• १२ साउन २०८१, शनिबार

सडक दुर्घटनामा एक जनाको मृत्यु

blog

विरोधमा स्थानीयद्वारा सडक अवरुद्ध गरिँदै । प्रहरीले बाटो खुलाएको छ ।

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), जेठ २३ गते । कैलालीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका –४ भालुफाँटास्थित पूर्व–पश्चिम राजमार्गमा म प्र ०३–००२ ख ००११ नम्बरको ट्रक र सुदूरपश्चिम प्रदेश ०१–०११ प ४४४३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा एकको ज्यान गएको हो ।

मोटरसाइकल चालक घोडाघोडी नगरपालिका –१ का २३ वर्षीय कमल तिरुवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। ट्रक र मोटरसाइकल मङ्गलबार राति ११ः५५ बजेको समयमा एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो । गम्भीर घाइते तिरुवाको मङ्गलबार राति उपचारको क्रममा निसर्ग अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा संलग्न ट्रक र ट्रक चालक दोलखाको बिगु गाउँपालिका –४ बस्ने ५० वर्षीय पदमबहादुर बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ। स्थानीयले विरोधमा बाटो अवरुद्ध गरे पनि सुरक्षाकर्मीले बाटो खुलाएको छ ।