न्यायिक समितिलाई प्रभावकारी बनाइँदै
सुनसरीको रामधुनी नगरपालिकाले न्यायिक समितिलाई प्रभावकारी बनाउँदै लगेको छ । साझेदारी नेपाल सुनसरीको सहजीकरण भएको सरोकारबालासँग न्यायिक समिति कार्यक्रममा रामधुनी नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समिति संयोजक तारा थापाले समितिलाई प्रभावकारी बनाउँदै लगेको बताउनुभयो ।
नगर प्रहरीलाई खोज तथा उद्धार तालिम
धनगढी उपमहानगरपालिकामा कार्यरत नगर प्रहरीलाई खोज तथा उद्धारसम्बन्धी तालिम दिइएको छ । प्राकृतिक विपत्को बेला खोज तथा उद्धारमा सहयोग गर्न नगर प्रहरीलाई सो तालिम दिइएको हो ।
गण्डकी प्रदेशस्तरीय कबड्डी उपाधि कास्कीलाई
कास्कीले गण्डकी प्रदेशस्तरीय पुरुष कबड्डीको उपाधि जितेको छ । पोखरामा सम्पन्न प्रतियोगितामा तनहुँलाई ४५–३८ अंकले पराजित गर्दै कास्कीले उपाधि जितेको हो ।
अस्ट्रिया र जर्मनीमा अशोक निर्णायक
अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले युरोपमा हुने दुई फरक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुहुने भएको छ ।
नयाँ नीतिमा समाजवादी संस्कृति विकासका कुरा आउनुपर्छ : मन्त्री तामाङ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पुरानो संस्कृति नीतिले काम नगरेर नयाँ नीति ल्याउनुपरेको बताउनुभएको छ।
जसपा नेपालको उपाध्यक्षमा केसीको दाबी
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता राजन केसीले आफू उपाध्यक्षको दाबेदार भएको बताउनुभएको छ । गोरखापत्रसँग संक्षिप्त कुरा गर्नुहुँदै उहाँले सो दावी गर्नुभएको हो ।
नेपालको राजनीतिमा भण्डारीको अविस्मरणीय योगदान
तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीको ७३ औं जन्मजयन्ती शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननेता भण्डारीको जन्मजयन्तीको सन्दर्भमा उहाँले नेपाली सामाजिक, राजनीतिक, आर्थिक क्षेत्रमा गर्नुभएको योगदानका विषयमा सबैले स्मरण गर्ने गरेका छन् ।
रोलर मेसिनमा आगलागी
पोखरा महानगरपालिका –८, प्रतिभा मार्गमा पार्किङ गरी राखेको जेसेबीमा आगलागी भएको छ । हिजो राति जेसिवीमा आगलागी भएको वडा प्रहरी कार्यालय वैदामले जनाएको छ ।
पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध
भारी वर्षा भएपछि ठाउँ–ठाउँमा गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । पहिरोले कालीकोट र दैलेखको सीमानामा पर्ने दहीखोला, कालिखोलामा पहिरो जाँदा कालीकोट–दैलेख सडक खण्ड अवरुद्ध भएको हो ।
अधिकांश क्षेत्र जलमग्न, पूर्व–पश्चिम राजमार्गमा बाढी
शुक्रबार बिहान भएको भारी वर्षापछि सर्लाहीको अधिकांश क्षेत्र जलमग्न भएको छ । बिहान २ बजेदेखि ९ बजेसम्म लगातार परेको पानीपछि दर्जनौँ बस्ती डुबानमा परेका छन् । पानीको निकास नदिई सडक निर्माण गरिँदा अधिकांश ठाउँमा डुबानको समस्या देखिएको हो ।
समाजवादको आधार तयार पार्न सरकार लागेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्ति र परिवर्तनका उपलब्धीहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको बताउनुभएको छ ।
तिलगङ्गा विश्वविद्यालय विधेयक संसदमा
आँखा स्वास्थ्य विधामा उच्च शिक्षा प्रदान गर्न तथा आँखा उपचारमा पहुँच विस्तार गर्न नेत्र विश्वविद्यालय स्थापना हुने भएको छ । तिलगङ्गा नेत्र विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसद्को राष्ट्रिय सभामा हालै पेस भएको छ । आँखा स्वास्थ्य विज्ञान स्कुल स्थापना गर्ने, आफ्नै आँखा अस्पताल स्थापना गर्ने तथा आँखा स्वास्थ्यसम्बन्धी वस्तु उत्पादन र बिक्रीवितरण गर्नका लागि आवश्यकता अनुसार उत्पादन तथा बिक्री केन्द्र स्थापना गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना हुन लागेको हो । यस विश्वविद्यालयको कुनै पनि नियमित आर्थिक दायित्व नेपाल सरकारलाई पर्ने छैन ।
सङक्रमणकालीन न्याय टुङ्गो लगाउन कार्यदल गठन गर्ने निर्णय
