• १९ असोज २०८१, शनिबार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

blog

भावना जोशी

अत्तरिया, असार २२ गते । धनगढीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका –१८ फूलबारीमा हसुलियातर्फ जाँदै गरेको  से ३ प ५६९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर नालीमा खसेको थियो । 

दुर्घटनामा गम्भीर घाइते भएका चालक कैलारी गाउँपालिका –१ का ३३ वर्षीय  कृष्ण चौधरीको शनिबार बिहान उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  कैलालीले जनाएको छ ।

मृतक चौधरीको पोस्टमार्टमपछि शव परिवारले बुझिसकेको छ ।  मोटरसाइकलको पछाडि सवार सोही स्थानका २८ वर्षीय यादव चौधरी सामान्य घाइते हुनु भएको  छ  । घाइते चौधरीको उपचार भइरहेको प्रहरीले जनाएको छ ।