मकैको खोस्टाबाट हस्तकलाका सामग्री बनाइँदै
जिल्लाको रामपुर नगरपालिकाले महिलालाई मकैको खोस्टा (पोस्कर) बाट हस्तकलाका सामग्री उत्पादन गर्ने सिप प्रदान गरेको छ ।
तालिकाअनुसार एमबिबिएस पढाइ सञ्चालन होस् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानलाई कार्यतालिकासहित एमबिबिएसको पढाइ अघि बढाउन निर्देशन दिनुभएको छ ।
सडक दुर्घटनामा एक जनाको मृत्यु
कैलालीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका –४ भालुफाँटास्थित पूर्व–पश्चिम राजमार्गमा म प्र ०३–००२ ख ००११ नम्बरको ट्रक र सुदूरपश्चिम प्रदेश ०१–०११ प ४४४३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा एकको ज्यान गएको हो ।
चिनियाँ पर्यटकलाई नेपाल भ्रमणको निम्तो
होटल सङ्घ नेपाल (हान) ले चिनियाँ पर्यटक भित्र्याउन र चिनियाँ पर्यटन व्यवसायीबिच सम्बन्ध विस्तार गर्ने उद्देश्यले चीनको राजधानी बेइजिङमा नेपाल पवर्धनात्मक कार्यक्रमको आयोजना गरेको छ । बेइजिङस्थित नेपाली राजदूतावास र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा बोल्दै चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपालका प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी दिँदै चिनियाँ समुदायलाई नेपाल भ्रमणका निम्ति प्रेरित गर्नुभएको छ । हानका महासचिव तथा प्रवक्ता साजन शाक्यका अनुसार नेपाल आउने पर्यटकको दोस्रो ठुलो बजार चीनबाट धेरैभन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्यसहित पवर्धनात्मक कार्यक्रम आयोजना गरिएको हो ।
‘एमसिसी निर्धारित समयमै सक्न सरकार प्रतिबद्ध’
अर्थमन्त्री वर्षमान पुनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना अन्तर्गतका सबै काम निर्धारत मितिमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल भ्रमणमा रहनुभएका एमसिसीका युरोप, एसिया, प्रशान्त र ल्याटिन अमेरिकाका लागि सहायक उपाध्यक्ष जोनाथन बु्रक्ससँगको भेटमा सरकार पूर्वनिर्धारित समयमा एमसिसी सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउनुभएको हो । आयोजना समयमै सम्पन्न गर्न मन्त्रालयका तर्फबाट गर्नुपर्ने काममा आवश्यक सहयोग र समन्वय हुने उहाँको भनाइ थियो । “एमसिसी कम्प्याक्टका आयोजना समयमै सक्नेमा सरकारको प्रतिबद्धता छ र त्यो रहिरहन्छ,” उहाँले भन्नुभयो ।
विशेषमा मुद्दा फर्स्योट तीव्र
विशेष अदालतले मुद्दा फर्स्योटमा ऐतिहासिक रेकर्ड कायम गरेको छ । विशेषले दर्ता अनुपातमा पहिलो पटक मुद्दा सङ्ख्या तीव्र रूपमा घटाएको छ । जेठ २० गते यता १०४ थान मुद्दा मात्र अब विशेषमा विचाराधीन छन् । विशेष अदालतमा दायर मुद्दा छ महिनाभित्र फर्स्योट गर्नुपर्ने कानुनी व्यवस्था छ । कानुनले तोकेको समयसीमाभित्र मुद्दा सक्ने लक्ष्य पछिल्लो समय अदालतले लिएको छ ।
समुद्रसम्म आफ्नै फाइबर लिङ्क स्थापना गर्न सिफारिस
नेपालमा ब्यान्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे) को सम्भावनाको अध्ययन गर्न गठित समितिले नेपाल भित्रिने ब्यान्डविथलाई व्यवस्थापन गर्ने सम्बन्धमा समुद्रसम्म आफ्नै फाइबर लिङ्क स्थापना गर्न सिफारिस गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष मङ्गलबार बुझाइएको प्रतिवेदनले हालको ब्यान्डविथको खपत र भविष्यको आवश्यकतालाई ध्यानमा राखेर सोको लागत, मर्मत सम्भार र प्रतिफलको विस्तृत विश्लेषण गरी समुद्रसम्म आफ्नै फाइबर लिङ्क स्थापना गर्न सिफारिस गरेको हो ।
मोदी नेतृत्वको गठबन्धनलाई प्रस्ट बहुमत
भारतको लोक सभा निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको ‘राष्ट्रिय लोकतान्त्रिक गठबन्धन’ (एनडिए) लाई प्रस्ट बहुमत प्राप्त भएको छ । बुधबार बिहान १:३० बजेको मतगणना परिणाम अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई तेस्रो पटक सत्ता सञ्चालनका लागि जनअनुमोदन प्राप्त भएको हो ।
१० वर्षपछि विश्वकप मैदानमा नेपाल : पहिलो खेलमा आज नेदरल्यान्ड्ससँग भिड्दै
आइसिसी टी–२० विश्वकप क्रिकेटमा १० वर्षपछि पुनरागमन गरेको नेपाल मंगलबार नेदरल्यान्ड्ससँग खेल्दै छ।
अमेरिकामा नेपाल म्युजियम खोल्न कस्सिए जोशी
अमेरिकामा नेपाली संस्कृति जगेर्नाका लागि ‘नेपाल हेरिटेज म्युजियम’ स्थापना गर्ने इच्छा बोकेका नेपालीमूलका बाल जोशीले स्रोत जुटाउन एभरेष्ट म्याराथन दौडमा लाग्नुभएको छ ।
गर्मीमा हैजाबाट बच्न के गर्ने ?
