महालेखालाई निर्वाचन आयोगको पुनः आग्रह
राजनीतिक दलहरूको लेखा परीक्षण जाँचबुझका लागि विज्ञ कर्मचारी पठाउन निर्वाचन आयोगले महालेखा परीक्षकको कार्यालयलाई पुनः आग्रह गर्ने भएको छ । निर्वाचन आयोगले गत वैशाख १४ गते राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्थामा टेकेर दलको लेखा परीक्षण जाँचबुझ गर्न विज्ञ कर्मचारी पठाइदिन महालेखा परीक्षकको कार्यालयलाई आग्रह गरेको थियो ।
सहकारी अपचलन गर्नेलाई जेलमै सोधपुछ गरिने
सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारीका बचत रकम अपचलन गरेपछि जेलमा रहेका सञ्चालकको बयान लिने भएको छ । समितिका सभापति सू
झगडा मिलाउन जाँदा वडाध्यक्ष घाइते
झापाका कचनकवल गाउँपालिका ५ का वडाध्यक्ष नुर आलम स्थानीयको झगडा मिलाउने क्रममा घाइते हुनुभएको छ ।
दशगजा क्षेत्रमा डुबेर भारतीय नागरिकको मृत्यु
नेपाल–भारत सिमास्थित दशगजा क्षेत्रमा रहेको गौरीगञ्ज गाउँपालिका –४ गेउरिया नदीमा डुबेर एकजना भारतीयको मृत्यु भएको छ ।
बूढानीलकण्ठमा देउवा र ओलीको भेटवार्ता
नयाँ राजनीतिक परिवेशमा आगामी रणनीति तय गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष के.पी. शर्मा ओलीबिच बूढानीलकण्ठस्थित देउवा निवासमा अहिले भेटवार्ता भइरहेको छ ।
सैन्य आधारभूत तालिम सम्पन्न
श्री नम्बर २ बाहिनी अड्डा हिले ब्यारेक, धनकुटाको सी.सं ११ सैन्य आधारभूत तालिमको दीक्षान्त समारोह धनकुटाको हिलेमा सम्पन्न भएको छ ।
आप्रवासीको सामाजिकीकरण गर्दै सूर्योदय
वैदेशिक रोजगारीबाट फर्किएका युवालाई गाउँघरमै व्यावसायिक बनाउन सूर्योदय नगरपालिकाले विभिन्न क्षेत्रमा युवालक्षित कार्यक्रम सुरु गरेको छ ।
मृत्युदण्डको सजाय पाएका राम आशिषलाई बचाउन ४६ लाख सहयोग
साउदी अरेबियाको जेलमा रहेका धनुषाको जनकपुर उपमहानगरपालिका–१७ का रामआशिष यादवलाई रिहाइ गर्न र बचाउन ४६ लाख २५ हजार पीडित परिवारलाई हस्तान्तरण गरिएको छ ।
बाजुरामा ८० प्रतिशत रोपाइँ सम्पन्न
बाजुरामा ८० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । जिल्लामा जेठ पहिलो हप्तादेखि धान रोपाइँ सुरु भए पनि लामो समयसम्म परेको खडेरीका कारण असार तेस्रो हप्तासम्म आइपुग्दा ८० प्रतिशत धान रोपाइँ भएको हो ।
गाउँगाउँमा चित्तिम
मुगुको माथिल्लो मुगुम कार्मारोङ गाउँपालिकाका लामा समुदायका हरेक बस्तीहरूमा धर्म कमाउनलाई चित्तिम बनाउने परम्परा रहेको छ । बौद्ध धर्मावलम्बी मान्दै आएका लामा जाती समुदायका बस्तीमा हजारौँ वर्ष पुराना आफन्तको सम्झनामा चित्तिम निर्माण गर्ने परम्परा रहेको हो ।
मेलम्चीको पानी बाह्रै महिना काठमाडौँ ल्याउने सुझाव पेश गर्न निर्देशन
संसदीय समितिले मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति र वितरण गर्न देखिएका समस्याको समाधानका लागि ठोस सुझावसहितको प्रस्ताव पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।
करेन्ट लागेर एकको मृत्यु
मकवानपुरको मकवानपुरगढी गाउँपालिका –८ स्थित ईपाखहरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
सातौँ पटक थपियो धरहरा बनाउने म्याद
काठमाडौँको सुन्धारास्थित धरहरा पुनर्निर्माणका लागि सातौँ पटक म्याद थप गरिएको छ । सातौँ पटक २०८१ असोज २० गतेसम्मका लागि म्याद थप गरिएको सम्बन्धित निकायले जनाएको छ । यसअघि छैटौँ पटक थप गरिएको म्याद गत वर्षको माघ ४ गते सकिएको थियो ।
