ट्याक्टर दुर्घटनामा एकको मृत्यु
जिल्लाको धवलागिरि गाउँपालिका–४ नाउरादेखि दरवाङतर्फ जाँदै गरेको लु ४ त ३४९३ नम्बरको ट्याक्टर धवलागिरि गाउँपालिकाको खारामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
घरनजिक पुरुष मृत फेला
रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१ छिङमा एक पुरुष मृत भेटिएका छन् । छिङको माथिगाउँ निवासी ३० वर्षीय टोपजंग रोकाय मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबिच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबिच सिंहदरबारमा भेटवार्ता भएको छ।
लालीगुराँस सहकारीका अध्यक्षसहित चार जना पक्राउ
नेपाल प्रहरीले लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
फार्मेसी अभ्यासका लागि जिपेड कार्यक्रम
कुशल फार्मेसी अभ्यासका लागि युवाहरुको सक्रियतामा काठमाडौं विश्वविद्यालयमा जिपेड कार्यक्रम सञ्चालन गर्न लागिएको छ ।
पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल
पर्यटकीय राजधानी पोखरा केबल मानव समुदाय घुम्ने पर्यटकीय गन्तव्य मात्रै होइन यो त स्वदेश एवं विदेशका चरा पनि घुम्ने र विचरण गर्ने स्थल हो ।
प्रहरी इन्चार्ज नियन्त्रणमा
कैलालीमा प्रहरी चौकीका इन्चार्ज प्रहरी नियन्त्रणमा पर्नुभएको छ । टीकापुर नगरपालिका वडा ९ खैरिपुरस्थित प्रहरी बिटमा सार्वजनिक स्थलमा अपशब्द प्रयोग गर्दै गालिगलौच गरेपछि प्रहरी चौकी सत्तीका इन्चार्ज प्रहरी नायब निरीक्षक अशोक खड्कालाई ईलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको हो ।
सरकारी तथा गैर सरकारी कार्यालयद्वारा प्रगति विवरण पेश
बाँकेको सरकारी तथा गैर सरकारी कार्यालय र सङ्घ संस्थाले आफ्नो वार्षिक कार्य प्रगति विवरण्म प्रस्तुत गरेका छन् ।
तीन दिनदेखि गाउँ नै अन्धकार
चुरेभेगस्थित सर्लाहीको हरिवन नगरपालिका वडा नं. १ बिलन्दी र बेलडाँडाका स्थानीय तीन दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन् ।
कुकुरसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
झापाको कमल गाउँपालिकामा कुकुरसँग ठोक्किएर भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
संस्थान नेतृत्वद्वारा जेठो विद्यालयको निरीक्षण
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष नेतृत्वको टोली शनिबार महोत्तरी सदरमुकाममा रहेको प्रसिद्ध जलेश्वरनाथ मन्दिरको दर्शन गरी नेपालकै जेठो मानिने विद्यालयको अवलोकन गर्नुभएको छ ।
जङ्गलमा खोजिदै फुट्की
जङ्गलमा पाइने एक प्रकारको च्याउ प्रजाति फुट्की खोज्ने सिजन सुरु भएको छ । मनसुनको सुरुवाती वर्षात्पछि तराईका जङ्गलमा फुट्की उम्रिने गर्दछ । यो एक प्रकारको च्याउ प्रजाति हो ।
धान दिवसमा रोपाइँको चटारो (फोटो फिचर)
आज देशभर असार १५ अर्थात धान दिवस मनाइएको छ । धान दिवसको अवसरमा देशभर धान रोपेर यो दिवस मनाइएको छ । सिँचाइको सहज पहुँच र आकाशे पानी परेको ठाउँमा धान दिवस भव्यरुपमा मनाइएको छ ।
वन वातावरण पत्रकार संघ गठन
वन तथा वातावरण क्षेत्रलाई विट बनाएर रिपोर्टिङ गर्ने पत्रकारले वन वातावरण पत्रकार संघ, नेपाल नामक तदर्थ समिति गठन गरेका छन् ।
