• १९ असोज २०८१, शनिबार

बागमतीमा फसेकाको उद्धारका लागि सशस्त्र प्रहरी परिचालन

blog

उद्धार गर्दै सशस्त्र प्रहरी । तस्बिर : सशस्त्र प्रहरी

काठमाडौँ, असार २२ गते । बागमती नदिमा फसेका तीन जनाको उद्धारका लागि सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

सशस्त्र प्रहरीका डिएसपी एवम् प्रवक्ता शैलेन्द्र थापा कीर्तिपुर नगरपालिका–१० ल्याबोरोटरी स्कुल नजिकै बागमती नदिमा फसेका तीन जनाको उद्धारका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार गण सिनामङ्गलबाट सशस्त्र प्रहरी निरीक्षकको  कमाण्डमा चार जना गोताखोरसहित १५ जना र नं. १८  निलबाराही गण कीर्तिपुरबाट १० जनाको टोली खटाइएको हो ।