• २ साउन २०८२, शुक्रबार

एमाले पोलिटब्युरो बैठकमा विधान महाधिवेशनबारे छलफल

blog

नेकपा (एमाले)को पोलिटब्यूरो बैठक । तस्बिरः केशब गुरुङ

काठमाडौँ, साउन २ गते। नेकपा (एमाले)को पोलिटब्युरो बैठक पार्टी च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ। 

एमाले केन्द्रीय कार्यालयका मुख्य सचिव डा. भीष्म अधिकारीका अनुसार प्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको छ। 

उहाँका अनुसार बिहीबार बसेको एमाले सचिवालय बैठकमा आगामी भदौ २० देखि २२ गतेसम्म हुन लागेको विधान महाधिवेशनबारे मुख्य छलफल भएको थियो। 


आजको पोलिटब्युरो बैठकमा सोही विधान महाधिवेशनको विषयमा छलफल हुने उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “विधान महधिवेशनको विषयमा मुख्य छलफल हुन्छ।” 

एमालेको सचिवालय बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउने प्रस्ताव गरेको छ।