देशैभर फैलियो मनसुन
सोमबारदेखि मनसुन देशैभर फैलिएको छ । गत वर्ष जस्तै यस वर्ष पनि मनसुन देशभर फैलन १५ दिन लागेको छ । अब छिट्टै वर्षा हुने भएकाले धान रोपाइँ गर्र्ने किसानमा खुसी छाएको छ । जल तथा मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार नेपालको पूर्वी भूभागदेखि सुदूरपश्चिमसम्म नै मनसुनी वायु फैलिएको छ । यससँगै नेपालमा अब पश्चिमी वायुको असर हटेको छ । विभागका अनुसार पश्चिमी वायुले पूर्वी वायुलाई अघि बढ्न नदिँदा मनसुन फैलन समय लागेको हो । मनसुनी वर्षा गराउने जलवाष्प प्रणाली सक्रिय हुन भने अझै समय लाग्ने विभागले औँल्याएको छ । मनसुन देशभर फैलिए पनि तीन दिनपछि मात्र धेरै भूभागमा राम्रो वर्षाको सम्भावना रहेको मौसम पू
३३ सय केजी सुन तस्करी
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ६० केजी सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानलाई अन्तिम चरणमा पु¥याएको छ । सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले दोस्रो चरणको अनुसन्धान अन्तिम चरणमा पुगेको र अनुसन्धान प्रतिवेदन तयार गर्ने काम भइरहेको जानकारी दिनुभयो । यसअघि पहिलो चरणमा पहिलो चरणको अनुसन्धान पूरा गरी गत असोज १ गते २९ जनाविरुद्ध तीन अर्ब ३० करोड ३० लाख रुपियाँ बिगो तथा जरिबानाको मागसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । २०८० साउन २ गते हङकङबाट क्याथे प्यासेफिकको विमानमार्फत नेपाल भित्रिएको स्कुटरको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको अवस्थामा ६० केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।
अध्यक्षद्वय शाह र सुवेदीद्वारा रासस तस्बिर अवलोकन
नेपाल टेलिभिजनका अध्यक्ष समीरजङ्ग शाह तथा गोरखा संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले राससमा राखिएको तस्विरको अवलोकन गर्नुभएको छ ।
छत्रकोटको ५५ करोड बढीको बजेट
गुल्मीको छत्रकोट गाउँपालिकाले ५५ करोड बढीको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८१८२ को लागि छत्रकोट गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवालीले ५५ करोड ३६ लाख ८७ हजार ५२३ रुपियाँको बजेट प्रस्तुत गर्नुभयो ।
जोशीपुरको बजेट ५५ करोड तीन लाख
कैलालीको जोशीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि ५५ करोड तीन लाख ११ हजार रुपियाँ बजेट सार्वजनिक गरेको छ ।
नागरिक समाजको धर्ना
सुनसरीको सदरमुकाम इनरुवा नगरपालिकाको शिक्षा र स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै नागरिक समाजले नगरको ध्यानाकर्षण गराउन धर्ना सुरु गरेको छ ।
एमाले इलाम अधिवेशन कात्तिकमा
उप–निर्वाचनका कारण रोकिएको नेकपा (एमाले) इलामको ११ औँ जिल्ला अधिवेशन आगामी कात्तिकमा हुने भएको छ । अधिवेशन आयोजक कमिटीको बैठकले आगामी कात्तिक २९ र ३० गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।
पहिचानका लागि मातृभाषा संरक्षण गर्न आग्रह
आदिवासी जनजातिको पहिचान बचाउन मातृभाषाको संरक्षणमा अगुवाहरूले सुझाव दिनुभएको छ । मातृभाषा पत्रकारिता मार्फत मातृभाषा संरक्षणमा योगदान दिन अगुवाहरूको माग छ ।
लमहीको बजेट ८४ करोड ५१ लाख रुपियाँ
दाङको लमही नगरपालिकाले आर्थिक वर्ष २०८१–८२ का लागि जम्मा ८४ करोड ५१ लाख २४ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगर सभामा उक्त बजेट प्रस्तुत गरिएको हो ।
बाढीपीडितलाई हटाएको भन्दै नगरप्रमुखद्वारा आपत्ति
भजनीका नगरप्रमुख केवल चौधरीले वन डिभिजन कार्यालयले स्थानीय तहसँग समन्वय नगरी सो नगरका वडा १ र ९ मा बसिरहेका बाढीपीडितलाई हटाएकोमा आपत्ति जनाउन भएको छ ।
तुलसीपुरको बजेट दुई अर्ब सात करोड
तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१–८२ का लागि दुई अर्ब सात करोड ४९ लाख ६८ हजार रुपियाँ बजेट ल्याएको छ ।
कैलारी गाउँपालिकाको बजेट ७७ करोड २१ लाख रुपियाँ
