सहमतिबाटै नेतृत्व चयन हुन्छ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वसम्मत नेतृत्व चयन हुने बताउनुभएको छ ।
निर्वाचन आयुक्तमा सिफारिस प्रधानको सुनुवाइ शुक्रबार
संवैधानिक परिषद्ले निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको अधिवक्ता कृष्णमान प्रधानको शुक्रबार विहान संसदीय सुनुवाई हुनेभएको छ ।
बेमौसममा पनि सौराहामा पर्यटकीय चहलपहल
चितवन निकुञ्ज आसपासका क्षेत्र बर्सातको तीन महिना ‘अफ सिजन’ मानिन्छ तर यस वर्ष भने बर्सातको समय ‘अफ सिजन’ नभएको पर्यटन व्यवसायीले जानकारी दिएका छन् । जङ्गल सफारीका लागि परिचित चितवन राष्ट्रिय निकुञ्जमा यही असार १६ देखि जिप सफारीका लागि जङ्गल प्रवेशमा रोक लगाइएको छ । निकुञ्जभित्र प्रवेश रोक लगाए पनि मध्यवर्ती क्षेत्रमा भने पर्यटकको गतिविधि रोकिएको छैन ।
सडकको खाल्डोमा पानी भरिँदा दुर्घटना
पठाओ चालक विकल शाक्यको मोटरसाइकल नयाँबजारस्थित सोह्रखुट्टे–बालाजु सडकखण्डमा पानीले भरिएको खाल्डोमा दुर्घटना भयो । बुधबार बिहान खाल्डोमा खसेको मोटरसाइकलमा यात्रुसहित दुई जना हुनुहुन्थ्यो । मानवीय क्षति नभए पनि मोटरसाइकल र मोबाइलमा भने क्षति भयो ।
महाधिवेशनमा प्रस्तुत दस्तावेज अनुमोदन
नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिएका विभिन्न दस्तावेज अनुमोदन गरिएको छ । महाधिवेशन प्रतिनिधिद्वारा राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजलाई सुझावसहित अनुमोदन गरिएको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।
डाइभर्सन नबन्दा सवारी सञ्चालनमा समस्या
दाङको घोराही–तुलसीपुर सडकखण्डको सेवार खोलामा डाइभर्सन निर्माण नहुँदा सवारी सञ्चालनमा समस्या भएको छ । पुल निर्माणका क्रममा सेवार खोलाको पिच सडक भत्काइए पनि डाइभर्सन नबनाउँदा बर्षादको समयमा सवारी सञ्चालनमा समस्या देखिएको हो ।
नमुना सदरमुकामका तीनवटा भवनका लागि टेण्डर भएर सम्झौतको चरणमा
नवलपुरको कावासोतीमा बन्न लागेको नमुना सदरमुकामका लागि पहिलो चरणमा तीन वटा भवन निर्माणका लागि टेण्डर भएर सम्झौताको चरणमा पुगेको छ।
विपद्जन्य घटनाबाट झापामा एक वर्षमा १५ जनाको मृत्यु, १३ करोड बढी क्षति
विपद्जन्य घटनाबाट झापामा १५ जनाको मृत्यु भएको छ भने १३ करोडभन्दा बढीको क्षति भएको छ ।
धनगढी क्याम्पस रोड क्षेत्रमा डुबान
कैलालीको धनगढी उपमहानगरपालिकाको विभिन्न क्षेत्रमा डुबान भएको छ।
रास्वपा केन्द्रीय समितिमा महामन्त्रीको प्रतिवेदन पेस
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठकमा महामन्त्री मुकुल ढकालको राजनीतिक प्रतिवेदन पेस भएको छ।
कटैनीको बाढीले सात घर डुबानमा
कैलालीको कैलारी गाउँपालिका–७ स्थित छटकपुर बसन्ता डुबानमा परेको छ । कटैनी नदीमा आएको बाढीले सो गाउँमा डुबान भएको हो ।
सिँचाइ सुविधा नहुँदा रोपाइँमा ढिलाइ
असार महिना आधा बितिसक्दा दाङमा १३ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ । सिँचाइ सुविधाको कमीसँगै यस बर्ष ढिला गरेर बर्षा हुँदा रोपाइमा ढिलाइ भएको हो ।
बेनी–जोमसोम सडकको बैसरीमा पहिरोले भ्यान पुरियो
राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम सडक अन्तर्गत बैंसरीमा सडकमाथिबाट खसेको पहिरोले सवारीसधान पुरिएको छ ।
डुबेर किशोरीको मृत्यु
बर्दीबास –८ हात्तीलेटस्थित खोल्सीको दहमा डुवेर एक किशोरीको मृत्यु भएको छ । गाउँको उत्तरमा पर्ने माई खोल्सीमा नुहाउन गएका बेला सोही वडाको पासवान टोलकी १९ वर्षिया जानकीकुमारी पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तस्बिरमा गिरिजाप्रसाद
सत्ता समीकरण परिवर्तनको राजनीतिक वातावरणको तापक्रम बढेको बेला मनसुने झरीले मङ्गलबार दिनभर नै राजधानीको चिसो बनायो । समीकरण परिवर्तनको मुख्य घटक नेपाली कांग्रेसले आयोजना गरेको अर्को कार्यक्रमले भने राजनीतिक मिलनको वातावरण बनायो । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको उपलक्ष्यमा नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा विद्यमान र नयाँ राजनीतिक समीकरण दुवैका नेता हार्दिकतासाथ सहभागी हुनुभयो । ‘क्रान्तिदेखि शान्तिसम्म’ शीर्षकको ऐतिहसिक फोटो प्रदर्शनीमा प्रधानमन्त्रीसहित सत्ता पक्ष र प्रतिपक्षका नेताहरूलाई सहभागी हुनुभयो ।
