करफोकमा ‘कुहिरो बेच्ने’ प्रयास
इलामको करफोक हरियालीभित्र हुस्सु र कुहिरोले ढाकिरहने ठाउँ हो । तराईको अचाक्ली गर्मी छल्न आउनेका लागि करफोक क्षेत्र प्राकृतिक ‘एयर कन्डिसन’ बन्ने गर्छ । धुपी घारीको बिचमा सजिएको करफोकमा कुहिरोभित्र लुका
गुल्मीमा राहदानीबाट १६ लाखभन्दा बढी राजस्व सङ्कलन
जिल्ला प्रशासन कार्यालय गुल्मीमा एक हप्तामा ३२० जनाले राहदानी बनाएका छन् भने राहदानीबाट झण्डै १७ लाख राजस्व सङ्कलन भएको छ ।
कटहरिमा मिनी शीतभण्डार स्थापना
मोरङको कटहरि–१ मा १५ मेट्रिक टन क्षमताको मिनी शीत भण्डार निर्माण गरिएको छ । प्रधानमन्त्री कृषि परियोजनाको ८० प्रतिशत अनुदान र गाउँपालिकाको २० प्रतिशत लगानीमा शीतभण्डार निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले बताउनुभयो ।
कपिलवस्तुको सातौं शताब्दीको ऐतिहासिकस्थल सोनवागढ (फोटो फिचर)
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ मा अवस्थित सातौं शताब्दीको गुप्तकालीन ऐतिहासिक स्थल सोनवागढ ।
आधुनिकीकरण गर्न किसानलाई हाते ट्याक्टर वितरण
म्याग्दीको रघुगंगा गाउँपालिकाले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्न किसानलाई कृषि उपकरण वितरण गरेको छ ।
५३ बोरा सुपारीसहित बोलेरो नियन्त्रणमा
झापा प्रहरीले राजस्व छलेको ५३ वटा बोरा सुपारीसहित बोलेरो नियन्त्रणमा लिएको छ । नेपालमा उत्पादित उसिनेको दुई हजार ३७८ केजी सुपारीसहित प्रदेश १–०१–००१ च ७१२५ नम्बरको पिकअप बोलेरो र गाडी चालक बुद्धशान्ति गाउँपालिका ३ बस्ने ४१ वर्षीय युवराज उप्रेतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरी महानिरीक्षकद्वारा प्राप्त जिम्मेवारी पूरा गर्न निर्देशन
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले राज्यले सुम्पिएको जिम्मेवारी उत्कृष्टरुपमा पूरा गरी राष्ट्र र नागरिकलाई सकारात्मक योगदान दिन प्रहरी कर्मचारी थप सिर्जनशील बन्न निर्देशन दिनुभएको छ ।
सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र नेपालबिच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ।
नेपालगन्जका विद्यालय असार ७ गतेसम्म बन्द
नेपालगन्जको तापक्रम ४४ डिग्री सेल्सियस नाघेपछि विद्यालयको बिदा थप गरेर असार ७ गतेसम्मका लागि बढाइएको छ।
मनसुन नेपाल आउन अझै १० दिन लाग्ने
यस वर्षको मनसुन भारतको केरला आइपुगेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष नेपाल भित्रने मनसुन भारतको केरला आइपुगेको हो ।
भाँचिएको काप्राको हाँगा लागेर एकको मृत्यु
गोरखामा रुख भाँचिएर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सहिद लखन गाउँपालिका –४ ताक्लुङका ५० वर्षीय गिरबहादुर राना रहनुभएको प्रहरीले जनाएको छ ।
पारिवारिक निजी वन सङ्घको अध्यक्षमा भट्टराई
पारिवारिक निजी वन सङ्घको अध्यक्षमा गोपाल भट्टराई चयन हुनुभएको छ । सङ्घको दोस्रो अधिवेशनबाट उहाँ अध्यक्षतामा चयन हुनुभएको हो ।
दक्षिणी मोरङमा विद्युत अवरुद्ध
बिहीबार साँझ दक्षिणी मोरङमा आएको हावाहुरीले रङ्गेली वितरण केन्द्रको ३३ केभी प्रसारण लाइनको विराटनगर–रानी–रङ्गेली फिडरतअन्तर्गत रङ्गेली सबस्टेसनमा आउने मुख्य लाइनको टावर र पोलमा पूर्णरुपमा क्षति पुर्याएको छ ।
