• ३ असार २०८२, मङ्गलबार

मलेसिया पठाउने भन्दै ठगी गर्ने एक महिला पक्राउ

blog

काठमाडौँ, असार २ गते । बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुक्काएर ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । सर्लाही बरहथवा नपा १ स्थायी घर भई हाल काठमाडौँ १५ बस्ने ३४ वर्षीया रुपी मायाँलाई प्रहरीले पक्राउ गरेको छ । 

मलेसिया पठाइ दिने भन्दै ६ जनाबाट पाँच लाख सन्ताउन लाख रुपियाँ ठगी गरेपछि उनलाई पक्राउ गरी कारबाही अघि बढाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिनुभयो । उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको छ ।