वर्षाले देशभर जनजीवन प्रभावित
सिन्धुली जिल्लामा शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । वर्षाका कारण बिपी राजमार्ग र मध्यपहाडी लोकमार्गको विभिन्न ठाउँमा पहिरो खसेर यातायात अवरुद्ध हुनुका साथै ग्रामीण सडकसमेत प्रभावित भएको छ ।
अविरल वर्षाले धेरै ठाउँमा क्षति, सडक अवरुद्ध
अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा मानवीय तथा भौतिक क्षति भएको छ । सडकहरू अवरुद्ध भएका छन् । वर्षाका कारण कैयौँ बस्ती जोखिममा परेका छन् । घोराही समाचारदाताका अनुसार दाङका विभि
दर्जन जलविद्युत् आयोजना प्रभावित
निरन्तरको वर्षासँगै आएको बाढीको प्रभाव स्वरूप शनिबार करिब एक दर्जन जलविद्युत् आयोजनाको विद्युत् उत्पादन प्रभावित भएको छ । शुव्रmबारदेखि परेको वर्षा शनिबार रातिसम्म कायम रहेकाले
बाढी, पहिरो र डुबानमा परी आठको मृत्यु, छ बेपत्ता
भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म आठ जनाको मृत्यु भएको छ।
नारायणीको बाढी बस्तीमा पस्यो
नारायणी नदीको बाढी बस्तीमा पसेको छ। अविरल वर्षापछि आएको बाढी नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट-२ को बस्तीमा पसेको हो।
बसले किचेर एकको मृत्यु
पोखरा महानगरपालिका–१८ ग्यारजातीमा आफैँले चढेको बसले किच्दा यात्रुको मृत्यु भएको छ । ग १ ख ४१५६ नम्बरको बसबाट ओर्लिएर पैदल हिँड्न लाग्नुभएका पोखरा–१८ का बासिन्दा ७२ वर्षीया ललिता थापालाई बसले किचेको थियो ।
पहिरोले घर बगाउँदा दुईको मृत्यु, एक बेपत्ता
अविरल वर्षासँगै गएको पहिरोले घर बगाउँदा स्याङ्जामा दुई जनाको मृत्यु भएको छ। बिरुवा ६ लामाखेतमा ईश्वरी लम्सालको घर बगाउँदा दुई जनाको मृत्यु भएको हो।
ओखलढुङ्गामा पहिरोले बगाउँदा दुई जना घाइते
ओखलढुङ्गा सदरमुकाम नजिकै शनिबार दिउँसो गएको पहिरोले होटल बगाएको छ । अविरल वर्षासँगै आएको पहिरोले सिद्धिचरण नगरपालिका–१२ मा रहेको होटल बगाउँदा दुई जना घाइते भएका छन् ।
राप्ती नदी किनारामा दाउरा सङ्कलन गर्नेको भिड
बाँकेको डुडुवा गाउँपालिका वडा नं. ४ सिधनवा घाटस्थित राप्ती नदी किनारामा नदीले बगाएर ल्याएका दाउरा जम्मा गर्ने स्थानीयको भिड लागेको छ ।
बागमतीमा फसेकाको उद्धारका लागि सशस्त्र प्रहरी परिचालन
बागमती नदिमा फसेका तीन जनाको उद्धारका लागि सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
धनगढीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका –१८ फूलबारीमा हसुलियातर्फ जाँदै गरेको से ३ प ५६९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर नालीमा खसेको थियो ।
बाढीले चुमनुब्रीमा दुई वटा काठे पुल बगायो
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकेम्पार स्थित नाकी खोला र लार खुनग्युको खोलामा रहेको काठे पुल बाढीले बगाएको छ।
उपत्यकामा वर्षा हुँदा बागमतीमा बाढी
सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीमा बाढी बढेको छ । काठमाडौँ उपत्यका एवम् आसपास क्षेत्रमा अत्यधिक वर्षा भइरहेकाले बागमती नदीमा पानीको सतह बढेको हो ।
वर्षाका कारण उपत्यकामा खोलाको बहाव बढ्यो (फोटो फिचर)
रातिदेखि परेको पानीले उपत्यकाको खोलाको बहाव बढेको छ। उपत्यकाको बागमती, मनोहरा र हनुमन्ते लगायत खोलामा पानीको बहाव बढेको हो।
तारकेश्वरबाट एसइई उत्तीर्ण विद्यार्थी सम्मानित
