रणाली नै सुक्खा हुने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् । प्रतिनिधि सभामा विनियोजन विधेयक–२०८१ अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफलका क्रममा प्रतिनिधि सभा सदस्य निर्मला कोइरालाले राज्यले दिएको अधिकार पत्र बोकेर ठेकेदार पहाड तथा नदी सर्वनाश गर्न लामबद्ध भएको भन्दै यसप्रकारको गतिविधि रोक्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “ठेकेदारहरू अधिकार पत्र बोकेर पहाड उक्लेका छन् । हजारौँ टिप्परले एकै दिनमा एउटा पहाड बोक्ने गरी उत्खनन गरेका छन् । खानी लुटिँदै छ । नदी तीव्र गतिमा पुरिँदै छ । समथर भू–भाग मरुभूमिकरणमा परिणत हुँदै छन् ।” सदस्य कोइरालाले विज्ञान र प्रविधि उपयोग गरी पानी सञ्चित गर्ने उपाय अवलम्बन गर्न सुझाव दिनुभयो ।
वार्षिकोत्सव मनाउँदै लोक सेवा आयोग
लोक सेवा आयोगले शनिबार स्थापनाको ७४ औँ वार्षिकोत्सव मनाउँदै छ । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यता रहने कार्यक्रममा विभिन्न संवैधानिक निकायका प्रमुख, लोक सेवा आयोगका पूर्वपदाधिकारी तथा पूर्वसचिव, नेपाल सरकारका सचिव, चार वटै सुरक्षा निकायका लामो समय आयोगमा कार्यरत रही हाल सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीलगायतको बृहत् उपस्थिति रहने आयोगले जनाएको छ ।
पाठेघर खस्नेको निःशुल्क उपचार
ग्रामीण ऋणग्रस्तता, स्वास्थ्य सेवामा सहज पहुँच नहुँदा र धामीझाँक्रीको भरमा सामान्य शल्यक्रियाबाटै उपचार हुने पाठेघर खस्ने समस्याबाट अहिले पनि १० औँ लाख आमा आक्रान्त छन् । कतिपय आमा ‘लगान लागेको, वनको लागेको’ भनेर आफ्नो जटिल रोग लुकाएरै बस्न बाध्य छन् । त्यसमाथि आफ्नो गोप्य अङ्गमा रोगबारे खुलेर आफन्तलाई भन्ने आँटसमेत गर्दैनन् । तर सिन्धुपाल्चोक पिस्करकी ६७ वर्षीय नेप्टी थामीलाई अहिले थाहा भयो, पाठेघर खस्ने रोगको न्यूनतम खर्चमै सहज शल्यक्रिया गरेपछि निको हुने रहेछ । उहाँ वर्षौंअघिदेखि पाठेघर खस्ने (आङ खस्ने) समस्याले पिरोलेको थियो । धेरैबेर उभिँदा र थोरै गह्रौँ भारी बोक्नासाथ पाठेघर खसिहाल्थ्यो । उहाँले अर्थिक अभावका कारण आङ खस्ने रोगको उपचार गर्न सक्नुभएको थिएन । उहाँले रोग पहिचान गर्न पनि सक्नुभएको थिएन ।
अपाङगता भएकालाई घरमै नागरिकता
तानसेन नगरपालिका वडा ११ का प्रतिक भाट २३ बर्षको पूर्ण अपाङ्गता भएका नागरिक भएकाले उहाँलाई जिल्ला प्रशासन कार्यालय पाल्पाले घरमै पुगेर नागरिकता प्रदान गरेको छ ।
पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्छौँ, मनोनयन प्रणाली अन्त्य हुन्छ : प्रधानमन्त्री प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधान अधिवेशनबाट प्रत्यक्ष निर्वाचन गर्ने निर्णय भएकाले आगामी दिनमा पार्टीभित्र प्रत्यसक्ष निर्वाचन गर्ने र मनोनयन प्रथा अन्त्य गरिने बताउनुभएको छ।
मनसुन सुरु भएलगत्तै भदौसम्म मेलम्ची खानेपानी रोकिने
मेलम्चीको खानेपानी मनसुन सक्रिय भएसँगै फेरि बन्द हुने भएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले वर्षात् सुरु भएदेखि बाढीपहिरो जानसक्ने तथा लेदो बग्ने हुँदा टनेल बन्द गर्नुपर्ने बताउनुभयो ।
कावासोतीका स्थानीय र नगरपालिकाबिच १० बुँदे सहमति
नाला खन्ने क्रममा पुरिएर तीन जनाको मृत्यु भएपछि तनावग्रस्त बनेको नवलपुर सदरमुकाम कावासोतीका स्थानीय र नगर पालिकाका प्रतिनिधिबिच १० बुँदे सहमति भएको छ। पीडितका परिवारलाई पाँच लाख उपलब्ध गराउनेसहित विभिन्न १० बुँदामा सहमति भएको हो।
घोडाघोडीमा चरा गणना सुरु
कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा गर्मी मौसममा हुने चरा गणना तथा अनुसन्धान कार्य शुक्रबार देखि सुरु भएको छ ।
तीन जनाको मृत्युपछि कावासोती तनावग्रस्त : चार जना प्रहरी घाइते
नाला खन्ने क्रममा पुरिएर तीन जनाको मृत्यु भएपछि नवलपुर सदरमुकाम कावासोती तनावग्रस्त बनेको छ। मृतकका आफन्त र स्थानीयले नगर प्रमुख विष्णुप्रसाद भुसालविरुद्ध नाराबाजी गर्दै नगरपालिका र निजी निवासमा तोडफोड गरेका छन्।
थारु कला संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता
