• २४ असार २०८१, सोमबार

पराम्परागत शैलीमा रोपाइँ गर्दै किसान

blog

धान रोप्न खेत तयार पार्दै किसान । तस्विरः मीना कँडेल

मीना कँडेल

कावासोती, असार २१ गते । मानो रोपेर मुरी फलाउने असार महिनामा यतिखेर किसानहरु खेतमा व्यस्त देखिएका छन् । आकाशे पानी पर्याप्त नपरे पनि बोरिङ,  कुलोको पानी सिँचाइ गरेर धान रोपाइँ सुरु गरेको कृषकहरुले बताएका छन् ।


गण्डकी प्रदेशको समथर जिल्ला पूर्वी नवलपरासीमा चैते धान, वर्षे धान, घैया धानको खेती हुँदै आएको छ । यहाँ धानको उत्पादन सरदर प्रतिहेक्टर तीन हजार केजी हुने गरेको छ । 

कृषिमा यान्त्रिकीकरण र प्रविधिको प्रयोग गर्दै धान उत्पादकत्वमा वृद्धि गर्ने भनिए तापनि नवलपुर मध्यबिन्दुका किसान भने हलो–जुवा र गोरुको माध्यामबाट पराम्परागत शैलीमा रोपाइँ गर्दै आएका छन् ।