• ३ असार २०८१, सोमबार

आगलागी पीडितको घरमा सांसद न्यौपाने

blog

सांसद भगवती न्यौपाने आगलागी पीडितसँग भेटघाट गर्नुहुँदै । तस्बिर– अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, जेठ १३ गते । राष्ट्रिय सभाको सदस्य तथा प्रमुख सचेतक भगवती न्यौपानेले व्यास नगरपालिका –३ फलफूल लाइन, मेनरोडमा आइतबार राति भएको आगलागी पीडितसँग भेट गर्नुभएको छ । 

सांसद न्यौपानेले भेटमा क्षति तथा विस्थापित व्यापारीको अवस्थाबारेमा जानकारी लिनु भयो । सांसद न्यौपानेले पीडितलाई राहत तथा सोही ठाउँमा पुनस्र्थापनका लागि प्रधानमन्त्रीलाई भेटेर जानकारी गराउने र सदनमा समेत आवाज उठाउने बताउनुभयो । 

न्यौपानेले पीडितको साथमा आफू रहेको बताउँदै परेको पीरमर्कालाई समाधान गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पीडित सङ्घर्ष समितिका सचिव प्रतापसिंह अधिकारी सांसदले चासो राखेर पीडा बुझ्न आउनु भएकाले पीडितले न्याय पाउने विश्वास व्यक्त गर्नुभयो । 

गत आइतबार राति लागेको आगलागीबाट २४ वटा सटर जलेर ध्वस्त हुँदा ६ करोड ९९ लाख ५१ हजार ६ सय ७० रुपियाँ बराबरको क्षति भएको विवरण सङ्कलन भएको छ ।