• १७ असार २०८१, सोमबार

नगर प्रहरीलाई खोज तथा उद्धार तालिम

blog

तालिममा सहभागी नगर प्रहरी ।

अविनाश चौधरी

धनगढी, असार १४ गते । धनगढी उपमहानगरपालिकामा कार्यरत नगर प्रहरीलाई खोज तथा उद्धारसम्बन्धी तालिम दिइएको छ । प्राकृतिक विपत्को बेला खोज तथा उद्धारमा सहयोग गर्न नगर प्रहरीलाई सो तालिम दिइएको हो ।

सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीको टोलीले नगर प्रहरीलाई तालिम दिइरहेको छ । विपत्को समयमा नगरवासीलाई सहयोग गर्न नगर प्रहरीलाई खोज तथा उद्धारसम्बन्धी तालिम दिइरहेको वडा ३ का अध्यक्ष राजबहादुर ऐरले बताउनुभयो । 

वर्षातको सिजनमा धनगढी उपमहानगरपालिकाको विभिन्न वडामा डुबान हुने गरेको छ । तालिम लिएपछि नगर प्रहरीलाई विपत्का बेला काम गर्न सहज हुने प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले बताउनुभयो । 

एक दिनसम्म सैद्धान्तिक कुरा सिकाएर बाँकी तीन दिन नगर प्रहरीलाई नदीको पानीमा तालिम दिइने जनाइएको छ ।