• १२ असोज २०८१, शनिबार

एमाले इलाम अधिवेशन कात्तिकमा

blog

अधिवेशन आयोजक कमिटीको बैठक ।

कोकिला ढकाल

इलाम, असार १० गते । उप–निर्वाचनका कारण रोकिएको नेकपा (एमाले) इलामको ११ औँ जिल्ला अधिवेशन आगामी कात्तिकमा हुने भएको छ । अधिवेशन आयोजक कमिटीको बैठकले आगामी कात्तिक २९ र ३०  गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

अधिवेशन आयोजक कमिटीका अध्यक्ष गणेशप्रसाद बरालको अध्यक्षतामा बसेको बैठकले आगामी असार २५ गतेभित्र पार्टी सदस्यता नवीकरण र नयाँ सदस्य सिफारिस गरेर जिल्ला कमिटीमा पेस गर्न पालिका, इलाका, वडा र शाखा कमिटीलाई निर्देशन दिने निर्णय गरेको छ । 

यस्तै, असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसर पारेर जिल्ला कमिटीसहित पालिका, वडा कमिटीलाई वृक्ष रोपण गर्न बैठकले निर्देशन दिएको एमाले जिल्ला सचिव उमेश गुरुङले बताउनुभयो ।