सडक दुर्घटना : सबैभन्दा बढी उपत्यका र मधेश प्रदेशमा
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ उपत्यका र मधेश प्रदेशमा सबैभन्दा बढी सडक दुर्घटना भएको छ । आर्थिक वर्ष २०७८-७९ मा देशभर भएको जम्मा सवारी दुर्घटना सङ्ख्या २४ हजार ५३७ छ ।
लोकतन्त्रले थिचोमिचो स्विकार्दैन : पूर्व राष्ट्रपति डा.यादव
पूर्वराष्ट्रपति डा.रामवरण यादवले लोकतान्त्रिक गणतन्त्रको उपलब्धि बहुआयामिक रहेको बताउनुभएको छ । गणतन्त्र दिवस, २०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस) द्वारा आयोजित तस्बिर प्रदर्शनीको आज अवलोकनपछि प्रतिक्रिया दिनुहुँदै पूर्वराष्ट्रपति डा.यादवले संसारमा भएका शासन प्रणालीमध्ये सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था नै सबैभन्दा उत्कृष्ट रहेको बताउनुभयो ।
सुन्तला बगैँचामा औँसा किराको प्रकोप
गुल्मीका किसानको सुन्तला बगैँचामा औँसा किराको प्रकोप देखिएको छ । आफूहरूले लगाएको सुन्तला बगैँचामा औँसा किराको प्रकोप देखा परेपछि भाडगाउँका किसान चिन्तित बनेका छन् ।
आयुर्वेद उपचार सेवा लिने सेवाग्राही बढे
कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेको गणेशपुर आयुर्वेद औषधालयमा स्वास्थ्य सेवा लिनेको सङ्ख्या बढेको छ । गाउँपालिकाको वडा ७ प्रसोहियामा रहेको औषधालयमा कृष्णनगर र भारतबाट स्वास्थ्य सेवा लिन आएपछि सेवा लिनेको सङ्ख्यामा वृद्धि भएको हो ।
तीन दिनदेखि विद्युत सेवा अवरुद्ध हुँदा प्युठानको जनजीवन प्रभावित
तीन दिनदेखि प्युठानमा विद्युत अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ । लमहीबाट झिम्रुक पावर हाउस आउने १३२ केभीको लाइन दाङको अर्जुनखोलाबाट उत्तरतर्फको भित्री घना जङ्गल चक्लिघाट भन्ने स्थानको भिरमा मुख्य लाइनको एउटा फेज तार जेठ १९ गते राति आएको हावाहुरीका कारण तार चुडिएपछि विद्युत् सेवा अवरुद्ध भएको हो
आर्थिक मन्दीलाई चलायमान बनाउन म्याग्देमा महोत्सव
आर्थिक मन्दीले तनहुँको म्याग्दे गाउँपालिकाको व्यवसाय सुस्ताए पछि चलायमान बनाउन महोत्सव गर्न लागिएको छ । म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा ‘प्रथम म्याग्दे महोत्सव २०८१’ गर्न लागिएको हो ।
विशेष चिकित्सक सेवा : सात सयले लिए सेवा
गाउँमा नै विशेष चिकित्सकको सेवा लिन पाएपछि स्याङ्जाको बिरुवाका नागरिक खुसी भएका छन् । नेपाली सेनाको विशेषज्ञ चिकित्सकको टोलीले गाउँमा नै पुगेर नागरिकको स्वास्थ्य परीक्षण गरेको हो ।
छुवाछूतमुक्त राष्ट्र घोषणाको अठार वर्ष, समुदायले अनुभूत गर्न सकेन
नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १८ वर्ष पूरा भयो । जनआन्दोलन २०६२/६३ को सफलतापछि पुनस्र्थापित प्रतिनिधि सभाले २०६३ जेठ २१ गते छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो तर घोषणाको १८ वर्ष पुग्दा पनि दलित समुदायमाथिको जातीय भेदभाव तथा छुवाछुत व्यवहारमा अन्त्य हुन नसकेको सरोकारवालाको भनाइ छ ।
पहिचान पक्षधर पत्रकारलाई समेट्न माग
नेपाल पत्रकार महासंघको निर्वाचनका लागि सूचीकृत गरिएका सदस्यतामा अदिबासी, मधेसी र दलित सदस्यहरुलाई छुटाइएको भन्दै तीन संस्थाका प्रमुखले आपत्ति जनाएका छन् । आइतबार तीन संस्थाका पदाधिकारीले सदस्यता विभेदरहित तरिकाबाट टुंगो लगाउन माग गरेका छन् ।
दुर्घटनामा एकको मृत्यु
झापाको मेचीनगर–१२ कालिझोडास्थित पूर्व–पश्चिम राजमार्गमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
एकसय २६ ले लिनुभयो निःशुल्क स्वास्थ्य परीक्षण
तानसेन नगरपालिका–४ को आयोजनामा भएको निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा १२६ जनाले सेवा लिएका छन् ।
मातृभाषामा पत्रकारिता गर्ने विषयलाई सरकारले प्रोत्साहन गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मातृभाषाको संरक्षण र विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ।
भारतीय सेनाबाट अवकाश भएर भैंसीपालन
राप्तीसोनारी गाउँपालिका वडा नं. ७ भेलोनिया बाँकेका किसान मोहनप्रसाद कँडेल अहिले ४३ वर्ष पुग्नुभयो । कँडेलले सोही ठाउँमा कोपिला बहुआयामिक पशुपन्छी तथा कृषि फर्म सञ्चालन गरिरहनुभएको छ । उहाँले २३ वर्ष भारतीय सेनामा जीवन विताएर अवकाशपश्चात् यो पेशा सुरु गर्नुभएको हो ।
