• १२ साउन २०८१, शनिबार

घाँस काट्न गएकी महिला मृत फेला

blog

केशबचन्द्र महरा

दिपायल, असार २३ गते । डोटीमा घाँस काट्न गएकी महिला मृत अवस्थामा फेला पर्नुभएको छ । जिल्लाको दिपायल सिलढी नगरपालिका –७ पाकरीकन ४८ वर्षीया चन्द्रा विष्ट मृत अवस्थान गाउँनजिकको जङ्गलमा फेला पर्नुभएको हो ।

स्थानीय हिक्मतबहादुर विष्टका अनुसार चन्द्रा शनिबार बिहान ११ बजेतिर घाँस काट्न भनेर घरबाट निस्किनु भएको थियो । साँझ ७ बजेसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्नुभएको थियो । 

खोजीकार्यका लागि प्रहरीलाई राति ९ बजे खबर गरिएको थियो । आइतबार बिहान चन्द्राको शव घरभन्दा आधा घण्टाको दूरीमा रहेको जङ्गलमा भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो । शव जङ्गलमा घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको भट्टराईले बताउनुभयो ।