संसद्मा विचाराधीन सङक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई अन्तिम रूप दिन प्रमुख दलहरूले कार्यदल गठन गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको तीन दलका नेताको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप अयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक टुङ्गो लगाउन कार्यदल गठन गर्ने सहमति गरेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र दोस्रो तहका अन्य नेता हुनुहुन्थ्यो ।
सङ्घीय कर्मचारीको दरबन्दी घटाइँदै
सरकारले ठुलो सङ्ख्यामा कर्मचारीको दरबन्दी घटाउँदै सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्ने कार्यलाई तीव्रता दिएको छ । सरकारले अहिलेसम्म १२ वटा सङ्घीय कार्यालयका कर्मचारीको दरबन्दी घटाउँदै सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) सम्पन्न गरेको छ । सङ्घीय कार्यालयमा कर्मचारीको दरबन्दी कम गर्ने उद्देश्यले मन्त्रालय, विभाग, आयोग, कार्यालयलगायतका सङ्घीय कार्यालयमा कर्मचारीको दरबन्दी घटाउँदै १२ वटा कार्यालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गरेको हो ।
विदेशमा रहेका नेपालीको हकहितमा विशेष ध्यान दिनुहोस् : परराष्ट्रमन्त्री श्रेष्ठ
उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली राजदूतलाई विदेशमा रहेका नेपालीको हकहित र सुरक्षामा विशेष ध्यान दिन निर्देशन गर्नुभएको छ।
महिलालाई सिपमुलक तालिम आवश्यक
महिलालाई सक्षम बनाउन सिपमुलक र आयमुलक तालिम आवश्यक रहेको तानसेन नगरपालिका ११ का महिलाले बताउनुभएको छ । वडाले आयोजना गरेको महिला सशक्तीकरण तालिमको समापन समारोहमा उहाँहरुले यस्तो बताउनुभएको हो ।
ट्याक्टर दुर्घटनामा बालकको मृत्यु
गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । रेसुङ्गा नगरपालिका वडा ४, रायढुङ्गास्थित तम्घास सिमलटारी सडक खण्डमा छल्दीबाट तम्घासतर्फ आउँदै गरेको ट्याक्टर आज दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
इनारमा डुबेर बालिकाको मृत्यु
कपिलबस्तुको महाराजगञ्ज नगरपालिका वडा १ पल्टामा इनारमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाराजगञ्ज नगरपालिका १ पल्टाका रामदास कुर्मीकी सात वर्षीया छोरी अनिता कुर्मीको इनारमा डुबेर मृत्यु भएको हो ।
निःशुल्क सेवाको सूचना स्पष्ट टाँस्न स्वास्थ्य संस्थालाई निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःशुल्क स्वास्थ्य सेवाको सूचना स्पष्ट र सजिलै बुझ्ने गरी टाँस्न सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।
मानव-वन्यजन्तु द्वन्द्व हटाउन छलफल
बर्दिया राष्ट्रिय निकुञ्जलगायत मध्यवर्ती क्षेत्रमा हुने मानव-वन्यजन्तुबिचको द्वन्द्व हटाउन वन्यजन्तु विज्ञहरूसँग छलफल गरिएको छ ।
कर्णाली प्रदेश सभा बैठक अनिश्चित
कर्णाली प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटमाथि आपत्ति जनाएपछि सदन नियमित हुन सकेको छैन ।
सडकबिचको पोल हटाउन सुरु
ढलान भएको सदरमुकाम सिमकोटको सडकबिचमा गाडिएको बिधुतका पोलहरू हटाउने काम सुरु भएको छ । बजारको सौन्दर्यकरणमा बाधा पुगेको र यातायातका साधन सञ्चालनमा समस्या भएपछि सिमकोट गाउँपालिकाको अगुवाइमा पोलहरू हटाउन थालिएको हो ।
छाराको बजेट ६० करोड
जिल्लाको एकमात्र छायाँनाथ रारा नगरपालिकाले बुधबार भएको १५ औँ नगर सभामा नगर उपप्रमुख ऐश्वर्य मल्ल शाहीले आर्थिक वर्ष २०८१–८२ का लागि ६० करोड २६ लाख ७१ हजार नौंसय २९ रुपियाँको बजेट प्रस्तुत गर्नुभयो ।
बाढी, पहिरो र चट्याङबाट १८ जनाको मृत्यु
देशका विभिन्न स्थानमा गएको बाढी, पहिरो, चट्याङसहितको प्राकृतिक विपत्बाट बुधबार १८ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । यो वर्षको मनसुन देशव्यापी रूपमा सव्रिmय भएसँगै प्राकृतिक विपत्बाट जनधनको क्षति हुन थालेको हो । पहिरोमा परेर ओखलढुङ्गामा एक, लमजुङका दुई स्थानमा गएको पहिरोमा परेर पाँच र कास्कीका दुई स्थानमा गएको पहिरोमा परेर दुई गरी आठ जनाको मृत्यु भएको प्राधिकरणका सूचना विश्लेषक रञ्जना श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै बाढीले बगाउँदा मोरङमा एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर झापामा दुई, सु