घरभित्र पसेको बाढीमा डुबेर शिशुको मृत्यु, युवक बेपत्ता
कञ्चनपुरमा घरभित्र बाढी पस्दा डुबेर शिशुको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–१ पहरियामा आइतबार घरभित्र पसेको बाढीमा डुबेर सात महिनाका सोनु धानुकको मृत्यु भएको हो ।
मानव अधिकार संरक्षणमा एम्नेष्टीको चर्चा
एम्नेष्टी इन्टरनेशनल नेपाल समूह १२ बुटवलको ३५ औँ साधारण सभामा सो संस्थाको योगदानको चर्चा गरिएको छ ।
कर्णाली करिडोरको यातायात अवरुद्ध
जिल्लाभर कर्णाली करिडोर आन्तरिक यातायात सेवा अवरुद्ध भएको छ । बिहीबार बेलुकाबाट लगातार वर्षा भइरहेकाले ठाउँ–ठाउँमा गएको पहिराका कारण यातायात सेवा बन्द भएको हो ।
डुडुवा नदीको बाढीमा युवक बेपत्ता
बाँकेको डुडुवा नदीमा आएको बाढीमा डुबेर बेपत्ता भएका नेपालगन्ज २० का एक पुरूषको खोजी कार्यलाई तिव्र पारिएको सशस्त्र प्रहरी वल ३० नम्बर गण हेडक्वाटर बाँकेलेजनाएको छ ।
एक अर्बको लगानीमा चितवनको लङ्कालाइनमा ‘रिसोर्ट’ सञ्चालन
कालिका नगरपालिका–१ स्थित लङ्कालाइनमा रु एक अर्बभन्दा माथिको लगानीमा ‘रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ । हिमाल, पहाड र तराइको रहनसहनअनुसारका परिकार पस्किने र संस्कृतिलाई जीवन्त झल्काउने गरी पर्यटन व्यवसायी लाक्पा ढुण्डुप लामाका अगुवाइमा हालै रिसोर्ट सञ्चालनमा आएको हो ।
के–पप वर्ल्ड फेस्टिभलमा प्रस्तुति
दक्षिण कोरियामा आयोजना हुने के–पप वल्र्ड फेस्टिभलका लागि नेपाली कलाकारले शनिबार प्रस्तुति दिएका छन् । अनलाइनमार्फत पहिलो चरणको छनोट प्रव्रिmयाका लागि ३० भन्दा बढीले भाग लिएका थिए ।
आइपिओ निष्कासन गर्दै रिलायन्स स्पिनिङ
रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । यही असार २७ गतेदेखि बुक बिल्डिङ विधिबाट प्रतिकित्ता ८२० रुपियाँ ८० पैसामा ११ लाख ५५ हजार ९६० कित्ता सेयर निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।
भ्रष्टाचार मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सुर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मेघालयमा चार नेपालीको हत्या
रोजगारीका लागि भारतको मेघालय पुगेका चार जना नेपालीको घाँटी रेटेर बीभत्स हत्या भएको छ । मृतकमध्ये हालसम्म एक जनाको
डिनदेखि सहायक क्याम्पस प्रमुखसम्म खुला प्रतिस्पर्धाबाट
त्रिभुवन विश्वविद्यालयका विभिन्न सङ्काय तथा अध्ययन संस्थानका डिनदेखि सहायक क्याम्पस प्रमुखसमेत अबदेखि खुला प्रतिस्पर्धाबाट नियुक्त हुने भएका छन् । आफू अन्तर्गतका निकायमा विभिन्न पदमा नियुक्त हुने व्यक्तिका विश्वविद्यालयले पहिलो पटक मापदण्ड निर्धारण गरेको छ ।
कर्णाली नदीको बाढी सतह उक्ल्यो १० मिटर १ सेन्टिमिटर
कर्णाली नदीमा बाढीको सतह १० मिटरमाथि उक्लेको छ । आइतबार साँझ ६ः५० बजे १० मिटर १ सेन्टिमिटर पुगेको छ । कर्णाली नदीमा १० मिटरलाई शतर्कताको तह र १० मिटर ८० सेन्टिमिटरलाई खतराको तह मानिन्छ ।
