• १४ असार २०८१, शुक्रबार

तुलसीपुरको बजेट दुई अर्ब सात करोड

blog

गोकर्ण पौडेल 

तुलसीपुर असार १० । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१–८२ का लागि  दुई अर्ब सात करोड ४९ लाख ६८ हजार रुपियाँ बजेट ल्याएको छ । 

उपप्रमुख स्यानी चौधरीले चालुतर्फ ६५.६३ प्रतिशत अर्थात् एक अर्ब ३६ करोड १८ लाख, पुँजीगततर्फ ३३.४१ अर्थात् ६९ करोड ३१ लाख र वित्तीयतर्फ दुई करोडको विनियोजन बजेट प्रस्तुत गर्नुभएको हो ।  

उपप्रमुख चौधरीले सबैभन्दा बढी शिक्षातर्फ कुल बजेटको ३०.५७ अर्थात् ६३ करोड ४२ लाख नौ हजार, स्वास्थ्यतर्फ ४.६२ प्रतिशत ९ करोड ५९ लाख ४० हजार, कृषि र पशुतर्फ ३.६६ सात करोड ५९ लाख ९८ हजार रुपियाँ विनियोजन गर्नुभएको छ । 

त्यस्तै अन्यमा ६१.१५ एक अर्ब २६ करोड ८७ लाख ८० हजार रुपियाँ विनियोजन गरिएको छ । आर्थिक वर्ष २०८१–८२ मा आन्तरिकतर्फ ६१ करोड ५१ लाख ३६ हजार ६ सय रुपियाँ अनुमानित गरिएको छ ।