परिवर्तन अभियान नेपालले शुक्रबार राजधानीको तारकेश्वर नगरपालिकाबाट एसइई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमबाट विद्यार्थीहरूलाई सम्मान गरिएको अध्यक्ष सुशील भट्टले जानकारी दिनुभयो ।
भालुवाङ–प्युठान–रोल्पा सडक अवरुद्ध
अविरल वर्षाका कारण पहिरोले भालुवाङ–प्युठान–रोल्पा सडक अवरुद्ध भएको छ । सो सडकको गनाह–चकचके सडक खण्डका विभिन्न स्थानमा रातिदेखि परेको अविरल वर्षाले सडकमाथिबाट आएको लेदोसहित पहिरो झरेपछि सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय प्युठानले जानकारी दिएको छ ।
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु
दाङको राप्ती गाउँपालिकामा रहेको ऐरावति आदर्श बहुमुखी क्याम्पसमा कार्यरत कर्मचारीको दुर्घटनामा मृत्यु भएको छ । क्याम्पस प्रशासन शाखामा कार्यरत कर्मचारी सन्तोष योगीको मोटरसाइकल दुर्घटनामा शनिबार बिहान मृत्यु भएको हो ।
बाढीमा ट्याक्टर फस्दा एकको मृत्यु
दाङको राजपुर गाउँपालिकामा गंगदी खोलाको बाढीमा ट्याक्टर फँस्दा एक जनाको मृत्यु भएको छ । राजपुर गाउँपालिका –५ निवासी ५२ वर्षीय छेदिराम चौधरीको मृत्यु भएको हो।
घर भत्किएपछि स्थानीयलाई बास बस्ने चिन्ता
बाजुरामा अविरल वर्षातका कारण घर भत्किएपछि स्थानीयलाई बास बस्ने चिन्ता परेको छ । जिल्लाको त्रिवेणी नगरपालिका–२ छतारास्थित दलित समुदायका घर दुई भत्किएपछि सो घरका स्थानीयालई बास बस्ने चिन्ता भएको हो ।
गुल्मीको विभिन्न स्थानका सडक अवरुद्ध
गुल्मीको विभिन्न स्थानका सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार लगातार वर्षाका कारण शनिबार यस जिल्लाका विभिन्न स्थानका सडकहरु अवरुद्ध भएका छन् ।
नारायणीमा बाढी, सतर्कता अपनाउन आग्रह
अघिल्लो दिनदेखि लगातार परेको अविरल वर्षाका कारण शनिबार बिहानदेखि नारायणी नदीमा निरन्तर बाढी बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
पहिरोले गण्डकीको ६ सडक अवरुद्ध
शुक्रबार रातिबाट परेको अविरल वर्षाका कारण गण्डकी प्रदेशमा पर्ने प्रमुख राजमार्गसहित आधा दर्जन सडक अवरुद्ध भएको छ । झरीपछि आएको पहिरोले प्रदेश राजधानी पोखरा प्रवेश गर्ने पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग पहिरोले अवरुद्ध बनेको हो ।
निदाउँदैनन् हेवा र तमोर गडतीरका बासिन्दा
फिदिम नगरपालिका–४ की लक्ष्मीमाया थापा एक महिनादेखि निदाउनुभएको छैन । मौसम बदलिएर मेघगर्जन हुनासाथ उहाँको निद्रा हराउँछ । गत वर्ष असार २ गते हेवामा आएको बाढीले मच्चाएको वितण्डा मानसपटलमा फनफनी घुम्छ ।
हरित काठमाडौँ
हरियाली सहरको जीवन हो । बढ्दो सहरीकरणको प्रभावले प्रदूषण बढ्दै गइरहेको परिप्रेक्ष्यमा प्रदूषणलाई न्यूनीकरण गरी वातावरण स्वच्छ र सफा राख्नुका साथै हरियालीले सहरलाई सुन्दर बनाउँछ । यसले सहरवासीको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्छ । खुला र स्वच्छ वातावरणको आवश्यकता पूर्ति गर्न हरियाली सौन्दर्यीकरण आजको आवश्यकता हो । हरियालीयुक्त वातावरणको व्यवस्थापनले सहरवासीको शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ भने यसले सहरको सुन्दरतामा समेत योगदान पु¥याउँछ । सहरका सडकमा दायाँबायाँ वृक्षरोपण गरी, अन्य खाली स्थानमा बगैँचा तथा पार्कको निर्माण गरेर हरियाली प्रवर्धन गर्न सकिन्छ । यसले प्रदूषणको मात्रा कम गर्नमा सहयोग पु¥याउँछ ।