पछिल्ला केही दिनदेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा झाडापखालाका बिरामी बढ्दै गएका छन्। अस्पतालका अनुसार पछिल्लो केही दिनदेखि दैनिक दुई तीन जना बिरामी झाडा पखालाको समस्या लिएर अस्पताल पुग्ने गरेका छन्।
पानीको कहानी बोकेर चुरेवासी माइतीघरमा
‘दूर दूर गेला पर भी पानी नही भेटैछ, आब कोना जीव ? ताहि लेल हम सब सरकारी घर (सिंहदरबार) मे विरोध करय लेल आयल छी ।’ अर्थात् टाढाटाढा गएर पनि पानी भेटिँदैन, हामी कसरी जिउने ? त्यसैले धर्ना दिन हामी सरकारी घर (सिंहदरबार) नजिक आएका हौँ ।
‘यो मौसम लामखुट्टे नियन्त्रण गर्ने गोल्डेन समय हो’
सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनले डेंगु फैलिन नदिन बेलैमा सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताउनुभयो ।
शीर्ष नेताहरूबिच समसामयिक विषयमा छलफल
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेतासँग संवाद गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग समसामयिक राजनीतिक सन्दर्भमा छलफल गर्नुभएको हो ।
उद्योग दर्ता सिफारिस अब अनलाइनमार्फत
खाद्य तथा दाना उद्योग दर्ता सिफारिसका लागि अब खाद्य प्रविधि तथा गुण निणन्त्रण विभाग धाउनु पर्दैन । घर बसी बसी अनलाइनमार्फत सिफारिस प्राप्त गर्न सकिन्छ । त्यसका लागि विभागले सोमबार नेपाल खाद्य तथा दाना उद्योग अनुमति प्रणाली सार्वजनिक गरेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहबाट सार्वजनिक गर्नुभएको सो अनलाइन प्रणालीबाट उद्योगीले जहाँबाट पनि उद्योग सञ्चालन तथा दर्ताका लागि सिफारिस लिन सक्छन् । सो प्रणालीबाट नयाँ उद्योगका लागि सिफारिस मात्र होइन, नवीकरण, खाद्य वस्तु तथा दाना उद्योगको अनुज्ञापत्र तथा उद्योगको अध्यावधिकसमेत गरिने विभागले जनाएको छ ।
अनुदान कटौती भएकोमा स्थानीय सरकार असन्तुष्ट
स्थानीय तहले सङ्घीय सरकारबाट चालु आर्थिक वर्ष २०८०/८१ का लागि पाउनुपर्ने वित्तीय समानीकरण अनुदानको चौथो किस्ताको रकम कटौती गरेपछि स्थानीय तहका जनप्रतिनिधिले सिंहदरबारमा पुगेर सरकारको ध्यानाकर्षण गराएका छन् । सङ्घीय सरकारले स्थानीय तहलाई प्रदान गर्नुपर्ने वित्तीय समानीकरण अनुदानको २५ प्रतिशत रकम नपठाएपछि स्थानीय तहका जनप्रतिनिधिले आइतबार अर्थ मन्त्रालयको मूल गेटमा पुगेर सरकारको ध्यानाकर्षण गराएका हुन् ।
पाँच महिनामा भित्रिए पाँच लाख विदेशी पर्यटक
सन् २०२४ को पाँच महिनामा पाँच लाखभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२४ को जनवरीदेखि मेसम्म पाँच लाख छ हजार २८० पर्यटक नेपाल आएका हुन् । तीमध्ये मे महिनामा मात्रै ९० हजार २११ पर्यटक नेपाल भित्रिएका छन् । बोर्ड निर्देशक मणिराज लामिछानेले भन्नुभयो, “यो वर्ष नेपाल भित्रिएका विदेशी पर्यटकमध्ये पहिलो स्थानमा भारतीय र दोस्रोमा अमेरिकी छन् । यसअघि दोस्रो ठुलो बजार रहेको चिनियाँ पर्यटक बढाउन सके सरकारले आगामी आर्थिक वर्षभित्र १६ लाख पर्यटक भित्र्याउने लक्ष्य भेट्टाउन सहज देखिन्छ ।” हाल नेपाल आउने भारतीय पर्यटकको सङ्ख्या ४२ प्रतिशत रहेको र चिनियाँ पर्यटकको सङ्ख्या नौ प्रतिशत मात्रै रहेकाले सन् २०२४ भित्र चिनियाँ पर्यटकको सङ्ख्या १२ देखि १५ प्रतिशतसम्म पुग्ने गरी प्रवर्धन भइरहेको उहाँले बताउनुभयो ।