संसदीय प्रस्ताव अलपत्र
प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिको प्रतिनिधित्व रहने सङ्घीय संसद्को तल्लो सदनमा जनताका सरोकारका विषयमा छलफल नगण्य हुने गरेको छ । दर्ता भएका गैरसरकारी विधेयक, प्रश्न र प्रस्तावह
बालविवाह र महिला हिंसा घटाउन सक्रिय छन् गढवाका आमाहरू
गढवा गाउँपालिका-५ खजरौटामा आमा समूह गठन भएको तीन वर्ष भयो । मुक्तकम्लरी विकास मञ्चको बालविवाह न्यूनीकरण कार्यक्रमअन्तर्गत गठित आमा समूहले गाउँघरमा हुने हरेक कार्यक्रममा सहभागिता जनाउने गरेको छ ।
विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ
कैलाली प्रहरीले विभिन्न मुद्दाका फरार पाँच प्रतिवादीलाई पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयबाट खटेको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
महानगरले थाल्यो एसइई तयारी कक्षा
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा नन ग्रेडेड (अवर्गीकृत) समूहमा परेका विद्यार्थीलाई काठमाडौँ महानगरपालिकाले निःशुल्क खाना र खाजासहित तयारी कक्षा सञ्चालन गरेको छ ।
केयुले क्यान्सर अनुसन्धान केन्द्र सञ्चालन गर्ने
काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय (केयु) ले क्यान्सर रोगको समयमा नै पहिचानका लागि प्रयोगशाला तथा क्यान्सर रोगको अनुसन्धान सुरु गर्ने भएको छ । विश्वविद्यालय परिसरमा रहेको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (एनटिआइसी) को भवनमा क्यान्सर रोगको समयमै पहिचान, उपचार तथा अनुसन्धान केन्द्र स्थापना गर्ने योजना अघि बढाएको हो ।
सिञ्जामा फस्टाउँदै मार्सी धानको खेती
यतिबेला जुम्लाका खेतहरू मार्सी धानले हरियो भएको छ । चैतको महिना बीउ राखेर असारमा गोडमेल गर्ने गरिन्छ । रैथाने बालीभित्र पर्ने मार्सी पौष्टिक, आर्थिक तत्त्वले समेत महत्त्वपूर्ण हुने भएकाले हुँदा जुम्लाका ज्युलोमा अहिले मार्सीलगाउने गरिएको छ ।
खाली जग्गामा वृक्षारोपण गर्न बिरुवा वितरण
डिभिजन बन कार्यालय गोरखाले खाली जग्गामा वृक्षारोपण गर्न निःशुल्क बिरुवा वितरण गरेको छ ।
‘पीडितमैत्री सङ्क्रमणकालीन न्यायका लागि सरकारलाई जिम्मेवार बनाउन एकजुट हुनुपर्छ’
पीडितमैत्री सङ्क्रमणकालीन न्यायका लागि सरकारलाई जिम्मेवार बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् ।
अनुसन्धानकर्ता बन्दै बेचबिखनमा परेका महिला
मानव बेचबिखनमा परेका महिलाले आफ्नो अनुसन्धान आफैँले गर्न थालेका छन् । उहाँहरूले साङ्केतिक तस्बिरमार्फत बेचबिखनका क्रममा भोगेका पीडालाई व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीलाई थप दुई मन्त्रालयको कार्यभार
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हाल्ने गरी दुई मन्त्रालयको जिम्मेवारी तोक्नुभएको छ ।
सुशासन, सामाजिक न्याय र समृद्धिको दिशामा ऐतिहासिक फड्को : सञ्चारमन्त्री शर्मा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार गठन भएको डेढ वर्ष पूरा भएको छ । तीन ‘स’ अर्थात् सुशासन, सामाजिक न्याय र समृद्धिलाई मुख्य सोच बनाएर अघि बढेको सरकारले यी तीनवटै क्षेत्रमा ऐतिहासिक सफलता प्राप्त गरेको छ ।