कैलालीको कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि ७७ करोड २१ लाख १२ हजार रुपियाँको बजेट ल्याएको छ ।
कार्की र देवकोटाको मुद्दा हेर्दाहेर्दैमा
सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठन विवादको मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको हो । सो मुद्दा सोमबारका लागि निरन्तर सुनुवाइमा राखिएको छ । जेठ ३१ गतेदेखि पूर्ण इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ ।
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग : अन्तिम चरणको काम सुरु
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको तीन चौथाइ काम सकिएको छ । आयोजनाको मुख्य सुरुङ र आपत्कालीन सुरुङ छिचोलिएर ‘फिनिसिङ’ (कङक्रिट लाइनिङ) को काम भइरहेको छ । राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालको नेतृत्वमा आइतबार गरिएको स्थलगत अनुगमनमा सुरुङमार्ग आयोजनाका इन्जिनियर तथा प्रवक्ता रमेश कोइरालाले अहिलेसम्म आयोजनाको ७६ प्रतिशत काम सकिएको जानकारी दिनुभयो । त्यसै गरी आयोजनाको वित्तीय प्रगति ७० प्रतिशत पुगेको छ । अनुगमन टोली नागढुङ्गातर्फबाट सुरुङमार्गमा प्रवेश गरी धादिङको सिस्नेखोला निस्केका थिए ।
बजेट पारित गर्दै पालिका कार्यालय
कानुनतः असार १० गते सबै पालिकाहरूले प्रत्येक आर्थिक वर्षमा सञ्चालन गर्ने योजना तथा कार्यक्रमको नीति कार्यक्रम र बजेट ल्याइसक्नु पर्छ । इलामका दुई पालिका असार १० अगावै नीति कार्यक्रम तथा बजेट पारित गरेका छन् ।
लोकतन्त्रको लाभ सबै जाति समुदायसँग जोडिनुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आधुनिक समाजको विकाससँगै लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवन पद्धतिसँग जोडिनुपर्ने बताउनुभएको छ ।
खेलमार्फत् अर्थतन्त्र र कूटनीति सम्बन्ध सुदृढ गर्ने पहल भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलमार्फत् अर्थतन्त्र र कूटनीतिमा महत्त्वपूर्ण हस्तक्षेप गर्न विशेष पहल लिँदै आएको बताउनुभएको छ।
मनसुन प्रतिकार्यको लागि सशस्त्र प्रहरी टोली तयारी हालतमा
सशस्त्र प्रहरी बल नेपालले सबै कार्यालयहरुमा मनसुनको समयमा बाढी, पहिरो, डुबान एवं विपदमा परेकाहरुको तत्काल उद्धारका लागि मनसुन प्रतिकार्य टोली तयारी हालतमा राखेको जनाएको छ ।
७० घरका अग्निपीडितलाई आर्थिक सहयोग
गुल्मेली समाज जापानले गुल्मीका ७० घर अग्निपीडितलाई सात लाख रुपियाँ आर्थिक सहयोग गरेको छ । गत बैशाख र जेठमा जिल्लाका विभिन्न स्थानमा भएका आगलागीका घटनाबाट घरबास गुमाएका प्रतिपरिवारलाई नगद १० हजारका दरले सहयोग गरिएको गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्रकुमार अधिकारीले जानकारी दिनुभयो ।
फेवाफाँटमा रोपाइँ महोत्सव तयारी
पोखराको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले हुँदैआएको रोपाइँ महोत्सव यस वर्ष पोखरा महानगरपालिका –२३ फेवाफाँटमा हुने भएको छ ।
७५ परिवारलाई त्रिपाल वितरण
बुधबार राति आएको हावाहुरीका कारण घरका छाना उडेर, पर्खाल भत्किएर क्षति भएका बाँकेको कोहलपुर नगरपालिका –१५ का ७५ घर परिवारलाई त्रिपाल वितरण गरिएको छ ।
महाकाली नदीमा डुबेर एकको मृत्यु, एक बेपत्ता
महाकाली नदीमा डुबेर बैतडीका एक बालिकाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएकी छन्। मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ स्वालाकी १५ वर्षीया रजनी चाँड रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिनुभयो।
चार करोड लागतमा अतिथि भवन निर्माण
मधेश प्रदेशको राजधानी जनकपुरधाममा शनिवार अतिथि भवन तथा विवाह मण्डपको उद्घाटन भएको छ । करिब चार करोड रुपियाँको लागतमा अतिथि भवन तथा विवाह मण्डप निर्माण गरिएको हो ।
पालिकाले नागरिकको दुर्घटना बिमा गर्ने
आँधिखोला गाउँपालिकाले पालिकाका सबै नागरिकको दुर्घटना बिमा गर्ने भएको छ । पालिका गाउँसभाको १५ औ अधिवेशनको नीति तथा कार्यक्रममा पालिका भित्रका १३ हजार ९७० जनाको बिमा गर्ने भनिएको छ ।