• १६ असार २०८१, आइतबार

रोलर मेसिनमा आगलागी

blog

फडिन्द्र अधिकारी

लेखनाथ, असार १४ गते । पोखरा महानगरपालिका –८, प्रतिभा मार्गमा पार्किङ गरी राखेको जेसेबीमा आगलागी भएको छ । हिजो राति जेसिबीमा आगलागी भएको वडा प्रहरी कार्यालय वैदामले जनाएको छ ।

पोखरा महानगरपालिका वडा ८ जनप्रिय स्कुल पछाडि प्रतिभा मार्गस्थित प्रतिभा मार्ग सडक निर्माणका लागि पार्किङ गरी राखेको सिम्रन कन्स्ट्रक्सन प्रा.लि. महतगौडाको जेसिबी रोलर मेसिनमा आगलागी भएको प्रहरीको भनाइ छ । 

आगलागी भएको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली खटिइ गई स्थानीय व्यक्ति, नेपाल प्रहरी र दमकलको सहयोगमा राति नै १ः३५ बजे आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगोलागीबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।