७५ कुकुरको बन्ध्याकरण
तानसेन नगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण अभियान सञ्चालन गरेको छ । तानसेन नगरभित्रका १७ कुकुरको बन्ध्याकरण गरिएको हो ।
तानसेनमा सहज भयो खानेपानी
तानसेनमा खानेपानी सहज बन्दै गएको छ । तानसेन खानेपानी उपभोक्ता समितिमा नयाँ पदाधिकारी आएसँगै खानेपानी समस्या सहज बन्दै गएको हो ।
मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमबाट ९०१ ले पाए सेवा
सदरमुकाम चरीकोटस्थितको पशुपति चौलागाईँ स्मृति अस्पतालमा सञ्चालित मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमबाट पुरुष २८३ र महिला ६१८ गरी कुल ९०१ जनाले सेवा लिएका छन् ।
काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान
हाल मुलुकमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको विहार आसपासको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
‘नेपाल आर्थिक सुधारको चरणमा’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको र जनताका जीवनस्तरमा सुधार ल्याउन सरकारले रणनीतिक महत्वको कार्यक्रम अघि सारेको बताउनुभएको छ । सदरमुकाम चौतारामा निर्माण सम्पन्न प्रदेश स्तरको ५० शय्याको चौतारा अस्पतालको बुधबार उद्घाटन गर्नुहुँदै उहाँले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने उल्लेख गर्नुभयो ।
विधेयकको प्राथमिकता सूची तयार
संसद्को हिउँदे अधिवेशनमा सदनलाई अपेक्षित बिजनेस दिन नसकेको सरकारले बर्खे अधिवेशनका लागि विधेयकको प्राथमिकता तय गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले अन्य मन्त्रालयसँगको परामर्शमा विधेयकको प्राथमिकता तय गरेको हो । पहिलो चरणमा मन्त्रालयले ६३ विधेयकलाई प्राथमिकताको सूचीमा राखेको छ । मन्त्रालयले दोस्रोमा ३८ र तेस्रोमा १५ विधेयकलाई प्राथमिकतामा राखेको छ । प्राथमिकता क्रम अनुसार नै अब मस्यौदा तर्जुमा र विधेयक संसद्मा पेस हुने छन् ।
पशुपतिनाथका चारै ढोका खुला गरिने
पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् बैठकले असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला गर्ने निर्णय गरेको छ। धार्मिक एवं परम्परागत पक्षलाई कायम राखेर दर्शनार्थीलाई सहज रुपमा भगवान पशुपतिनाथको दर्शन गर्ने व्यवस्था मिलाइएको हो।
गर्मीले पठनपाठनमा समस्या भएपछि विद्यालय बिदा
अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि कैलालीको लम्कीचुहा नगरपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा पाँच दिन सार्वजनिक बिदा गरिएको छ ।
महिला राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्छ : पूर्व राष्ट्रपति भण्डारी
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाले राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्ने बताउनुभएको छ। नेकपा (एमाले) ले आयोजना बुधबार काठमाडौँमा आयोजना गरेको राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो।
तस्बिरले राजनीतिक सङ्घर्षको झल्को दिएको छ : उपसभामुख राना
उपसभामुख इन्दिरा रानाले गोरखापत्रमा प्रदर्शनमा राखिएका ऐतिहासिक तस्बिरले लोकतन्त्रदेखि प्रजातन्त्र स्थापनासम्मको राजनीतिक सङ्घर्षको झल्को दिएको बताउनुभएको छ।
बौद्ध सम्पदाहरु जोड्नु आवश्यक
बौद्ध सम्पदाका अध्येता तथा बौद्ध परम्पराविद्ले बुद्धसँग सम्बन्धित साझा सम्पदाको संरक्षण गर्दै शान्ति र समृद्धिका लागि नयाँ पुस्तामा तिनको ज्ञान प्रवाह गर्नुपर्नेमा सहमति जनाएका छन्।
ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु
मिनी ट्रक दुर्घटना हुँँदा धनगढीमा एक जनाको मृत्यु भएको छ । कैलाली जिल्लाको भजनी नगरपालिका–७ चर्रामा से १ ख १६२७ नम्बरको मिटी ट्रक दुर्घटना भएको हो ।
क्यान्सरपीडितलाई आठ लाख सहयोग
कोहलपुर नगरपालिका –१० मा रहेको जीवनज्योति विद्यालयले प्राणघातक रोग ब्लड क्यान्सरबाट पीडित आफ्नो स्कुलका एक जना बिद्यार्थीको उपचारमा आठ लाख रुपियाँ बढीको सहयोग गरेको छ ।
‘गणतन्त्रका उपलब्धि संस्थागत गरौँ’
सत्रौँ राष्ट्रिय गणतन्त्र दिवस मङ्गलबार चीनको सिचुवान प्रान्तको राजधानी छेन्दुस्थित नेपाली महावाणिज्य दूतावासमा विशेष कार्यक्रम आयोजना गरी मनाइएको छ ।
