मोरङका शिक्षक दलको सदस्यता त्याग्दै
विभिन्न दलमा आबद्ध शिक्षकले धमाधम आफू सङ्गठित दलबाट राजीनामा दिन थालेका छन् । मोरङको उर्लाबारी, पथरीशनिश्चरे र कानेपोखरीका शिक्षकले राजीनामा दिएको सम्बद्ध पार्टीका पदाधिकारीले जनाएका छन् ।
लागूऔषध दुरुपयोग एवम् अवैध ओसार–पसार बढ्दो
गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले पछिल्लो समय लागूऔषध प्रयोगकर्ता सङ्ख्या बढ्दैगएकाले यसको नियन्त्रण आवश्यक रहेको बताउनुभएको छ ।
कर्मचारी आन्दोलनले रोकियो मन्त्रीको जवाफ
अतिरिक्त समयमा काम गरेको प्रोत्साहन भत्तालगायतका माग गर्दै आन्दोलनरत सङ्घीय संसद्का कर्मचारीको आन्दोलनले विनियोजन विधेयकमा विभागीय मन्त्रीले जवाफ दिने कार्यसूची प्रभावित भएको छ । बुधबारदेखि सदनकेन्द्रित आन्दोलन गरेका कर्मचारीले कार्यालय समयपछि वक्ता र सांसदको ‘भिजुअल आउटपुट’ रोकेका थिए । सभामुखको मात्र श्रव्यदृश्य बाहिर पठाइएपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सभामुखको ध्यानाकर्षण गराउँदै ‘ब्ल्याक आउट’ मा बैठक नचलाउन आग्रह गर्नुभएको थियो । त्यसपछि सभामुख देवराज घिमिरेले बैठक स्थगन गर्नुभयो ।
पशुपतिनाथ भेटी चोरी प्रकरण : पाँच कर्मचारी पुर्पक्षका लागि थुनामा
काठमाडौँ जिल्ला अदालतले पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न भएको अभियोगमा पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश कपिलमणि गौतमको इजलासले बुधबार थुनछेक बहस सकिएपछि पाँच जनालाई थुनामा पठाउने र एक जनालाई तीन लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधिवक्ता सन्तोषराज कटुवालका अनुसार अदालतले काभ्रे नमोबुद्ध नगरपालिका घर भई पशुपति क्षेत्र विकास कोषमा नायब सुब्बा पदमा कार्यरत ५१ वर्षीय नवराज ढोडारी, काठमाडौँ महानगरपालिका वडा नं. ६ बस्ने कोषका ब्राह्मण पदमा कार्यरत ३६ वर्षीय नवराज घिमिरेलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।
मिडिया काउन्सिल विधेयक पुनर्लेखनको माग
मिडिया क्षेत्रका विज्ञ तथा सरोकारवालाले ‘मिडिया काउन्सिल’ सम्बन्धी विधेयकका प्रावधानप्रति असहमति जनाउँदै पुनर्लेखनको माग गरेका छन् ।
पत्रकार उपाध्यायसहित समाजसेवीलाई नागरिक अभिनन्दन
डोटीको सायल गाउँपालिका र भवानी माध्यमिक विद्यालयले पत्रकारिता तथा सामाजिक क्षेत्रमा उत्कृष्ट योगदान दिए बापत चार जना व्यक्तिलाई बुधवार नागरिक अभिनन्दन गरेको छ ।
खरका छाना मुक्त गाउँपालिका घोषणा गरिने
गुल्मीदरबार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ मा गाउँपालिकालाई खरका छाना मुक्त गाउँपालिका घोषणा गर्ने गरी नीति ल्याएको छ ।
लागूऔषध प्रयोगकर्तालाई दण्ड हैन उपचारको विकल्प खोजौँ
कानुनी रूपमा लागूऔषध प्रयोगकर्ता अपराधी नभई स्वास्थ्य समस्या भनी उल्लेख गरेपनि व्यवहारमा लागू नभएको सरोकारवालाको गुनासो छ ।
पासाङ र ऋदिको विजयी सुरुवात
नेपाल स्क्वास एन्ड राकेट्स सङ्घको आयोजनामा बुधबार प्रथम एनएसआरए प्रेसिडेन्ट कप स्क्वास च्याम्पियनसिप सुरु भएको छ ।
