सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति
नागरिकता कसुर मुद्दामा धनुषा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहियालाई तेस्रो पटक तीन दिन हिरासतमा राख्न जिल्ला अदालत धनुषाले अनुमति दिएको छ ।
गोरखापत्रमा प्रेस युनियनको शुभकामना आदान–प्रदान
नेपाल प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियन गोरखापत्र प्रतिष्ठान शाखाले सोमबार शुभकामना आदन–प्रदान एवं सम्मान कार्यक्रम आयोजना गरेको छ ।
‘सरकारले बालबालिकाको क्षेत्रमा लगानी गर्नुपर्छ’
समुन्नत समाज निमार्णका लागि तीनवटै तहका सरकारले बालबालिकाको क्षेत्रमा लगानी गर्नुपर्नेमा वक्ताहरूले जोड दिनु भएको छ ।
‘युग सुहाउँदो समाजवादको मोडल विकास गर्नुपर्छ’
पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले युग सुहाउँदो नयाँ समाजवादको मोडल विकास गर्नुपर्ने बताउनुभएको छ ।
गलेश्वरका ज्येष्ठ नागरिकलाई भोजन
गणतन्त्र दिवस–२०८१ को अवसरमा पवित्र धार्मिकस्थल बेनी नगरपालिका–९ गलेश्वरमा रहेको ज्येष्ठ नागरिक आश्रममा रहेका ज्येष्ठ नागरिक तथा संस्कृत विद्यालयका विद्यार्थीलाई सोमबार बिहानको भोजन गराइएको छ ।
खोलाले बगाउँदा दुई बेपत्ता
दार्चुलाको मार्मा गाउँपालिकामा खोलामा बगेर दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार गए राति मार्मा गाउँपालिका –५ मुरैस्थित गन्याड खोला तर्ने क्रममा बगेर स्थानीय २५ वर्षीया झुपा टमटा र ६ वर्षीय ऐन विक बेपत्ता भएका हुन् ।
झन्डै एक खर्बले बढ्यो बेरुजु
आर्थिक वर्ष २०७९/८० मा सरकारको बेरुजु ९५ अर्ब ६० करोड रुपियाँले बढेको छ । आव २०७८/७९ मा एक खर्ब १९ अर्ब रुपियाँ बेरुजु थपिएको थियो । अघिल्लो आव २१.४५ प्रतिशतले बढेको बेरुजु आव २०७९/८० मा भने यो वृद्धि १४.०५ प्रतिशतले मात्र बढेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
कार्यादेश टुङ्ग्याउन शीर्ष नेताको बैठक आज
सहकारी संस्थाको रकम अपचलन, हिनामिना र अनियमितताका सन्दर्भमा संसदीय छानबिन समिति गठनको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुटाउन सोमबार शीर्ष नेताको बैठक बस्ने भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीका अनुसार आइतबार बिहान ९ बजे बस्ने तय भएको बैठक सोमबारलाई सारिएको हो । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताको बैठकबाटै समितिको कार्यादेश बनाउने जिम्मा पाएको समितिमा भएको सहमति र विमतिको विषयलाई टुङ्ग्याउने गरी बैठक बस्ने भएको हो ।
भौतिक पूर्वाधारमा द्रुत विकास : रेलपछि सुरुङमार्गमा प्रवेश
जनक्रान्तिको जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १६ वर्ष पूरा हुँदा देशको भौतिक पूर्वाधारमा पनि तीव्र विकास भएको छ । यस अवधिमा देशमा सडक, पुल, रेल, सुरुङमार्गसहित पूर्वाधार निर्माणमा द्रुत प्रगति हासिल भएको हो । गणतन्त्र स्थापनापछि सङ्घ, प्रदेश र स्थानीय सरकारको संयोजनका कारण सडक सञ्जालको विस्तारमा अपेक्षाकृत सफलता हासिल भएको छ । ९० प्रतिशतभन्दा बढी नागरिक आफ्नो गाउँबाट एक घण्टा पैदल यात्रामा सडकमार्गसम्म पुग्न सक्ने भएका छन् । २०६४ मा पाँच हजार ४०२ किलोमिटर पक्की सडक रहेको थियो । सडक विभागका अनुसार अहिले सडक विस्तार १६ हजार ६१४ किलोमिटर पुगेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को फागुनसम्म सडक विभाग अन्तर्गत निर्माण भएका सडकको जम्मा लम्बाइ ३४ हजार २६७ किलोमिटर पुगेको छ ।
जेसिबीमा आगलागी हुँदा क्षति
सर्लाहीको लालबन्दीमा जेसिबीमा आगलागी भएको छ । लालबन्दी नगरपालिका –५, स्थित कालिन्जोर खोलामा रोकिराखेको बा ३ क २९८६ नम्वरको जेसिबीमा आगलागी हुँदा जलेर क्षति भएको छ ।
ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सर्लाहीको बसबरिया गाउँपालिका–१, मानपुरमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक धनकौल गाउँपालिका–३, हरकठवाका ३० वर्षीय सुरेशकुमार सिंहको मृत्यु भएको हो ।
वैदेशिक रोजगारीका लागि ५९ लाखले छाडे नेपाल
नेपालबाट अहिलेसम्म वैदेशिक रोजगारीका लागि साढे ५९ लाख व्यक्ति विदेश गएका छन्। अर्थमन्त्रालयले सङ्घीय संसदमा आइतबार प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणअनुसार २०८० फागुनसम्म ५९ लाख ६९ हजार नेपालीले वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएको पाइएको छ।
म्याराथन उपविजेता गुरुङलाई सम्मान
महिला हाफ म्याराथन प्रतियोगितामा द्वितीय हुन सफल फुङ्लिङ नगरपालिका –६ का कुमारी गुरुङलाई वडा कार्यालयले सम्मान गरेको छ ।
जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औँ स्थानमा
नेपाल भू-बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ। जलवायु परिवर्तनले हुने तापक्रम वृद्धिको असर हिमाली क्षेत्रमा बढी परेको छ।
गर्मीका कारण विद्यालय पाँच दिन बन्द रहने
तातो हावा ‘लु’ चलेर अत्यधिक गर्मी बढेपछि नेपालगन्ज उपमहानगरभित्रका विद्यालय पाँच दिनका लागि बन्द हुने भएका छन् ।
प्रेसलाई अङ्कुश लगाउन काम गर्नुहुँदैन : महामन्त्री थापा
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रेसलाई अङ्कुश लगाउने काम गर्न नहुने बाउनुभएको छ ।
बजेट अगाडि संसदीय समितिका लागि सहमति बन्छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट वक्तव्य आउनु अघिसम्ममा संसदीय छानबिन समिति बनाउन समझदारीमा पुगिने बताउनुभएको छ।
नीति तथा कार्यक्रममाथि छलफल, प्रतिपक्षी दलको विरोध
आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम माथिको छलफल प्रतिनिधिसभा बैठकमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा छलफलका लागि प्रस्ताव पेश गर्नुभएपछि छलफल प्रारम्भ भएको हो ।
आगलागी पीडितको घरमा सांसद न्यौपाने
राष्ट्रिय सभाको सदस्य तथा प्रमुख सचेतक भगवती न्यौपानेले व्यास नगरपालिका –३ फलफूल लाइन, मेनरोडमा आइतबार राति भएको आगलागी पीडितसँग भेट गर्नुभएको छ ।
सामाजिक अनुसन्धान विषयक तालिम सम्पन्न
मदन भण्डारी मेमोरियल कलेजद्वारा सामाजिक अनुसन्धानु विषयमा आयोजित ३ दिने तालिम शनिवार सम्पन्न भएको छ । कलेज अन्तर्गत विभिन्न संकायका शिक्षक तथा कर्मचारीका लागि सो तालिम आयोजना गरिएको थियो ।
सहकारी प्रकरणः कम्पनीको नाम तोकेर संसदीय छानबिन समिति बनाउने सहमति
सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश बनाउन गठित कार्यदलले कम्पनीको नाम उल्लेख गरेर संसदीय छानबिन समिति बनाउने सहमति गरेको छ।
किमाथाङ्कासहित १४ नाका पुनः सञ्चालनमा
सङ्खुवासभाको किमाथाङ्कासहित चीनसँग जोडिएका १४ वटै नाका आजदेखि पुनः सञ्चालनमा आएका छन् । कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ गतेदेखि विभिन्न नाका बन्द गरेको थियो ।
‘नेपाली जनताको चुलो बल्ने अधिकार सुनिश्चित हुनुपर्छ’
नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नागरिकको लामो समयको बलिदान पश्चात् प्राप्त गणतान्त्रिक व्यवस्थामा नेपाली जनताको चुल्हो बल्ने अधिकारको सुनिश्चितता हुनुपर्ने बताउनुभएको छ ।
थारू नयाँ शब्दकोश लोकार्पित
थारु–नेपाली–अंग्रेजी शब्दकोश सार्वजनिक भएको छ । शब्दकोशको प्रतिनिधिसभा सदस्य तथा नाइटिङ्गेल कलेजका सञ्चालक तेजुलाल चौधरीले एक कार्यक्रमबिच लोकार्पण गर्नुभयो ।