• १२ असोज २०८१, शनिबार

जोशीपुरको बजेट ५५ करोड तीन लाख

blog

जोशीपुर गाउँपालिकाको गाउँ सभा अधिवेशन ।

अविनाश चौधरी

धनगढी, असार १० गते । कैलालीको जोशीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि ५५ करोड तीन लाख ११ हजार रुपियाँ बजेट सार्वजनिक गरेको छ । 

आज भएको १२ औँ गाउँ सभा अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष रेखादेवी कठरियाले आगामी आर्थिक वर्षको लागि अनुमानित बजेट प्रस्तुत गर्नुभयो । सो पालिकाको आयतर्फ सङ्घीय वित्तीय समानीकरणबाट प्राप्त हुने रकम ११ करोड ६८ लाख, राजस्व बाँडफाँट रकम नौ करोड ६२ लाख, सशर्त अनुदान (चालु) १७ करोड २५ लाख १० हजार, सशर्त अनुदान (पुँजीगत) नौ करोड ३६ लाख, विशेष अनुदान एक करोड २० लाख रुपियाँ रहने जनाइएको छ । 

यसैगरी, प्रदेश वित्तीय समानीकरणतर्फ एक करोड सात लाख ४६ हजार, राजस्व बाँडफाँट २६ लाख २३ हजार, प्रदेश सशर्त अनुदान एक करोड ३० लाख, सशर्त चालुतर्फ १२ लाख ८५ हजार, सशर्त पुँजीगततर्फ एक करोड ३० लाख, समपूरक अनुदान एक करोड, विशेष अनुदान ४५ लाख रुपियाँ रहने उपाध्यक्ष कठरियाले बताउनुभयो । 

यसैगरी, गाउँपालिकाको आन्तरिक आय एक करोड ६९ लाख ४७ हजार चालु आर्थिक वर्षको बचत एक लाख रुपियाँ रहेको छ । गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नु भएको थियो ।