• १२ साउन २०८१, शनिबार

बेहडाबाबा मेलामा एकको मृत्यु

blog

भावना जोशी 

अत्तरिया, असार ४ गते । कैलालीको धनगढीस्थित धार्मिक तथा पर्यटकीयस्थल बेहडाबाबा धाममा गंगा दशहरा मेलामा एक जनाको मंगलबार मृत्यु भएको छ । 

मेलामा सञ्चालन गरिएको होटलमा काम गर्ने करिव ४९ वर्षीय बलराम मगरातिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मगराति दिउँसो २ बजेतिर बेहोस हुनु भएको थियो । 

बेहोस हुनुभएका मगरातिलाई उपचारका लागि सेती प्रदेशीक अस्पताल धनगढीमा उपचारका लागि ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । अत्यधिक गर्मीका कारण मृत्यु भएको अनुमान गरिए पनि पोष्टमार्टम रिपोर्ट नआएकाले मृत्युबारे एकिन भन्न नसकिने प्रहरीको भनाइ छ । पछिल्लो समय कैलालीमा गर्मी बढेको छ । बेहडाबाबा धाममा मेला जारी छ ।