• २० असोज २०८१, आइतबार

मेघालयमा चार नेपालीको हत्या

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असार २४ गते । रोजगारीका लागि भारतको मेघालय पुगेका चार जना नेपालीको घाँटी रेटेर बीभत्स हत्या भएको छ ।

मृतकमध्ये हालसम्म एक जनाको मात्र पहिचान खुलेको र उहाँ इलामका २३ वर्षीय रवि राई रहेको तथा अन्य चार जनाको परिचय खुल्न बाँकी रहेको स्थानीय प्रहरी प्रशासनले जनाएको छ ।

मेघालयको पूर्वी जयन्तिया हिल्स जिल्लाका प्रहरी उपरीक्षकका अनुसार बीभत्स हत्या गरिएको घटनाबारे विषेश अनुसन्धान टोलीले छानबिन सुरु गरेको छ । मेघालय प्रहरीले घटनास्थलमा क्राइम स्क्यान युनिट, मोबाइल फरेन्सिक युनिट, घटनास्थलबाट फेला परेका प्रमाणसहित स्थानीयसँग सोधपुछ गरिरहेको जनाएको छ । कोइलाखानीमा काम गर्ने अन्य नेपाली मजदुर र उनका परिवारमार्फत पनि शवको पहिचानको प्रयास गरिरहेको प्रहरीले जनाएको छ । 

घटनाको प्रारम्भिक अनुसन्धानमा हत्यामा आपराधिक समूहको संलग्ना देखिएको प्रहरीले जनाएको छ । चारै जनाको शव पोस्टमार्टमका लागि प्रहरीले स्थानीय सिभिल अस्पतालमा लगेको जनाएको छ ।हत्या गरिएकामध्ये अन्य तीन जनासमेत धरान–भोजपुर क्षेत्रका नेपाली हुन सक्ने अनुमान मेघालय प्रहरीले गरेको जनाएको छ ।