• १७ असार २०८१, सोमबार

गण्डकी प्रदेशस्तरीय कबड्डी उपाधि कास्कीलाई

blog

सन्तोष सुवेदी

कास्की, असार १४ गते । कास्कीले गण्डकी प्रदेशस्तरीय पुरुष कबड्डीको उपाधि जितेको छ । पोखरामा सम्पन्न प्रतियोगितामा तनहुँलाई ४५–३८ अङ्कले पराजित गर्दै कास्कीले उपाधि जितेको हो । 

उपाधि विजेता कास्कीले नगद ५० हजार रुपियाँसहित, ट्रफी, पदक तथा प्रमाणपत्र प्राप्त गर्दा तनहुँले नगद ४० हजारसहित ट्रफी,पदक तथा प्रमाणपत्र हात पारेको छ । प्रतियोगितामा सेमीफाइनलमा तनहुँले बाग्लुङलाई ४५–४३ को झिनो अङ्कको जित हात पार्दै फाइनल प्रवेश गर्दा कास्कीले म्याग्दीलाई ४१–२८ ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

प्रतियोगितामा तृतीय हुने दुई टिम म्याग्दी र बाग्लुङले समान नगद ३०–३० हजारसहित ट्रफी, पदक तथा प्रमाणपत्र प्राप्त गरेका छन् । विजेता खेलाडी तथा टिमलाई प्रदेश खेलकुद परिषद गण्डकीका महाशाखा प्रमुख रामप्रसाद आचार्य, प्रदेश कबड्डी सङ्घका अध्यक्ष पवनकुमार प्रजापती, पोखरा उद्योग वाणिज्य सङ्घको वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, कबड्डी सङ्घका केन्द्रीय सदस्य बिन्दु थापा, निराजन श्रेष्ठ, गण्डकी कबड्डी सङ्घका सचिब हरि जिसीलगायतले नगद, पदक तथा प्रमाणपत्र वितरण गर्नुभयो ।