झापामा दुई हजार तीन सय परिवार बाढीको जोखिममा
झापाका चार पालिकाहरू बाढीको उच्च जोखिममा रहेका छन्। १५ पालिकामध्ये ४ वटा उच्च र थप अन्य चार पालिका आंशिक जोखिममा रहेका हुन्। जिल्लामा दुई हजार तीन सय घरपरिवार उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समिति बताएकाे छ।
मिटरब्याजमा ३८ जना ठगिए, २२ करोड क्षतिपूर्ति माग्दै प्रशासनमा उजुरी
नवलपुर सदरमुकाम कावासोती वडा नं. २ की गङ्गा परियारले स्थानीय विमला तिवारीसँग २०७३ सालमा तीन लाख रुपियाँ ऋण लिनुभएको थियो। त्यसमा दिनको पाँच सय रुपियाँका दरले तीन महिनाको ब्याज पहिले नै कटौती गरिएको थियो। समय बित्दै गयो। ब्याज पनि बढ्दै गयो।
गस्ती गर्न प्रहरीलाई मोटरसाइकल सहयोग
केही दिन यता लहान नगरपालिकाको ग्रामीण भेगको वडामा चोर डकैतहरु सवारी साधनमा आएर डकैती गर्ने त्रास फैलिएपछि शान्ति सुरक्षा कायम राख्न लहान नगरपालिकाले इलाका प्रहरी कार्यालय लहानलाई १४ वटा मोटरसाइल उपलब्ध गराएको छ ।
भरुवा बन्दुकसहित खत्री पक्राउ
कैलाली प्रहरीले तीन नाल भरुवा बन्दुकसहित ३७ वर्षीय मोहनबहादुर खत्रीलाई पक्राउ गरेको छ ।
घट्टेखोलामा निर्माण गरियो दुई नयाँ काठेपुल
नाङको डुम्रे–बेँसीसहर–चामे सडक माथिल्लो मनाङ, तिलिचो ताल, खाङ्सार, थोराङ्ला भञ्ज्याङ ‘थोराङ्ला पास’ आवतजावत गर्ने एकमात्र मार्ग हो ।
नदीमा ढल मिसाए तीन वर्षसम्म कैद प्रस्ताव
नदी, खोला तथा पोखरीमा प्रशोधन नगरी ढल मिसाए तथा रासायनिक र विषालु पदार्थ मिसाए तीन वर्षसम्म कैद गर्ने प्रस्तावसहित सरकारले जलस्रोतसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ । यस्ता कसुरमा पाँच लाख रुपियाँसम्म जरिबानासमेत हुन सक्ने व्यवस्था विधेयकमा प्रस्तावित छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतका तर्फबाट प्रतिनिधि सभामा विधेयक दर्ता भएको छ । प्रस्तावित विधेयकमा प्रदूषणको मापदण्डविपरीतको कामलाई कसुर मानिएको छ । जलस्रोतलाई प्रदूषित बनाए तीन महिनादेखि तीन वर्षसम्म कैद प्रस्ताव गरिएको हो । जलस्रोतमा रासायनिक तथा विषालु पदार्थ हाल्ने, ढललगायतका प्रशोधन नगरी नदी, खोला तथा पोखरीमा पानी मिसाउने कार्यलाई पनि कसुर मानिएको छ । यस्ता कसुरमा पनि कम्तीमा तीन महिनादेखि तीन वर्षसम्म कैद सजाय वा पाँच लाख रुपियाँसम्म जरिबानाको प्रस्ताव गरिएको छ । कसुर अनुसार दुवै सजायसमेत हुन सक्ने छ ।
पाइलट अभावले उडान प्रभावित
नेपाल वायु सेवा निगममा वाइडबडी र न्यारोबडी जहाज उडाउने (चाकल) पाइलट अभावले उडान प्रभावित हुन थालेको छ । हाल निगमका चार जना वरिष्ठ पाइलट निलम्बनमा परेका छन् भने केही पाइलट जागिरबाट पलायन भएका छन् । चालक अभावकै कारण उडान प्रभावित हुन थालेपछि निगमले तत्काल दस जना चालक करारमा नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ भने हाल जिम्मेवारीमा रहेका पाइलटलाई सकेसम्म बिदा नलिन आग्रह गरेको छ ।
बेहडाबाबा मेलामा एकको मृत्यु
