• २० असार २०८१, बिहिबार

मार्तडी-कोल्टी सडक अवरुद्ध

blog

फाइल तस्बिर ।

बाजुरा, असार १८ गते । अविरल वर्षापछि आएकाे पहिरोले जिल्लाको पूर्वी-उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक अवरुद्ध भएको छ । मार्तडी–कोल्टी सडक अन्तर्गत बडीमालिका नगरपालिका–७ जिल्लीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी रवीन्द्रसिंह कार्कीले जानकारी दिनुभयो ।

सडक अवरुद्ध हुँदा मार्तडी–कोल्टी सडकमा चल्ने जिप तथा मालवाहक सवारी साधान ठप्प भएका छन् भने  मानिस आवतजावतमा समस्या भएको छ । रासस