दाङमा थारु समुदायको कला र संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय जिल्लामा हुने विभिन्न कार्यक्रममा थारु जातिको मौलिक संस्कृतिका रुपमा रहेका नृत्यको माग बढ्न थालेपछि नयाँ पुस्ता कला र संस्कृति संरक्षणसँगै विकासमा जोडिएका छन् ।
रणबाङ–दरबाङ सडक कालोपत्र योजना अलपत्र
सडक कालोपत्र गर्ने ठेक्का लिएको ठेकेदार कम्पनीको लापरबाहीका कारण म्याग्दीको बेनी–दरबाङ सडक आयोजना अन्तर्गत तेस्रो खण्ड रणबाङ–दरबाङको कालोपत्र योजनाको काम अलपत्र परेको छ ।
२८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले साउन १ गतेदेखि २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जारी गरेको सूचना अनुसार मन्त्रीपरिषद्को २०८१ जेठ २४ गतेको बैठकले गरेको निर्णयका आधारमा पहिलो चरणमा २८ जिल्लामा यो प्रावधान लागु गर्न लागिएको हो । मन्त्रीपरिषद्को निर्णय अनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न तोकिएको जिल्लाका सेवाग्राहीले राष्ट्रिय परिचयपत्र बनाएकै हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।
स्वास्थ्य क्षेत्रमा बजेट थप्न आग्रह
स्वास्थ्य क्षेत्रमा विनियोजित बजेट अपुग हुने भन्दै सांसदहरूले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर बजेट थप्न आग्रह गरेका छन् । उनीहरूले स्वास्थ्य क्षेत्रमा देखिएको बेथिति नियन्त्रणका लागि अग्रसरता लिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको ध्यानाकर्षण गराएका छन् । स्वास्थ्य क्षेत्रका लागि करिब ८६ अर्ब बजेट विनियोजन गरिएको छ ।
कानुन पालना अनिवार्य सर्त
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानुन अनुसार समाजलाई मान्य हुने गरी टिकटकलगायतका कुनै पनि सामाजिक सञ्जाल नेपालमा चलाउँदा आपत्ति नहुने बताउनुभएको छ । बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उहाँले समाजमा अमर्यादित गतिविधिलाई महत्व दिने गरी टिकटकमा सामग्री उत्पादन र प्रसारण भएका कारण सरकारले नेपालमा टिकटक बन्द गरेको उल्लेख गर्नुभयो । सञ्चारमन्त्री शर्माले कानुनी रूपमा अहिले पनि टिकटक बन्द रहेको भन्दै सरकारले नेपाल टेलिकमलगायतका ठुला इन्टरनेट सेवाप्रदायकबाट अहिले टिकटक चलाउन नदिइएको बताउनुभयो । उहाँले सामाजिक सञ्जाल समाज अनुकूल हुने गरी प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
बैङ्कभन्दा नातेदारकै भर
नेपाली जनता ऋणका लागि सबैभन्दा धेरै नातेदारसँगै निर्भर रहने पाइएको छ । ऋण प्रवाहका लागि देशका प्रायः सबै क्षेत्रका बैङ्क तथा वित्तीय संस्था, लघुवित्त र सहकारीको समेत उपलब्धता रहेको अवस्थामा पनि धेरै घरपरिवारले नातेदारसँगै ऋण लिने गरेको पाइएको हो । राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण २०२२/२३ को प्रतिवेदनले ऋण लिएका घरपरिवारमध्ये सबैभन्दा धेरै अर्थात् ४२.५ प्रतिशतले नातेदारबाट ऋण लिने गरेको तथ्य सार्वजनिक गरेको हो । प्रतिवेदन अनुसार घरपरिवारबाट ऋण लिने प्रवृत्ति विगत १२ वर्षको तुलनामा भने घटेको छ । यसअघि सन् २०१०/११ को जीवनस्तर सर्वेक्षणमा ५१.१ प्रतिशतले नातेदारबाट ऋण लिने उल्लेख गरेको थियो ।
विधानअनुसार सदस्यता टुंगो लगाउन युनियनको माग
नेपाल प्रेस युनियनले विधानअनुसार सदस्यता विवाद टुंगो लगाएर थपिएको समयभित्र नेपाल पत्रकार महासंघको निर्वाचन गराउन नेतृत्वसँग आग्रह गरेको छ ।
करेन्ट लागेर एकको मृत्यु
पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँची सन्धीखर्क नगरपालिका –७, बस्ने ३१ वर्षीय बाबुराम घर्ती रहेको प्रहरीले जनाएको छ ।
लागूऔषधका घटना बढेसँगै प्रहरी सक्रिय
पछिल्लो समय इलाममा लागूऔषधका घटना बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय इलाम जनस्तरमा सचेतनाका लागि सक्रिय भएको छ । प्रहरीले युवालाई लक्षित गरी सचेतनाका कार्यक्रम गर्न थालेको हो ।
एमाले कैलालीको १३ पालिकामा नयाँ नेतृत्व
नेकपा (एमाले) ले कैलालीका सबै पालिकामा अधिवेशन सम्पन्न गरेको छ । जेठ १० गते सुरु भएको अधिवेशन कैलालीका १३ पालिका कमिटी र २ वटा विशेष इलाका कमिटीमा अधिवेशन सम्पन्न गरेको हो ।