कैलालीको धनगढीस्थित धार्मिक तथा पर्यटकीयस्थल बेहडाबाबा धाममा गंगा दशहरा मेलामा एक जनाको मंगलबार मृत्यु भएको छ ।
२९ वर्षअघि थियो तापक्रम ४६.४ डिग्री सेल्सियस
धनगढी चोकमा भेटिने जोकोहीले यस पटकजस्तो गर्मी कहिल्यै भएन भनेर टीकाटिप्पणी गरेको सुनिन्छ । तापक्रम तीव्र गतिमा बढ्दा त्यस्तो कुरा गरेको सुनिएको हो ।
‘समयमा लामखुट्टे नियन्त्रण नगरे महामारी फैलिन सक्छ’
पछिल्लो समय डेंगु सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र (ईडिसिडी) का अनुसार डेंगु सङ्क्रमण पाँच जिल्ला बाहेक सबै जिल्लामा फैलिसकेको छ।
‘मस्यौदा नीति, पृष्ठपोषण कार्यक्रम’मा सहभागी हुन अनलाइनबाट खुला आह्वान
काठमाडौँ महानगरपालिकाले मस्यौदा गरेको ‘बहुवर्षे शिक्षानीति’लाई सहभागितामूलक बनाउन असार ७ गते सुझाव सङ्कलन गर्ने कार्यक्रम आयोजना गर्ने भएको छ । राष्ट्रिय सभा गृहमा आयोजना हुने कार्यक्रममा सहभागी हुन अनलाइन फाराम भर्नु पर्नेछ ।
काभ्रेपलाञ्चोकको पाँचखालमा राष्ट्रिय वाणिज्य बैङ्कको शाखा विस्तार
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले बागमती प्रदेश काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ४, तामाघाटस्थित शाखा कार्यालय पाँचखाल विस्तार गरी सोमबारबाट कारोबार शुभारम्भ गरेको छ ।
तनहुँमा चार लेनको पुल निर्माण हुँदै
तनहुँमा चार लेनको पुल निर्माण कार्य भइरहेको छ । नेपालमै पहिलो पटक पृथ्वीराजमार्गको सबैभन्दा लामो मादी नदी पुल निर्माण भइरहेको छ ।
वैदेशिक रोजगारीको एघार महिना, विदेश जाने झण्डै सात लाख
वैदेशिक रोजगारीमा दक्ष भएर जाने नेपाली श्रमिकको सङ्ख्या पछिल्लो पटक बढेको छ । विसं २०८० जेठको तुलनामा २०८१ को जेठमा दक्ष भएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको हो । वैदेशिक रोजगार विभागका अनुसार गत जेठमा दक्ष भएर जानेको सङ्ख्या ६४ प्रतिशत रहेकोमा गएको जेठमा ७१ प्रतिशत पुगेको छ । गएको जेठ महिनामा ७२ हजार ८६१ जनाले श्रम स्वीकृति लिएर गएकोमा ५१ हजार ६२० जना दक्ष भएर वैदेशिक रोजगारीमा गएका छन् । गत २०८० जेठमा ५९ हजार ४९९ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकोमा ३७ हजार ८९८ जना दक्ष भएर गएको विभागले जनाएको छ ।
कर्मचारीका मागबारे राजनीतिक परामर्श
अतिरिक्त कामको प्रोत्साहन भत्तालगायतका ११ बुँदे माग राखेर चरणबद्ध आन्दोलनमा रहेका सङ्घीय संसद्का कर्मचारीको माग पूरा गर्न राजनीतिक पहल सुरु भएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रमुख दलका प्रमुख सचेतकलगायतसँग सोमबार छलफल गर्नुभयो । बजेटसँग सम्बन्धित विषय भएकाले मङ्गलबार अर्थमन्त्री वर्षमान पुनसँग समेत थप छलफल गर्ने निष्कर्ष बैठकले निकालेको छ । सभामुख घिमिरे र अध्यक्ष दाहालले सोमबार दलका प्रतिनिधिसँग समस्या समाधानबारे परामर्श गर्नुभएको हो । कर्मचारी युनियनका प्रतिनिधिले भने माग पूरा नभए पूर्वनिर्धारित कार्यक्रम अनुसारको आन्दोलन जारी रहने छलफलमा बताएका छन् ।