• १४ असार २०८२, शनिबार

प्रधानमन्त्रीद्वारा अधिकारीको शालिक अनावरण

blog

काठमाडौँ, असार १४ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको शालिक अनावरण गर्नुभएको छ। 

नागार्जुन नगरपालिका-७ मा आयोजित एक समारोहमा उहाँले मनमोहन पार्क उद्घाटन गर्दै अधिकारीको शालिकमा माल्यापर्ण गर्नुभयो। 

नेपाली राजनीतिमा निष्ठाको राजनीति गर्ने नेताका रूपमा आफ्नो परिचय बनाउनुभएका पूर्वप्रधानमन्त्री अधिकारी सरल र सादगी जीवन अङ्गाल्नुभएको थियो। 

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का संस्थापक नेतामध्येका एक अधिकारी नेतृत्वको सरकारले २०५१ सालमा नौ महिना शासन गरेको थियो। 

नेपाली राजनीतिमा उहाँले पुर्‍याएको योगदानको सम्मान गर्दै पार्क निर्माण गरिएको हो।