• ६ असार २०८२, शुक्रबार

कैलालीमा सुत्केरी मृत फेला, शिशु सकुशल

blog

कैलालीको गोरीगङ्गा नगरपालिकामा महिला मृत फेला परेको स्थान । तस्बिर : निराजन परियार

निराजन परियार
चौमाला (कैलाली), असार ६ गते ।
कैलालीको गोरीगङ्गा नगरपालिकामा एक सुत्केरी मृत अवस्थामा फेला परेकी छन् ।

जिल्लाको गौरीगङ्गा नगरपालिका–७ को कैलाशपुरमा शुुक्रबार बिहान सोही ठाउँ बस्ने १९ वर्षीय तुलसी नाथ घर नजिकै फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले नाथ मृत भेटिएको बताउँदै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले इलाका प्रहरी कार्यालय मालाखेतीको टोली घटनास्थल पुगेको बताउनुभयो ।

घटनास्थल पुगेका इप्रका मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले मृत भेटिनुभएको नाथ सुत्केरी अवस्थाको भएको खुुलेको बताउनुभयो ।

घरको मूल गेट अगाडिको नालामा मृत भेटिएकाले अहिले घटनास्थल सिल गरेर अनुसन्धान अघि बढाइएको जनाइएको छ । मृतक नाथको १६ दिनको नवजात शिशु भने सामान्य अवस्थामै भेटिएका छन् । मृत्युु कसरी भएको हो भन्नेबारे अहिले नै भन्न सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ ।