हरित काठमाडौँ
हरियाली सहरको जीवन हो । बढ्दो सहरीकरणको प्रभावले प्रदूषण बढ्दै गइरहेको परिप्रेक्ष्यमा प्रदूषणलाई न्यूनीकरण गरी वातावरण स्वच्छ र सफा राख्नुका साथै हरियालीले सहरलाई सुन्दर बनाउँछ । यसले सहरवासीको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्छ । खुला र स्वच्छ वातावरणको आवश्यकता पूर्ति गर्न हरियाली सौन्दर्यीकरण आजको आवश्यकता हो । हरियालीयुक्त वातावरणको व्यवस्थापनले सहरवासीको शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ भने यसले सहरको सुन्दरतामा समेत योगदान पु¥याउँछ । सहरका सडकमा दायाँबायाँ वृक्षरोपण गरी, अन्य खाली स्थानमा बगैँचा तथा पार्कको निर्माण गरेर हरियाली प्रवर्धन गर्न सकिन्छ । यसले प्रदूषणको मात्रा कम गर्नमा सहयोग पु¥याउँछ ।
स्वदेशी वस्तुको उपयोग, निर्देशिका बनेको दस वर्षपछि कार्यान्वयन हुँदै
कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले निर्माण गरेको सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगसम्बन्धी निर्देशिका तयार गरेको १० वर्षपछि बल्ल कार्यान्वयन हुने भएको छ । मन्त्रालयले २०७१ सालमा सो निर्देशिका तयार गरेको थियो । निर्माण भएको १० वर्षसम्म निर्देशिका कार्यान्वयनमा आउन सकेको थिएन । मन्त्रालयले यस वर्षदेखि उक्त निर्देशिका कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । मन्त्रालयले सरकारी तथा निजी क्षेत्रमा स्वदेशी तथा स्थानीय वस्तुको उपयोग गर्नेबारे सरोकारवाला पक्षहरूको सहभागितामा सचेतना कार्यक्रम सञ्चालन गरी कार्यान्वयनमा ल्याउन आग्रह गरेको
म्यानपावर व्यवसायीसँग निःशुल्क भिसा र टिकटमा पठाएको विवरण माग
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीसँग निःशुल्क भिसा र टिकटमा पठाएका श्रमिकको सम्पर्क नम्बरसहितको विवरण मागेको छ । विभागले सूचना सार्वजनिक गर्दै दर्ता भएर सञ्चालित सबै म्यानपावर कम्पनीसँग यस्तो विवरण माग गरेको हो । विभागका अनुसार म्यानपावरले दिने विवरणमा रोजगारीका लागि जाने श्रमिकको नम्बरसहित उल्लेख गरी १५ दिनभित्र विवरण पठाउन निर्देशनसहितको सूचना सार्वजनिक गरेको छ ।
कांग्रेस–एमाले गठबन्धन : सात दलको समर्थन तीन दल विपक्षमा
नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच सत्ता सहकार्यको सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सत्ता गठबन्धनमा सहभागी दलले पनि नयाँ समीकरणलाई नै समर्थन गर्ने तयारी गरेका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेका हुन् । डा. चन्द्रकान्त (सिके) राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेश सरकारको नेतृत्वलाई निरन्तरता दिने सर्तमा सरकारलाई समर्थन गर्ने भएको छ ।
जहाज परीक्षण छानबिन सुरु
नेपाल वायु सेवा निगमको ए ३२० वायुयानको इन्जिन मर्मत र विस्तृत मर्मतसम्भार (सी–चेक) का विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयद्वारा गठित छानबिन समितिले काम सुरु गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा बुधबार गठित पाँच सदस्यीय छानिबन समितिले १५ दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश अनुसार बिहीबारदेखि काम सुरु गरेको हो । उहाँले भन्नुभयो, “इजरायल पु¥याइएको निगमको वाइडबडी ए ३२० वायुयानको इन्जिन मर्मतको विषय र हरेक दुई वर्षमा अनिवार्य गर्नुपर्ने विस्तृत मर्मतसम्भारका लागि इटालीको नेपल्समा पु¥याइएको जहाजको विषयमा छानबिन गर्न समतिले कार्यादेश पाएको छ । प्राप्त निर्देशन अनुसार समितिले बिहीबारदेखि काम सुरु गरेको छ । समितिले १५ दिनभित्र सुझावसहित सत्यतथ्य बाहिर ल्याउने छ ।”
जाँचबुझ आयोगको समय थप
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी समस्या समाधान गरी सिफारिस गर्न गठन भएको जाँचबुझ आयोगको समयलाई सरकारले आगामी असोज १५ गतेसम्म थप गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को असार १७ र २० गतेको निर्णय शुक्रबार सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जाँचबुझ आयोगले थप अध्ययन गरेर प्रतिवेदन बुझाउने बताउनुभएको हो ।
अब बन्ने सरकारलाई असफल हुने छुट छैन : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने सरकारलाई असफल हुने छुट नभएको बताउनुभएको छ।
मन्त्रिपरिषद् बैठकका २६ निर्णय (सूचीसहित)
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले असार १७ र २० गते बसेको मन्त्रिपरिषद् बैठकका २६ निर्णय एकसाथ सार्वजनिक गर्नुभएको छ।
चाहिएको बेला नहरमा पानी छोड्ने व्यवस्था मिलाउन मुख्यमन्त्रीसँग किसानको माग
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा सरकारले कृषिलाई प्राथमिकतामा राख्ने नीति बनाएर त्यस अनुसारका कार्यक्रम कार्यान्वयन गर्ने तयारी गरेको बताउनुभएको छ ।
सुदूरपश्चिममा अत्यधिक वर्षा हुने पूर्वानुमान : उच्च सतर्कता अपनाउन आग्रह
सुदूरपश्चिममा तीन दिनसम्म अत्याधिक वर्षा हुने भएको छ। महाकाली बेसिन कार्यालय अत्तरियाले तीन दिनसम्म सतर्क रहन सुदूरपश्चिमबासीलाई आग्रह गरेको छ।
अपाङ्गतामैत्री कार्यालय नहुँदा सेवाग्राही मर्कामा
जिल्लास्थित सरकारी कार्यालय अपाङ्गतामैत्री नभएपछि सेवाग्राही मर्कामा परेका छन् । कार्यालय भवन निर्माण गरिँदा र भाडामा कार्यालय लिन त्यसलाई ख्याल नगरिएका कारण अपाङ्गता भएका सेवाग्राहीलाई सेवा लिन असहज भएको हो ।
‘एक घर, एक धारा’ उपभोक्ता उत्साहित
सिन्धुलीको सुनकोसी गाउँपालिका–५ खनियाखर्क निवासी भरतबहादुर थापालाई घरको आँगनमा नयाँ खानेपानीको धारा निर्माण भएपछि यतिखेर दैनिक उपभोग गर्न र गाईवस्तुलाई खुवाउन निकै सजिलो भएको छ ।
अर्गानिक मल उत्पादनका लागि मेशिन प्रयोग
अर्गानिक मल उत्पादनलाई बढाउन इलाम नगरपालिकाले किसानलाई अर्गानिक मल बनाउने मेशिन हस्तान्तरण गरेको छ ।
पराम्परागत शैलीमा रोपाइँ गर्दै किसान
मानो रोपेर मुरी फलाउने असार महिनामा यतिखेर किसानहरु खेतमा व्यस्त देखिएका छन् । आकाशे पानी पर्याप्त नपरे पनि बोरिङ, कुलोको पानि सिँचाइ गरेर धान रोपाई सुरु गरेको कृषकहरुले बताएका छन् ।
कर्णाली नदीमा काठेपुल निर्माण हुँदा यातायात सञ्चालनमा सहज
नाम्खा गाउँपालिका–३ को खगालगाउँ जाने कर्णाली नदीमाथि लागत साझेदारीमा काठेपुल निर्माण गरिएको छ । नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाका वस्तीहरुमा सडक सञ्जाल जोड्न कर्णाली नदी माथि काठेपुल निर्माण गरिएको हो ।
वर्तमान सरकारले संसद्को सामना गर्ने आँट राख्नुपर्छः अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले संसदको सामना गर्ने आँट गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार महाधिवेशन स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
सुनसरीमा आँप उत्पादन घट्यो
जिल्लामा यस वर्ष आँपको उत्पादनमा कमी आउँदा मूल्य बढेको छ । हुरीबतास र कीराले क्षति पुर्याएको कारण गत वर्षका तुलनामा यस वर्ष आँपको उत्पादनमा कमी आएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिनुभयो ।
राजनीतिक निकास दिन आग्रह
नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले राजनीतिक निकासका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजीनामा दिन आग्रह गरे पनि सरकारले संसद्बाट विश्वासको मत लिने भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधान र कानुनी व्यवस्था अनुरूप प्रधानमन्त्री प्रचण्डले संसद्बाट विश्वासको मत लिने प्रस्ट पार्नुभएको हो । कांग्रेस र एमाले नयाँ सरकार गठनको गृहकार्यमा जुटिरहँदा प्रधानमन्त्री प्रचण्डले चाँडै विश्वासको मत लिने तयारी थाल्नुभएको हो ।
सहकारी संसदीय छानबिन विशेष समिति, सरोकारवालासँग परामर्श तीव्र
सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले नीति निर्माण, संरचनागत व्यवस्थापनसहित सहकारी क्षेत्रका बेथिति निराकरणका सन्दर्भमा सरोकारवालासँगको परामर्श तीव्र पारेको छ । समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीका अनुसार समितिको बिहीबारको बैठकमा समस्यामा परेका सहकारीको विभिन्न निकायबाट भइरहेको छानबिन, अनुसन्धानसहित नीतिगत तहको छलफल भएको हो । महालेखा परीक्षक तोयम राया, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक कमलप्रसाद भट्टराई, सहकारी विभागका रजिस्ट्रार पीताम्बर घिमिरेसहितका पदाधिकारीसँग सहकारीको नियमनको स्थिति, प्रभावकारी निकायको आवश्यकतासहितका विषयमा छलफल भएको छ ।
राष्ट्रिय जनगणनाको प्रक्रियागत संस्मरण पुस्तक सार्वजनिक
राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को प्रक्रियागत संस्मरण पुस्तक सार्वजनिक गरेको छ । जनगणनाको पूर्वतयारीदेखि सम्पन्न हुँदासम्मको सम्पूर्ण प्रक्रियाको अभिलेखीकरण, कामको विस्तृतीकरण, जनशक्ति आकलन, जनगणनाको लागत र व्यवस्थापन, सार्वजनिक खरिद, जोखिम व्यवस्थापन, जनसहभागितालगायतका विषयहरू समेटेर पुस्तक तयार पारिएको कार्यालयले जनाएको छ ।
नेपाललाई सूचना प्रविधि हबको रूपमा विकास गर्ने व्यवस्था मिलाइएको छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाललाई सूचना प्रविधिको हबको रूपमा विकास गर्ने बताउनुभएको छ।
काठमाडौँ–तराई/मधेश द्रुतमार्ग : छिचोलियो लेनडाँडा सुरुङमार्ग
काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गतको निर्माणाधीन लेनडाँडा सुरुङमार्ग छिचोलिएको छ । नेपाली सेनाका अनुसार द्रुतमार्ग अयोजनाअन्तर्गत प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बर्कया र गढी गाउँपालिकामा निर्माणाधीन सुरुङमार्ग बिहीबार छिचोलिएको हो ।
द्वन्द्वमा अपहरणपछि बेपत्ता श्रीमान-श्रीमतीको २० वर्षपछि भेट
सशस्त्र द्वन्द्वको समयमा खोटाङमा विद्रोही पक्षबाट अपहरणमा परेका श्रीमान २० वर्षदेखि बेपत्ता थिए।अपहरण पश्चात बेपत्ता श्रीमान र श्रीमतीको अहिले २० वर्षपछि भेट भएको छ।
डोजरले खोस्यो रोजगारी
विकासे काममा डोजर प्रयोग गर्दा जिल्लाका युवायुवतीको रोजगारी खोसिएको छ । स्थानीयको आयस्रोत नभएपछि जिल्लाका मजदुर गरिखाने कामदारको घरमा घरखर्च चलाउन समस्या भएको छ ।