• १४ असार २०८१, शुक्रबार

चार करोड लागतमा अतिथि भवन निर्माण

blog

अतिथी भवन तथा विवाह मण्डप । तस्विर– स्मृति मिश्र

स्मृति मिश्र

महेन्द्रनगर (धनुषा), असार ८ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा शनिवार अतिथि भवन तथा विवाह मण्डपको उद्घाटन भएको छ । करिब चार करोड रुपियाँको लागतमा अतिथि भवन तथा विवाह मण्डप निर्माण गरिएको हो ।

सुँडी समाजको अध्यक्ष रत्न पुर्वेका अनुसार सुँडी समाजद्वारा सञ्चालित श्रीरामजानकी सुँडी कुटीमा विषेशगरी सुँडी समाजलाई सहजताका लागि भवन निर्माण गरिएको छ ।  

भवनमा ३२ सुविधा सम्पन्न कोठा, २ वटा सभा हल, शौचालय रहेको उहाँले बताउनुभयो । भवनको मुख्य उद्देश्य भारतबाट वा अन्य ठाउँबाट आएका अतिथिहरूको व्यवस्थापन रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यसमा सङ्घीय सरकार, प्रदेश सरकार तथा सुँडी समाजका व्यक्तहरूको लगानी रहेको छ ।”   

धर्मशालाको उद्घाटन समाजसेवी बलराम महतो तथा श्रीमती सरिता महतोले गर्नुभयो । कार्यक्रममा मधेश प्रदेशसभाका पर्व सदस्य परमेश्वर साह, जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठ लगायतका उपस्थिति थियो ।