• १९ असोज २०८१, शनिबार

उपत्यकामा वर्षा हुँदा बागमतीमा बाढी

blog

रौतहट सिमा भएर बग्ने बागमती नदीको बाढी । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, असार २२ गते । सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीमा बाढी बढेको छ । काठमाडौँ उपत्यका एवम् आसपास क्षेत्रमा अत्यधिक वर्षा भइरहेकाले बागमती नदीमा पानीको सतह बढेको हो । 

शनिबार बिहान १.५ मिटर मात्र पानीको सतह रहेकोमा मध्यान्हसम्म ४ मिटर पुगिसकेको बागमती नदी अन्तर्गत पँधेरा दोभान जल सतह मापन केन्द्रका लीलाम्बर खनालले दिनुभयो । 

बाढी बढ्दै गएपछि बागमती सिँचाइ ब्यारेजका ३५ वटै ढोका खोलिएको छ । यद्यपि बागमती नदीको सिँचाइ ब्यारेजभन्दा उत्तर पानीको सतह साढे ६ मिटर बढी गहिराइ भएपछि खतरा मानिन्छ । 

अहिलेसम्म खतराको अवस्था नआएको बागमती सिँचाइ आयोजनाले जनाएको छ ।