• १७ असार २०८१, सोमबार

पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध

blog

दहीखोलामा रोकिएका यातायातका साधन । तस्विरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, असार १४ गते । भारी वर्षा भएपछि ठाउँ–ठाउँमा गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । पहिरोले कालीकोट र दैलेखको सीमानामा पर्ने दहीखोला, कालिखोलामा पहिरो जाँदा कालीकोट–दैलेख सडक खण्ड अवरुद्ध भएको हो ।

कालीकोट र दैलेख खण्ड अवरुद्ध हुँदा कर्णाली राजमार्ग भएर आवत–जावत गर्ने सवारीसाधन शुक्रबार बिहानैदेखि ठप्प भएका छन । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख अर्जुन केसीले दहीखोला र कालिखोलाको बिचमा बाहेक दैलेख खण्डका पनि बिभिन्न ठाउँमा पहिरो जादा सुर्खेत नेपालगन्जवाट कालीकोट जुम्लाका लागि हिडेका यातायातका साधन र यात्रु अलपत्र परेको बताउनुभयो ।  

पहिरो हटाउन स्काभेटर प्रयोग गरिसकिएको उहाँको भनाइ छ । दैलेख खण्डको पहिरो हटाउन जिल्ला प्रहरी कार्यालय दैलेख पनि लागिपरेको प्रहरी प्रमुख केसीले जानकारी दिनुभयो ।