• ३ असार २०८१, सोमबार

प्रेसलाई अङ्कुश लगाउन काम गर्नुहुँदैन : महामन्त्री थापा

blog

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा ।

काठमाडौँ, जेठ १३ गते । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रेसलाई अङ्कुश लगाउने काम गर्न नहुने बाउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अहिलेको सत्ता पक्षको रवैयाले प्राप्त गरेको उपलब्धि गुमाउने खतरा कायम रहेको भन्दै उहाँले प्रेस स्वतन्त्रता भनेकै प्रजातन्त्र रहेको भन्दै प्रेसलाई अङ्कुश लगाउने काम गर्न नहुने बताउनुभयो । 

उहाँले प्रतिपक्षलाई संसदमा नियन्त्रण र बाहिर प्रश्नलाई नियन्त्रण गर्ने राम्रो नरहेको बताउनुभयो । महामन्त्री थापाले नेपाली काँग्रेसले अहिले लिएको अडान सर्वसाधारण नागरिकसँग जोडिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘प्रेस स्वतन्ता भनेकै प्रजातन्त्र हो । प्रेसले प्रश्न उठाउन छोड्यो भने, त्यसले त्यहाँभित्रबाट आफ्नो दुविधा राख्न छोड्यो भने डेमोक्रेसी त मर्यो । त्यसैले कन्टेनमाथि सत्ताले कन्ट्रोल गर्नुहुँदैन । प्रतिपक्षलाई संसदमा नियन्त्रण गर्ने, बाहिर प्रश्नलाई नियन्त्रण गर्ने । यो प्रयोग भइरहेको छ । मेरो बारेमा के लेख्यो भन्ने आधारमा मिडियालाई नियन्त्रण गर्न थाल्यो भने कहाँ पुग्छौँ हामी । नेपाली काँग्रेसले अहिले लिएको पोजिसन प्रकारान्तरले तपाईंसँग जोडिएको छ । हाम्रो विरोध प्रदर्शन जुन सत्ताले रवैया देखाइरहेको छ, निरङ्कुशता उन्मुख रवैया हो । यो जुन खालको गठजोड छ, यो गठजोडले देखाएको रवैया निरङ्कुशता उन्मुख छ, अनुदारवादी छ । यसले विस्तारैविस्तारै तपाईं हामीले प्राप्त गरेको उपलब्धि गुमाउनेछौँ ।’’

महामन्त्री थापाले सरकारलाई झक्झक्याउने समय आएको बताउनुभयो ।