उखु कृषकको भुक्तानी तत्काल गर्न सांसद लामाको माग
नेकपा (एमाले) का सांसद तारा लामा तामाङले नेपाल सरकारले उखु किसानहरुलाई दिनुपर्ने भुक्तानी यथाशीघ्र प्रदान गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभा बैठकमा सोमबार शुन्य समयमा बोल्नुहुँदै उहाँले सो माग गर्नुभएको हो ।
सडक दुर्घटना : सबैभन्दा बढी उपत्यका र मधेश प्रदेशमा
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ उपत्यका र मधेश प्रदेशमा सबैभन्दा बढी सडक दुर्घटना भएको छ । आर्थिक वर्ष २०७८-७९ मा देशभर भएको जम्मा सवारी दुर्घटना सङ्ख्या २४ हजार ५३७ छ ।
लोकतन्त्रले थिचोमिचो स्विकार्दैन : पूर्व राष्ट्रपति डा.यादव
पूर्वराष्ट्रपति डा.रामवरण यादवले लोकतान्त्रिक गणतन्त्रको उपलब्धि बहुआयामिक रहेको बताउनुभएको छ । गणतन्त्र दिवस, २०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस) द्वारा आयोजित तस्बिर प्रदर्शनीको आज अवलोकनपछि प्रतिक्रिया दिनुहुँदै पूर्वराष्ट्रपति डा.यादवले संसारमा भएका शासन प्रणालीमध्ये सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था नै सबैभन्दा उत्कृष्ट रहेको बताउनुभयो ।
सुन्तला बगैँचामा औँसा किराको प्रकोप
गुल्मीका किसानको सुन्तला बगैँचामा औँसा किराको प्रकोप देखिएको छ । आफूहरूले लगाएको सुन्तला बगैँचामा औँसा किराको प्रकोप देखा परेपछि भाडगाउँका किसान चिन्तित बनेका छन् ।
आयुर्वेद उपचार सेवा लिने सेवाग्राही बढे
कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेको गणेशपुर आयुर्वेद औषधालयमा स्वास्थ्य सेवा लिनेको सङ्ख्या बढेको छ । गाउँपालिकाको वडा ७ प्रसोहियामा रहेको औषधालयमा कृष्णनगर र भारतबाट स्वास्थ्य सेवा लिन आएपछि सेवा लिनेको सङ्ख्यामा वृद्धि भएको हो ।
तीन दिनदेखि विद्युत सेवा अवरुद्ध हुँदा प्युठानको जनजीवन प्रभावित
तीन दिनदेखि प्युठानमा विद्युत अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ । लमहीबाट झिम्रुक पावर हाउस आउने १३२ केभीको लाइन दाङको अर्जुनखोलाबाट उत्तरतर्फको भित्री घना जङ्गल चक्लिघाट भन्ने स्थानको भिरमा मुख्य लाइनको एउटा फेज तार जेठ १९ गते राति आएको हावाहुरीका कारण तार चुडिएपछि विद्युत् सेवा अवरुद्ध भएको हो
आर्थिक मन्दीलाई चलायमान बनाउन म्याग्देमा महोत्सव
आर्थिक मन्दीले तनहुँको म्याग्दे गाउँपालिकाको व्यवसाय सुस्ताए पछि चलायमान बनाउन महोत्सव गर्न लागिएको छ । म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा ‘प्रथम म्याग्दे महोत्सव २०८१’ गर्न लागिएको हो ।