कैदी बन्दीद्वारा रक्तदान
गणतन्त्र दिवस २०८१ को अवसरमा जिल्ला कारागार स्याङ्जाका कैदी बन्दीले रक्तदान गरेका छन् । दिवसको अन्तिम दिन बुधबार कारागारमा २० जना पुरुषले रक्तदान गर्नु भएको हो ।
दक्षिण कोरियामा प्रशिक्षण कार्यक्रम हुने
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले बृहत् अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । जनसम्पर्क समितिका सभापति भजिन्द्र क्षेत्रीले नेपालमा भएको समसामयिक राजनीतिक घटनाक्रम, प्रवासमा नेपाली दाजुभाइ दिदीबहिनीको अवस्था लगायतका विविध विषयमा छलफल हुने बताउनुभयो ।
संरक्षणको पर्खाइमा क्रान्ति सङ्ग्रहालय
तुलसीपुर उपमहानगरपालिका –१९ सक्राममा रहेको क्रान्ति सङ्ग्रहालय संरक्षणको पर्खाइमा छ ।२०६२–६३ को जनआन्दोलन पश्चात् तत्कालीन नेकपा (माओवादी केन्द्र) का सेनालाई व्यवस्थापन गर्न दीर्घस्मृति बिग्रेडमा प्रारम्भिक चरणमा करिब दुई हजार सेना राखिएको थियो ।
शिविरमा साढे चारसयको निःशुल्क उपचार
गणतन्त्र दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी बेनी नगरपालिका –४ सिङ्गा उपशाखा र दर्शन फाउण्डेसन पोखराको संयुक्त आयोजनामा भएको स्वास्थ्य शिविरबाट साढे चारसय जना सर्वसाधारणले सुविधा लिएका छन् ।
लोक सेवा विशेष विषयगत प्रश्नोत्तर
आर्थिक विकासमा उद्योगको महत्व १. मुलुकको आर्थिक विकासमा उद्योगको महत्व उल्लेख गर्दै औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिम उद्योगको वर्गीकरण र स्थिर पुँजीसम्बन्धी व्यवस्था प्रस्तुत गर्नुहोस् । श्रम, सिप र स्रोतसाधनको उचित संयोजन गरी वस्तु तथा सेवा उत्पादन गर्ने विभिन्न गतिविधिलाई उद्योग भनिन्छ । मुलुकको अर्थतन्त्रको विकास र विस्तार गर्न उद्योगको महìवपूर्ण भूमिका रहन्छ । स्थानीय स्रोतसाधन र सिपको प्रयोग गरी वस्तु तथा सेवा उत्पादन गर्दा स्वदेशी कच्चा पदार्थको उपयोग बढ्ने, स्थानीयबासीका लागि रोजगारीका अवसर सिर्जना हुने, नागरिकको आयस्तर वृद्धि हुने, साथै अग्र र पृष्ठ सम्बन्धका आधारमा अर्थतन्त्रका अन्य क्षेत्रमा समेत सकारात्मक प्रभाव पर्ने हुने मुलुकको आर्थिक विकासका लागि उद्योग क्षेत्रलाई मेरुदण्डको रूपमा लिइन्छ । मुलुकको आर्थिक विकासका लागि उद्योगको महत्वलाई देहायबमोजिम प्रस्तुत गर्न सकिन्छ ।
उत्पादकत्व र रोजगारी वृद्धिमा सघाउने बजेट
सरकारले उत्पादकत्व र रोजगारी वृद्धि गरी आमनागरिकको विश्वास बढाउने नीति लिँदै बजेटमा चालु आर्थिक वर्ष २०८०/८१ को बराबरको बजेटलाई नै निरन्तरता दिएको छ । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै आन्तरिक रोजगारीमा चालु आवकै बजेटमा निरन्तरता दिने गरी बजेट प्रस्तुत गर्नुुभएको हो । चालुु आवमा श्रम रोजगारीका लागि आठ अर्ब आठ करोड विनियोजन गरिएकोमा आगामी आवका लागि आठ अर्ब १० करोड रुपियाँ विनियोजन भएको छ ।
राष्ट्रपतिद्वारा शुभकामना
राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक, सामाजिक, तथा न्यायिक क्षेत्रमा महिलाको सम्मानजनक सहभागिताका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको छ । छैटौँ राष्ट्रिय महिला अधिकार दिवसको शुभकामना दिँदै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । सन्देशमा उहाँले महिलाको अधिकारलाई सुनिश्चितता प्रदान गर्दै लैङ्गिक समानता कायम गर्न विगतमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासलाई यस दिवसले अझ सम्मान र पहिचानका साथ थप ऊर्जा प्रदान गर्ने विश्वास लिनुभएको छ ।
डुबेर एकको मृत्यु
झापाको मेचीनगर नगरपालिका ३ निन्दा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका ३ बडाखाल बस्ने ४० बर्षीय धनराज भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हावाहुरीका कारण ४७ घरमा क्षति
कपिलवस्तुमा हावाहुरीका कारण ४७ घरमा क्षति पुगेको छ । विजयनगर गाउँपालिकाको ४ वडामा ४२ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।
पुराना आयोजना अलपत्र हुने बजेट आयो : प्रकाशशरण महत
नेपाली काँग्रेसका सांसद एवं पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले धेरै पुराना आयोजना अलपत्र हुने किसिमले बजेट आएको बताउनुभएको छ।