• १२ साउन २०८१, शनिबार

धनकुटामा किराँत सांस्कृतिक उत्सव

blog

उभौली पर्वका अवसरमा धनकुटामा आयोजना गरिएको खानपान तथा भेषभुषा प्रदर्शनी तथा सांस्कृतिक उत्सव ।

कबिराज घिमिरे

हिले, जेठ २७ गते । किराँत संस्कृतिको संरक्षण गर्न उभौली पर्वका अवसरमा धनकुटामा खानपान तथा भेषभुषा प्रदर्शनी तथा सांस्कृतिक उत्सव सुरु भएको छ ।

धनकुटामा सुम्निमा पारुहाङ भवन निर्माणका लागि सहयोगार्थ सञ्चालित उत्सव ३२ गतेसम्म चल्ने आयोजक किराँत राई यायोख्खा धनकुटाले जनाएको छ । धनकुटाको तल्लो टुँडिखेलमा सुरु भएको उत्सवमा जातीय खानाका परिकार, विभिन्न किराँत सांस्कृतिक झलक प्रस्तुति दिने स्टल तथा खानाका परिकारसहित १० स्टल रहेका  छन् ।

आदिवासी जनजातिको संस्कार संस्कृति र भेषभुषाको प्रदर्शन, आर्थिक समृद्धिका लागि स्वच्छ पर्यावरण र पर्यटन भन्ने मूल नाराका साथ सुरु भएको उत्सवमा किराँत खानाका परिकार, सांस्कृतिक वेषभुषा प्रदर्शनी हुने आयोजकले जनाएको छ । 

आयोजक समितिका संयोजक पृथुराम राईले सामाजिक एकता प्रदर्शन गर्दै जातीय पहिचानसहित किराँत संस्कृतिको संरक्षण गर्न उत्सव फलदायी बन्ने बताउनुभयो । धनकुटा नगरपालिका –६ राई कुवा टोलमा रहेको जग्गामा भवन बनाउन सहयोग अभियान सुरु गरिएको उहाँको भनाइ छ ।

उत्सवको उद्घाटनमा खानेपानीमन्त्री राजेन्द्र राईले गर्नुभयो । उत्सव उद्घाटनको अवसरमा विभिन्न जातिको सांस्कृतिक नाच प्रस्तुत गरिएको थियो ।