शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                अविनाश चौधरी
धनगढी, जेठ १६ गते । अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि कैलालीको लम्कीचुहा नगरपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा पाँच दिन सार्वजनिक बिदा गरिएको छ ।  
सो पालिकाल बुधबार सार्वजनिक सूचना जारी गर्दै बढ्दो गर्मीका कारण जनजीवन कष्टकर भइरहेकाले जेठ १७ देखि २१ गतेसम्म विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । केही दिन यता कैलालीसहित तराईमा अत्यधिक गर्मी बढेको छ । गर्मीका कारण विद्यार्थी बिरामीसमेत हुन थालेका छन् । 
यसैगरी, जोशीपुर गाउँपालिकाले विहानमात्रै कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । सो पालिकाले भोलिदेखि सबै विद्यालयमा बिहान ६ देखि १०ः३० बजेसम्म कक्षा सञ्चालन गर्नका लागि विद्यालयहरुलाई पत्र पठाएको छ ।