अन्तरतह समन्वय र सहजीकरण तीव्र
सरकारले सङ्घीय व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न अन्तरतह समन्वय र सहजीकरणलाई तीव्र पारेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार तीन तहबिचको समन्वयका लागि विषयगत समिति गठन गरिएको छ । मन्त्रालयका सहसचिव एवं सङ्घीय मामिला महाशाखा प्रमुख सुमन दाहालका अनुसार सात वटै प्रदेशका मुख्यमन्त्री कार्यालयका कर्मचारीलाई प्रादेशिक वित्तीय जोखिम मूल्याङ्कन कार्यविधि र प्रणालीसम्बन्धी कार्यशाला सम्पन्न गरिएको छ । त्यस्तै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत खटाउनेसम्बन्धी मापदण्डलाई पनि अन्तिम चरणमा पु¥याइएको छ ।
स्पष्टीकरण पेस गर्नसमेत ढिला
कानुनले तोकेको समयभित्र लेखा परीक्षण प्रतिवेदन नबुझाउने राजनीतिक दलहरूले निर्वाचन आयोगले दिएको निर्देशनबमोजिम स्पष्टीकरण पेस गर्नसमेत ढिला गरेका छन् । गत वैशाख ९ गते आयोगले एक साताभित्र स्पष्टीकरण पेस गर्न दललाई निर्देशन दिएको थियो तर करिब एक महिना बित्न लाग्दा आयोगको निर्देशनको पालना भएको छैन ।
नेपाली नर्सको नयाँ गन्तव्य खाडी
नर्सिङ विषय अध्ययन गरेका जनशक्ति स्वदेशमै अवसर नपाएपछि विदेशतिर पलायन हुने गरेका छन् । स्वदेशमा न्यून सुविधामा काम गर्नुपर्ने बाध्यता भएपछि उनीहरू विदेशतिर आकर्षित भएका हुन् । नेपालबाट नर्सिङ उत्तीर्ण भएपछि उनीहरूको पहिलो आकर्षण अमेरिका, क्यानडा, अस्ट्रेलिया बेलायतसहितका विकसित मुलुक हुने गरेको छ तर पछिल्लो समय साउदी अरेबिया, दुबई, कतार, कुबेतलगायतका देशप्रति उनीहरूको आकर्षण बढ्न थालेको छ । नेपाल नर्सिङ सङ्घका कोषाध्यक्ष कल्पना श्रेष्ठले पछिल्लो समय ‘करियर बनाउनकै लागि’ साउदी, दुबई, कतार, कुबेत, बहराइनसहितका देशलाई नेपाली नर्सले गन्तव्य बनाएको बताउनुभयो । उहाँले थोरै खर्चमा खाडी मुलुक गएर राम्रो आम्दानी हुने भएकाले नर्सहरू खाडीका देशमा जाने गरेको बताउनुभयो ।
ढल व्यवस्थित भएपछि हट्यो दुर्गन्ध
तानसेन नगरपालिका ४ होलाङदीको ढल व्यवस्थित भएपछि दुर्गन्ध हटेको छ । खुला ढललाई नाली निर्माण गरी व्यवस्थित गरेपछि ढलबाट फैलिरहेको दुर्गन्ध हटेको हो ।
घर भत्किदा एकको मृत्यु
दाङमा हावाहुरीसहितको बर्षाका कारण घर भत्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपर उपमहानगरपालिका वडा १२ रझेनी निवासी ७० बर्षीय भगवान खत्री रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो ।
लागूऔषधसहित ६ जना पक्राउ
अत्तरियाको एक होटलबाट लागूऔषध (खैरो हिरोइन) सहित पाँच जना युवक पक्राउ परेका छन् । गोदावरी नगरपालिका –२ बसपार्क रोडस्थित डोटी–बैतडी होटलको कोठामा लागूऔषध सेवन गरिरहेको अवस्थामा ती युवाहरु पक्राउ परेका हुन् ।
रक्षामन्त्रीद्वारा काजी कालु पाँडेको शालिकमा पुष्पहार अर्पण
रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाल एकीकरणका काजी कालु पाँडेको समाधिस्थलमा पुष्पहार अर्पण गर्नुभएको छ ।
‘दुग्ध उत्पादन बढाउने गरी नीति निर्माण गर्नुपर्छ’
मधेश प्रदेशमा व्यापक मात्रामा पशुपालन गरिए पनि दुग्ध उत्पादन कम भएकाले दुग्ध उत्पादन बढाउने किसिमले राज्यले नीति निर्माण गर्नु पर्नेमा सरोकारवालाले जोड दिनु भएको छ ।
गर्मी बढेसँगै कैलालीका थप विद्यालय बन्द गरिँदै
अत्यधिक गर्मीका कारण पठनपाठनमै समस्या भएपछि कैलालीका स्थानीय तहले धमाधम विद्यालयमा बिदा दिन थालेका छन् ।
ट्राफिक नियमबारे राम्रोसँग जानकारी दिएर मात्र लाइसेन्स दिनुपर्छ : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले बढ्दो सवारी दुर्घटनाको न्यूनीकरण गर्न सवारी चालक अनुमति पत्र वितरण गर्दा नै ट्राफिक नियमका बारेमा चालकलाई राम्रोसँग सचेत बनाउनुपर्ने बताउनुभएको छ ।
‘चरिमाई’ कृतिमाथि विमर्श
लेखक अञ्जना पौडेलको उपन्यास ‘चरिमाई’ माथि स्याङ्जामा विमर्श गरिएको छ । वैकल्पिक बाटो पृथक् पाइला सिर्जनात्मक अभियान स्याङ्जाको आयोजनामा वालिङ –६ मिर्दीमा ‘चरिमाईको विमर्श गरिएको हो ।