काभ्रेमा ३४ प्रतिशत खेतमा रोपाइँ
देशको विभिन्न जिल्लाजस्तै काभ्रेपलाञ्चोकमा पनि २१ औँ राष्ट्रिय धान दिवस मनाइएको छ । कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, मण्डनदेउपुर नगरपालिका र राष्ट्रिय किसान आयोगको संयुक्त आयोजनामा मण्डनदेउपुर–८ धाइटारमा दिवस मनाइएको हो ।
वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचारधारात्मक प्रश्नहरूमा समान दृष्टिकोण निर्माण गर्दै कम्युनिस्ट एवम् वामपन्थी शक्तिहरू एकताबद्ध पुग्नुपर्छ भन्नेमा आफू र आफू नेतृत्वको पार्टी स्पष्ट रहेको बताउनुभएको छ ।
भेप र हुक्काको प्रयोगले क्यान्सरको जोखिम
युवा पुस्तामा भेप र हुक्काको बढ्दो लतले क्यान्सरको जोखिम बढ्दै गएकोप्रति स्वास्थ्यकर्मीले चिन्ता व्यक्त गरेका छन् ।
गाई काट्ने एक पक्राउ
गोरखामा गाई काट्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धार्चे गाउँपालिका –२ केरौंजा स्थायी घर भई हाल आरुघाट गाउँपालिका–९ सुन्दरबस्तीमा अस्थायी बसोबास गर्ने ३२ वर्षीय हाउडे भनिने सबिन बिक भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
दुर्घटनामा २ वर्षीया बालिकाको मृत्यु
झापाको दमकमा सिटी सफारीको ठक्करबाट २ बर्षीया बालिकाको मृत्यु भएको छ । शुक्रबार अपराह्न भएको सवारी दुर्घटनामा आमाछोरी घाइते भएकोमा २ बर्षीया छोरीको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु
पहिरोमा परी अन्दाजी ५५ वर्षीय भेषबहादुर कामी, निजकी ४८ वर्षीया श्रीमती सुन्तली कामी, २६ वर्षीया बुहारी सीता बिक, ८ वर्षीया नातिनी सपना बिक र ८ महिनाकी नातिनी विपना बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुर्यभान चौधरीले जानकारी दिनुभयो।
अबको साता बढी वर्षा हुने
देशका अधिकांश स्थानमा अबको एक साता मध्यमदेखि ठुलो वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले अबको एक साता मनसुन सक्रिय रहँदै मध्यमदेखि ठुलो वर्षा हुने जनाएको हो । मनसुनको न्यूनचापीय रेखा पूर्ण रूपमा विकास भई नेपालनजिक रहेकाले नेपालमा मनसुन थप सक्रिय हुन लगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण शुक्रबारदेखि आउँदो बिहीबारसम्म देशभर मनसुनी वर्षा हुने मौसमविद् गोविन्द झाले बताउनुभयो ।
सामुदायिक पुस्तकालयको सम्मेलन सम्पन्न
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोग तथा नेपाल सामुदायिक पुस्तकालय संघको आयोजनामा डिल्लीरमण रेग्मी स्मारक पुस्तकालय, लाजिम्पाटमा असार १३ र १४ गते सञ्चालित सार्वजनिक तथा सामुदायिक पुस्तकालयको वागमती प्रदेश सम्मेलन सम्पन्न भएको छ ।
कैलालीमा पन्ध्र विद्यालयको नतिजा शुन्य
माध्यामिक शिक्षा परीक्षा (एसइई) मा कैलालीका पन्ध्र वटा विद्यालयको नतिजा शून्य आएको छ । सबैभन्दा बढी भजनी नगरपालिकाका पाँच वटा विद्यालयको नतिजा शुन्य छ ।
यो वर्ष मलको अभाव हुँदैन : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो वर्ष मलको अभाव हुन नदिने बताउनुभएको छ। भरतपुर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो। अघिल्लो वर्ष पनि मलको अभाव नभएको उहाँले प्रष्ट पार्नुभयो।