दुधखोला र मर्स्याङ्दीको कटानले थोँचे धरापमा
लगातारको वर्षाले गर्दा मनाङको नासो गाउँपालिका-५ थोँचे कटानको गर्दा धरापमा पर्दै गएको छ।
बाढी र पहिरोले ४८ जनाको मृत्यु, ५४ जना घाइते
अविरल वर्षाका कारण आएको बाढी पहिराेलगायतका विपदमा परी हालसम्म ४८ जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिराेमा परी आज दिउँसोसम्म ४८ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
सप्तकोसी नदीमा बहाव बढ्यो, चार लाख क्युसेक नजिक
सप्तकोसी नदीमा पानीको बहाव अत्यधिक बढेको छ । अहिले ४ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख ९३ हजार ७१५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको छ ।
पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएपछि काउरेवासी शोकमा
तनहुँको शुक्लागण्डकी-७ काउरेमा पहिरोले घर पुरिएर तीन जनाको मृत्यु भएपछि पुरै गाउँ शोकमा डुबेको छ।
साढे २८ हजार बिरुवा वितरण
डिभिजन वन कार्यालय स्याङ्जाले २८ हजार ६१० फलफूलका बिरुवा वितरण गरेको छ ।
विपद् जोखिम बढ्यो, एक महिनामा ६२ को मृत्यु
मनसुन सुरु भएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु, चार जना बेपत्ता र ९० जना घाइते भएका छन् ।
उत्कृष्ट कृषक सम्मानित
कृषि ज्ञान केन्द्र नवलपुरले जिल्लाका उत्कृष्ट चार जना कृषकलाई सम्मान गरेको छ । कृषि क्षेत्रका योगदान गरेका किसानलाई मूल्याङ्कनका आधारमा छनोट गरी सम्मानित गरिएको हो ।
घाँस काट्न गएकी महिला मृत फेला
डोटीमा घाँस काट्न गएकी महिला मृत अवस्थामा फेला पर्नुभएको छ । जिल्लाको दिपायल सिलढी नगरपालिका –७ पाकरीकन ४८ वर्षीया चन्द्रा विष्ट मृत अवस्थान गाउँनजिकको जङ्गलमा फेला पर्नुभएको हो ।
पहिरोमा बेपत्ताको शव फेला
अविरल वर्षासँगै आएको पहिरोमा परी बेपत्ता दुई जनाको शव फेला परेको छ । शनिबार दिउँसो ३ बजे पहिरोमा बेपत्ता भिरकाट ५ ज्यामिरेका ७३ वर्षीया खेम कुमारी मल्ल आइतबार दिउँसो मृत अवस्था मेटिनुभएको हो ।
पहिरोको जोखिममा परेका १९ परिवारलाई स्थानान्तरण
लगातारको वर्षाका कारण जिल्लाका चौरपाटी गाउँपालिका र मङ्गलसेन नगरपालिकाका बस्ती जोखिममा परेपछि १९ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
‘वर्षातमा खानेपानी तथा सरसफाइमा ध्यान दिऊँ’
विपद्को समयमा खानेपानी तथा सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।
कक्षा कोठामा पानीको भल पसेपछि पठनपाठनमा समस्या
सिमकोट गाउँपालिका– ५ को बालमन्दिर माध्यमिक विद्यालयको कक्षा कोठामा पानीको भल पसेपछि पठनपाठनमा समस्या भएको छ । विगत चार दिनदेखि लगातार परेको अविरल वर्षाका कारण विद्यालयका चार वटा कक्षा कोठामा भल पसेपछि पठनपाठनमा समस्या भएको हो ।
दलहरु विपद् जोखिम न्यूनीकरणमा केन्द्रित हुनुपर्छ : नेता महर
नेपाली कांग्रेसका नेता नैनसिंह महरले जनताका समस्याप्रति संवेदनशील बन्न संसद् र सरकारलाई आग्रह गर्नुभएको छ ।