गुणबहादुर रोका
सुलीकोट, असार १३ गते । गोरखा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपन जिल्ला घोषण गरिएको छ । ११ वटा स्थानीय तहले पालिकास्तरीय पूर्णखोप सुनिश्चत तथा दिगोपन पालिका घोषण सम्पन्न गरेपछि गोरखा पूर्णखोप सुनिश्चित तथा दिगो पनि जिल्ला घोषण भएको हो ।
जिल्लामा रहेका ११ वटा स्थानीय तहले जन्मेदेखि १५ महिनासम्मका दुई हजार नौ सय ७५ जना र १६ देखि २३ महिनासम्मका तीन हजार तीन सय २० जना बालबालिकाले पूर्णखोप लगाएसँगै गोरखा खोप सुनिश्चित तथा दिगोपन जिल्ला घोषण गरिएको हो ।
गोरखा जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपन जिल्ला घोषण गण्डकी प्रदेशका स्वास्थ्य बिहीबार ‘जिल्ला सदरमुकाम स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चित हाम्रो प्रतिबद्धता’ भन्ने मुल नारासहित जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपन प्रमाणीकरण घोषण कार्यक्रममा पूर्णखोप सुनिश्चितको प्रमाणपत्र गोरखाले पाएको छ ।
गोरखा जिल्लामा कुनै पनि बालबालिका पूर्णखोप लगाउन बाँकी नरहेको स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यामनाथ शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार गोरखा जिल्ला भित्रका ११ वटा स्थानीय तहको ९४ वडाबाट ६ हजार दुई सय ९५ जना बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
बालबालिकाले बिसिजी, रोटा, पिसिभी, डिपिटी, हेप–बि, एपआइपीभी, पोलियो दादरा, रुबेला, जापनिज जेइ लगायत १३ प्रकारका खोप लगाइको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । कार्यक्रममा पूर्ण खोप सुनिश्चित घोषण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने ११ पालिकाका ११ जना स्वास्थ्यकर्मीलाई सम्मान पत्र र ११ स्वास्थ्य सस्थालाई प्रसंशापत्रले सम्मान गरिएको छ भने जिल्लाको सबैभन्दा पहिला पूर्ण खोप वडा घोषण गरे बापत शहिद लखन गाउँपालिका – ८ लाई पनि सम्मान गरिएको छ ।