• २३ असार २०८१, आइतबार

निर्वाचन आयुक्तमा सिफारिस प्रधानको सुनुवाइ शुक्रबार

blog

अधिवक्ता कृष्णमान प्रधान ।

गोरखापत्र अनलाइन

काठमाडौं, असार २० गते । संवैधानिक परिषद्ले निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको अधिवक्ता कृष्णमान प्रधानको शुक्रबार बिहान संसदीय सुनुवाइ हुनेभएको छ ।  

संसदको संसदीय सुनुवाइ समितिले शुक्रबार ११ बजे प्रधानको सुनुवाइ गर्ने भएको हो । बिहीबार बिहान समितिले उजुरीकर्तासँग सुनुवाइ गरेको छ । नेपाल कानुन समाजका कार्यकारी निर्देशकसमेत रहनुभएका प्रधानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा भएको परिषद्ले सो पदका लागि सिफारिस गरेको थियो ।

संवैधानिक परिषदमा प्रधानमन्त्रीसहित प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपसभामुख इन्दिरा राना सदस्य रहनुभएको छ । परिषद्ले सर्वसम्मत रुपमा प्रधानको नाम आयुक्तका लागि सिफारिस गरेको थियो । 

प्रधान नुवाकोटको तारकेश्वर गाउँपालिकामा वि.सं. २०२४ भदाै ११ गते जन्मनुभएको थियो । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर तथा कानुन व्यवस्थापनमा स्नातक गर्नुभएका प्रधानले आफ्नो नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन हुनेमा विश्वास व्यक्त गर्नुभयो ।