• २ असार २०८२, सोमबार

इजिप्टका राष्ट्रपतिद्वारा इजरायली आक्रमण अन्त्य गर्न आग्रह

blog

सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

इजिप्ट, असार २ गते । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले इजरायली सैन्य कारबाही रोक्न आग्रह गर्नुभएको छ । इजिप्टका राष्ट्रपतिले आफ्ना साइप्रस समकक्षी निकोस क्रिस्टोडौलिड्ससँगको फोन वार्तामा उक्त टिप्पणी गर्नुभएको हो ।

निरन्तर तनावले यस क्षेत्रका सबै जनतालाई गम्भीर र भयानक हानि पुर्‍याउने उहाँले बताउनुभयो । इजिप्टका नेताले यस क्षेत्रमा सुरक्षा र स्थिरता सुनिश्चित गर्न शान्तिपूर्ण समाधान एकमात्र व्यवहार्य माध्यम रहेकोमा जोड दिनुभयो ।

अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवारीपूर्वक कार्य गर्न बाध्य पार्न थप सक्रिय भूमिका खेल्न आह्वान गर्नुभयो । सिसीले ओमानको मध्यस्थतामा अमेरिका–इरानी आणविक वार्ता पुनः सुरु गर्ने तत्काल आवश्यकतालाई पनि दोहोर्‍याउनुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल