• ३ जेठ २०८३, आइतबार

काभा महिला भलिबल : निरुताको कप्तानीमा नेपाली टोलीको घोषणा

blog

काठमाडौँ, जेठ ३ गते । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्डहल कोर्टमा जेठ ८ देखि १५ गतेसम्म हुने काभा महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली खेलाडी टोलीको घोषणा भएको छ । 

नेपाल भलिबल सङ्घको आयोजनामा हुने च्याम्पियनसिपका लागि निरुता ठगुन्नको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा भएको हो । मुख्य प्रशिक्षकमा जगदीश भट्टले बन्द प्रशिक्षणमा रहेका खेलाडीमध्ये प्रदर्शनका आधारमा अन्तिम टोलीको नाम सार्वजनिक गर्नुभएको हो ।

टोलीमा सलिना श्रेष्ठ, शान्ति तामाङ, सुमित्रा रेग्मी, सुनिता खत्री, वसन्ती साउद, एलिशा मानन्धर, उषा भण्डारी, सलिना बुढा मगर, कामना विष्ट, रिमा कुवँर, मिना सुनार, प्रगति नाथ र जशना महतो हुनुहुन्छ । 

च्याम्पियनसिपमा सेन्ट्रल एसियाका नेपालसहित इरान, किर्गिस्तान, भारत, श्रीलङ्का, बङ्गलादेश, मालदिभ्स र कजाकिस्तान गरी आठ देशको सहभागिता रहने छ ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसअनुसार समूह ‘ए’ मा नेपालसहित किर्गिस्तान, भारत र माल्दिभ्स रहेको छ । समूह ‘बी’ मा इरान, कजाकिस्तान, श्रीलङ्का र बङ्गलादेश रहेको छ ।