• ३ जेठ २०८३, आइतबार

एनएसएल भदौमा, १० देखि १२ टोलीको सहभागिता रहने

blog

काठमाडौँ, जेठ ३ गते । चौथो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल भदौ २० गतेदेखि सुरु हुने भएको छ ।

आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले आइतबार लिगको घोषणा गरेको हो । लिगमा यसपटक १० देखि १२ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।

सहभागी टोलीलाई होम एन्ड अवे ढाँचामा खेलाइने छ । यसअघि प्रतियोगिता दशरथ रङ्गशालामा माञ सञ्चालन हुँदै आएको थियो ।

२०८२ को पछिल्लो संस्करणमा सात टोलीले प्रतिस्पर्धा गरेका थिए । जसमा पोखरा थन्डर्सलाई २–१ गोलले हराउँदै ललितपुर सिटी एफसी च्याम्पियन बनेको थियो ।