नेपालमा तीन वायुको प्रभाव, पाँच प्रदेशमा वर्षाको सम्भावना
हाल नेपालमा तीन वायुको प्रभाव देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जनाएको छ ।
संवैधानिक परिषद्सम्बन्धी विधेयक समितिबाट पारित
संवैधानिक परिषद्ले परिषद्का अध्यक्ष र तत्काल बहाल रहेका कम्तीमा ५० प्रतिशत सदस्यको बहुमतबाट निर्णय गर्न सक्ने व्यवस्थासहित संवैधानिक परिषद्सम्बन्धी विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको छ । १३ महिनापछि समितिले विधेयकको दफावार छलफल सकेको हो । २०८० वैशाख १५ गते विधेयक छलफलका लागि समितिमा पठाइएको थियो ।
लिच्छविकालीन अभिलेख भेटियो
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१०, महादेवटारमा लिच्छवि लिपियुक्त शिवलिङ्ग भेटिएको छ । साबिक भोटसिपा गाविस वडा नम्बर ८ मा लिच्छवि लिपियुक्त शिवलिङ्ग आँपको रुख र काँडाघारीभित्र रहेको खण्डित जलहरि पीठमा छ पङ्क्तिको प्राचीन अक्षर भेटिएको हो ।
कानुनमन्त्री गिरीद्वारा फोटो प्रदर्शनीको अवलोकन
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले गोरखापत्र संस्थानमा प्रदर्शनका लागि राखिएको ऐतिहासिक तथा पुराना तस्बिरहरूको अवलोकन गर्नुभएको छ ।
स्ववियु परिषद् सभापतिमा बुढाथोकी
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) परिषद् सभापति पदमा कोटेश्वर बहुमुखी क्याम्पस स्ववियु सभापति सञ्जय बुढाथोकी चयन हुनुभएको छ ।
खेलकुद मन्त्रीद्वारा त्रिवि क्रिकेट मैदान निरीक्षण
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको निरीक्षण गर्नुभएका छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले त्रिवि मैदानको अहिलेको अवस्था र तत्काल स्तरोन्नति गर्नुपर्ने विषयमा विस्तृत रूपमा जानकारी गराउनुभयो ।
सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्तवादी संस्कृतिले खडा गरेको रूढीवाद, अन्धविश्वास, अन्धभक्तिलाई पाखा लगाएर समाजवादी संस्कृतिको जग बसाल्नुपर्नेमा जोड दिनुभएको छ।
द्वन्द्वका घाइतेको माग सुनुवाइ गर्न आग्रह
कुस्मा नगरपालिका–१३ का टेकनाराण शर्माले राज्यले द्वन्द्वका घाइतेलाई विभेद गरेको आरोप लगाउँदै माग सुनुवाइ गर्न आग्रह गर्नुभएको छ ।
उमेर पुगेर विवाह गर्नेलाई सम्मान
गुल्मीको अग्लुङ्गमा उमेर पुगेपछि विवाह गर्ने जोडीलाई सम्मान गरिएको छ । यस जिल्लाको मदाने गाउँपालिका १, अग्लुङ्गमा विवाहवारी २० वर्ष पारी मुख्य उद्देश्यसहित बालविवाह न्यूनीकरण गर्न २० वर्ष पूरा गरी विवाह गर्ने नवजोडीलाई सम्मान गरिएको हो ।
रोजगार बैंकको अवधारणा कार्यान्वयनमा आउँछ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको तयारी
नेपाल भाषाको पत्रकारिताको इतिहास सय वर्ष पुगेको अवसरमा अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन हुने भएको छ । नेवाः पत्रकार राष्ट्रिय दबुको आयोजना तथा सार्क जर्नलिस्ट फोरम र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को सहकार्यमा सो कार्यक्रम हुने भएको हो ।