• २० असोज २०८१, आइतबार

आइपिओ निष्कासन गर्दै रिलायन्स स्पिनिङ

blog

काठमाडौँ, असार २४ गते । रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । यही असार २७ गतेदेखि बुक बिल्डिङ विधिबाट प्रतिकित्ता ८२० रुपियाँ ८० पैसामा ११ लाख ५५ हजार ९६० कित्ता सेयर निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ । 

बुक बिल्डिङ विधिको मापदण्ड अनुसार न्यूनतम ५० कित्ताका लागि प्रत्येक आवेदकले कम्तीमा ४१ हजार ४० रुपियाँको आवेदन गर्नुपर्ने हुन्छ । यस अनुसार २३ हजार ११९ जनाले मात्र यो सेयर पाउने सक्ने छन् । साउन १० गतेभित्र धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त बैङ्क तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय र मेरो सेयरमार्पmत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

औद्योगिक घराना गोल्यान ग्रुप र एमएस ग्रुपको संयुक्त लगानीमा स्थापित उत्पादकमूलक ठुलो उद्योगका रूपमा रिलायन्सले २०५४ सालदेखि उत्पादन थालेको हो । सो उद्योगले कटन, एव्रmेलिक्स, पोलिस्टर अल्लोलगायतका कच्चापदार्थ खरिद गरी विभिन्न प्रकृतिका धागो उत्पादन गर्दै आएको छ । उद्योगले वार्षिक करिब ४८ हजार ९६० मेट्रिक टन धागो उत्पादन गर्ने गर्छ । देशभित्र खपत हुने उनी धागोको ८० प्रतिशत हिस्सा रिलायन्सकै रहेको दाबी कम्पनीको छ । उत्पादित धागोको करिब ७० देखि ७५ प्रतिशत भारत, टर्कीलगायतका मुलुकमा निर्यात गर्ने गरेको मिल्सका प्रमुख प्रशासक महेशकुमार पोख्रेलले जानकारी दिनुभयो । पोखरेलका अनुसार आर्थिक वर्ष २०७९÷८० मा मुलुकको कुल निर्यातमध्ये रिलायन्स स्पिनिङ मिल्सको मात्र ४.६१ प्रतिशत योगदान थियो । पोखरेलले उपलब्ध गराएको वित्तीय विवरण अनुसार कम्पनीले आव २०७७÷७८ मा ८९ करोड ५० लाख रुपियाँ र आव २०७९÷८० मा एक अर्ब एक करोड रुपियाँ नाफा भएको थियो । कम्पनीको प्रतिकित्ता सेयर आम्दानी (इपिएस) आव २०७९÷८० मा ५४.३४ रुपियाँ थियो । चालु आवमा भने २.०४ रुपियाँमा झरेको छ । उद्योगमा विद्युत् आपूर्तिमा आएको अवरोधका कारण उत्पादन प्रभावित हुँदा यो वर्षको इपिएस दाबी कम्पनीको छ । एक करोड ९० लाख रुपियाँ चुक्ता पुँजी रहेको सो कम्पनीको अधिकृत पुँजी दुई करोड ६० लाख रुपियाँ छ ।

कोशी प्रदेशको सुनसरी जिल्ला इटहरी–१२, खनारमा २५ बिघा क्षेत्रफलमा रहेको सो उद्योगले आठ युनिटमार्पmत धागो उत्पादन गर्दै आएको छ । तत्कालीन प्रविधिको उपलब्धता र उद्योगको आवश्यकता अनुसार उत्पादन युनिट थप गर्दै लगिएको पोखरेलले बताउनुभयो । उद्योगमा एक हजार ५५० महिलासहित चार हजार जना प्रत्यक्ष रोजगारीमा रहेको र करिब पाँच हजार जनालाई अप्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।