सावधानी अपनाए डिजिटल हिंसा कम हुने
महिला पत्रकारले सामाजिक सञ्जाल र नयाँ प्रविधिको प्रयोग गर्दा सावधानी अपनाएमा डिजिटल हिंसा कम हुन सक्ने सरोकारवाला निकायका वक्ताले औँल्याउनुभएको छ । सञ्चारिका समूहको आयोजना तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहयोगमा मङ्गलबार ललितपुरमा आयोजना गरेको सामाजिक सञ्जालमा महिला पत्रकारमाथि हुने हिंसा र यसको न्यूनीकरण विषयक कार्यशालामा बोल्दै नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालबाट हुने हिंसा कम गर्न पत्रकार महिलाले अन्य विषयभन्दा समाचारमूलक विषयवस्तुलाई प्राथमिकताका साथ प्रस्तुत गर्नुपर्ने बताउनुभयो ।
गृहमन्त्रीविरुद्धको रिट हेर्दाहेर्दैमा
सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दीनमणि पोखरेलविरुद्धको रिटलाई हेर्दाहेर्दैमा राखेको छ । गृहमन्त्री लामिछानेविरुद्ध कुनै पनि निकायमा उजुरी/जाहेरी तथा अनुसन्धान र अभियोजन नरहेको जानकारीपत्र बदरको मागसहितको रिटलाई अदालतले हेर्दाहेर्दैमा राखेको हो ।
सुन तस्करी प्रकरण : ५८ जनाविरुद्ध मुद्दा
स्कुटरको ब्रेक सु र अन्य विद्युतीय सामग्रीभित्र लुकाएर नेपाल ल्याइएको झन्डै तीन हजार दुई सय केजी सुन तस्करीका आरोपितविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले ५८ जनालाई प्रतिवादी बनाउँदै काठमाडौँ जिल्ला अदालतमा अर्को मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएका मध्ये ३५ जना नेपाली, १५ चिनियाँ र आठ भारतीय नागरिक रहेका छन् । गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ब्रेक सुभित्र लुकाएर ल्याइएको अवस्थामा बरामद भएको तस्करीको ६० केजी सुनबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दोस्रो चरणको अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाएको थियो ।
बाढीले छलगाड खोलाको किनारमा फसेको बस
भेरी कोरिडोर सडक आयोजनाअन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलगाडस्थित भेरी नदी र छलगाड खोलाको दोभान किनारमा वर्षापछि आएको बाढीका कारण फसेको रात्रिकालीन यात्रुवाहक बस ।
पोखरा महानगरमा अख्तियारको छापा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार पोखरा महानगरपालिका कार्यालयमा छापा मारेको छ । मणिपाल शिक्षण अस्पताललाई कानुन विपरीत राजस्व छुट दिइएको उजुरीपछि अख्तियार पोखरा कार्यालय छापा मारेको हो ।
मार्तडी-कोल्टी सडक अवरुद्ध
सडक अवरुद्ध हुँदा मार्तडी–कोल्टी सडकमा चल्ने जिप तथा मालवाहक सवारी साधान ठप्प भएका छन् भने मानिस आवतजावतमा समेत समस्या भएको छ ।
सुन तस्करी दोस्रो अनुसन्धान, डमी कम्पनीबाट सुन तस्करी
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० केजी सुन तस्करीबारे दोस्रो चरणको अनुसन्धान पूरा गरेको छ । गत साउन २ गते विमानस्थलबाट राजस्व अनुसन्धान विभागले ब्रेक सुभित्र लुकाएर ल्याएको अवस्थामा ६० केजी सुन बरामद गरेको थियो । सिआइबीले पहिलो चरणको अनुसन्धान गत भदौ ५ गते पूरा गरेको थियो । सोही प्रकरणमा गत वैशाख २१ गते भारतीय नागरिक सिद्धार्थ भन्ने सिद्धनाथ अशोक गायकवाडलाई पक्राउ गरी सिआइबीले दोस्रो चरणको अनुसन्धान सुरु गरेको थियो ।
चोरी सिकारका कारण मासिँदै डाँफे
नौरङ्गी डाँफे नेपालको राष्ट्रिय पन्छी हो तर पछिल्लो समय अत्यधिक सिकारका कारण डाँफे सङ्कटमा परेको छ । डाँफेलाई नेपालको राष्ट्रिय पन्छीका रूपमा विसं २०१९ को संविधानमा पहिलो पटक उल्लेख गरिएको हो । नेपालको संविधान २०१९ को धारा ६ (२) मा नेपालको राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ सिम्रिक, राष्ट्रिय जनावर गाई र राष्ट्रिय पन्छी डाँफे भनेर उल्लेख गरिएको थियो । राष्ट्रिय चिह्नहरू छनोट गर्ने सिलसिला भने संविधान निर्माण गर्नुअघि सुरु भएको थियो । तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन सुरु गरेसँगै नयाँ संविधान बनाउँदा नेपालको राष्ट्रिय फूल, जनावर, रङ र राष्ट्रिय पन्छी तोक्न बालकृष्ण समलाई संयोजक तोकिएको थियो ।
धनकुटाको विकासका लागि संघीय बजेट
संघीय सरकारले धनकुटामा आगामी आर्थिक बर्ष २०८१–८२ का लागि करिब ८ अर्ब बजेट विनियोजन गरेको छ ।